Horoscope
सामुहिक शान्ति कार्यक्रम २०८३
जयश्रीकृष्ण, प्रणाम ।। यदि हजुरको जन्मकुण्डलीमा शर्पदोष, नागदोष, पितृदोष, प्रेतदोष, ग्रहणदोष, विषदोष, अङ्गारकदोष, शनिमङ्गलदोष, माङ्गलिकदोष, बैधब्यदोष तथा राहु केतु जनित हरेक दोषहरू बनेका छन् र हरेक कुरामा तनाब भोगिरहनु भएको छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दोषबाट छुटकारा पाउन सकिन्छ ।
यहि आगामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि बिभिन्न दोषहरूको निवारणका लागि सामिहिक शान्ति पूजाको आयोजना गरिएकोले सिट सिमित भएको हुंदा यथासक्य छिटो सम्पर्क गरि नाम दर्ता गराइ आफ्नो स्थान सुरक्षित गराउनुहोला ।
जन्मकुण्डलीमा शर्पदोष, पितृदोष तथा अन्य दोषहरू छ कि छैन भनेर जान्नको लागि तथा सम्पूर्ण कुण्डली परामर्शको लागि ज्योतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्योतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ ।
आगामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेको छ ।
आयोजक - ज्योतिष सेवा सदन
पूजा हुने मिति - २०८३ भाद्र १ गते नागपञ्चमीको दिन .
सम्पर्क मिति - २०८३ श्रावण २७ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।
पूजा स्थान - श्री१०८ कोटीहोम हवन कुण्ड स्थल श्रीपञ्चकन्या माता मन्दिर,
रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।
सम्कर्क नं. - (9865482777/ 9845026095)
Whatsapp no. +9779855062999/ +971506802475
गुरूपूर्णिमा बिशेष २०८३
जय श्रीकृष्ण, जयगुरुदेव ।। श्रीकृष्णं वन्दे जगत्गुरूम् ।
आज हामी कुरा गर्दैछौं एउटा यस्तो पवित्र दिनको बारेमा – जुन दिन ज्ञान, श्रद्धा र आत्मिक प्रकाशको प्रतीक हो। त्यो दिन हो – गुरूपूर्णिमा।
एक यस्तो पर्व, जहाँ हामी गुरूलाई सम्झन्छौं, सम्मान गर्छौं, र आफ्नो जीवनको मूल आधारमा पुनः एकपटक समर्पित हुन्छौं। ूगुरूपूर्णिमा, आषाढ शुक्ल पूर्णिमाको दिव्य तिथिमा मनाइने पवित्र पर्व हो। यस वर्ष २०८३ साल श्रावण १३ गते बुधबारका दिनमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्विकृत पात्रो अनुसार यस दिन बेलुका ७ बजेर २९ मिनेटसम्म पूर्णिमा तिथि रहनेछ भने यसै दिनमा पूर्णिमाको व्रत हुने साथै गुरुपूजन र ब्यासजयन्ती समेत यसै दिनमा मनाइनेछ ।साथै यसै दिनबाट मानसव्रत आरम्भ समेत हुनेछ ।
यो दिन हामी हाम्रो जीवनका सच्चा मार्गदर्शक – गुरूको स्मरण र पूजन गरेर मनाउने गर्छौं। गु को अर्थ हो -अन्धकार एवं रुु को अर्थ हो - प्रकाश। गिरति अज्ञानं इति गुरूः अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। हाम्रो जीवनको अज्ञान रूपी अन्धकार बाट ज्ञानरूपि उज्यालेा तर्फको यात्रा गुरू विना सम्भव छैन, र गुरूपूर्णिमाकेा दिन त्यो समर्पणको उज्यालो क्षण हो। ूयो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ, किनकि यसै दिन महर्षि वेदव्यासजीको जन्म भएको थियो। उहाँले चार वेद, अठार पुराण, महाभारत, र भगवद्गीता जस्ता अनमोल ग्रन्थको रचना गरेर सम्पूर्ण मानवजातिलाई दिव्य ज्ञान दिनुभएकेा थियेा। त्यही भएर वेदव्यासलाई आदि गुरू मानिन्छ। गुरु भनेको केवल पढाउने व्यक्ति होइन। गुरु भनेको जीवन देखाउने, बाटो देखाउने, भित्रको अन्धकार हटाई प्रकाशको अनुभूति गराउने त्यो महान् शक्ति हो। गुरूपूर्णिमा आध्यात्मिक साधकहरूको लागि विशेष दिन हो। वैदिक मन्त्र साधना, ध्यान, मन्त्रजप, गुरु दीक्षा वा व्रत आरम्भ गर्ने अत्यन्त शुभ दिन वा समय यसै दिनलाइ मानिन्छ । यस दिन प्रातस् स्नान गरी शुद्ध वस्त्रमा अफ्ना गुरु वा वेदव्यासजीको तस्वीर वा चरणको बिधिपूर्वक पूजा गरिन्छ, मन्त्र जपिन्छ, र आशीर्वाद लिने गरिन्छ।ू भैतिक जगतमा श शरिर गूरूके उपस्थिति छ भने यस दिनमा गूरूलाइ साक्षात् रूपमा भेटेर पूजन गरेर दक्षिणा भेटी सहित बस्त्रादि दान समेत गरिन्छ । ज्याेतिष सेवा सदनका वरिष्ठ गुरू ज्याे.पं. प्रेमानन्द शास्त्रीजीकाे अनुसार हाम्रा गुरूकेा शरिर यस लेाकमा छैन भने पनि गूरू भनेकेा ब्यक्ति वा शरिर मात्र नभइकन सच्चा शिष्यले गूरूलाइ भावबाट जहिले पनि बेालाउन र दर्शन गर्न सकिन्छ ।
आजकाे युगमा हाम्रा गुरु केवल शास्त्रका शिक्षक मात्रै होइनन् – हाम्रा बाबुआमा, हाम्रा जीवनका प्रेरक, वा कुनै पनि त्यस्ता व्यक्तिहरू समेत हुनुहुन्छ जसले हाम्रो चेतनालाई जगाउनु भएके छ । गुरूपूर्णिमा के यस दिनले हामीलाई सधैं सम्झाउँछ – कि, जीवनमा चाहे जतिसुकै उपलब्धि प्राप्त गरौं, मूलमा गुरूको कृपा र शिक्षाको प्रकाश सदैव जिवन्त रहिरहन्छ।
अजकाे यस पवित्र गुरूपूर्णिमाको दिनमा, आउनुहोस् – हामी सबैले हाम्रो जीवनका हरेक ज्ञात अज्ञात गुरूहरूलाई श्रद्धासहित नमन गरौं। त्यस दिव्य स्रोतमा फेरि एकपटक आफूलाई समर्पित गरौं, जहाँबाट हाम्रो जीवनले दिशा पाएको छ।
अन्तमा पुन अाजकाे यस महान दिन गुरूपूर्णिमाकेा अवसरमा यहांहरूलाइ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं ।
ज्येतिष सेवा सदनकाे याे सन्देश हेरिदिनु भएकेामा हार्दिक अाभार ब्यक्त गर्दै याे सन्देशलाइ अाफन्त सम्म पनि शेयर तथा कमेन्ट गर्न नभुल्नुहेाला। हजुरलाइ अपार गुरूकृपा बनिरहेास् । धेरै धेरै अाशिर्वादकेा साथमा प्रेम प्रणाम । जय गुरूदेव । जयगुरूब्यासजी ।।
मातातीर्थ अैांसी २०८३ / विस्तृत जानकारी
हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८३ सालको बैशाख ४ गते शुक्रबार तदनुसार १७ अप्रील सन् २०२६ का दिन परेको छ । यस वर्ष बैशाख ३ गते बेलुका ७ बजेर २२ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने ४ गतेको बेलुका ५ बजेर ४२ मिनेटसम्म कायम रहनेछ । औंसीको श्राद्ध ,हलो बार्ने, निशि बार्ने तथा मातातीर्थमा गएर स्नान र दान गर्ने यी सवै कार्यहरु यसै दिनमा गर्नुपर्नेछ ।
दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व समेत झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यस दिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, चितवन तथा तनहुंको देवघाट, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।
यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ - ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच नम स्वहायै स्वधायै नित्यमेव नमोनम ।। ओम सर्वपितृभ्यो नमः ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै : नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि ।
अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन ।
प्राचीन समयमा मातातीर्थ क्षेत्र नजिक एउटा गाउँमा एक युवक आफ्नी आमासँग बस्थ्यो। उसकी आमा उसलाई अत्यन्तै माया गर्थिन्—सधैं उसको लागि राम्रो खाना बनाउने, उसको हेरचाह गर्ने, र दुःख(सुखमा साथ दिने। तर दुर्भाग्यवश, त्यो युवक अलि लापरवाह र स्वार्थी स्वभावको थियो। उसले आमाको माया र त्यागको कहिल्यै कदर गरेन। समय बित्दै जाँदा उसकी आमा बिरामी भइन्। युवकले खासै ध्यान दिएन। अन्ततः आमाको मृत्यु भयो। आमा गुमाएपछि मात्र उसलाई आमाको माया र महत्त्वको गहिरो अनुभूति भयो। ऊ दिनरात रोइरहन्थ्यो, पछुतो मान्थ्यो — “ धिक्कार छ मलाइ, मैले आमालाई जीवित हुँदा माया गरेको भए”
एक दिन ऊ दुःखी मन लिएर मातातीर्थ कुण्ड पुग्यो। त्यहाँको पवित्र कुण्ड पोखरी नजिक बसेर ऊ आमालाई सम्झिँदै रोइरहेको थियो। अचानक उसले कुण्डको पानीमा हेर्दा— आफ्नी आमाको अनुहारकाे छायां देख्यो। आमाकाे जस्तै स्वर पनि उसलाई सुनियो — “बाबु, म सधैं तिम्रो साथमै छु। दुःखी नहुनु।” यो देखेर युवक अचम्मित भयो, तर उसको मनमा शान्ति आयो। उसले महसुस गर्यो कि आमाको माया कहिल्यै समाप्त हुँदैन, शरीर मात्र नष्ट हुन्छ। अनि यो घटना गाउँभर फैलियो। त्यसपछि मानिसहरूले विश्वास गर्न थाले— यस स्थानमा आमाको सम्झनामा पूजा गर्दा तर्पण र स्नान गर्दा दिवंगत आमाको आत्माले शान्ति पाउँछिन्। यसरी प्रत्येक वर्ष वैशाख औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो, र यो दिन “मातातीर्थ औँसी” को रूपमा स्थापित भयो।
कथाको मुख्य सन्देश - यो कथा केवल एउटा चमत्कारको कथा मात्र होइन, गहिरो जीवन शिक्षा होस् कि आमाको माया निस्वार्थ हुन्छ । आमाको महत्व जीवित हुँदा बुझ्नुपर्छ । पछुतो पछि केही गर्न सकिँदैन । आमाको आत्मा सधैं सन्तानसँग जोडिएको हुन्छ । यस कथालाइ आध्यात्मिक अर्थ अनुसार बुझ्दा यो कथाले भन्छ— “माता केवल शरीर होइनन्, उनी ऊर्जा हुन्, आशिर्वाद हुन्।” मातातीर्थ औँसीमा गरिने तर्पण, स्नान र पूजा , कर्मशुद्धि, पितृशान्ति र मानसिक शान्ति को माध्यम मानिन्छ।
यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाउनुहोला । यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम । जय मातृशक्ति ।।
धनतेरस २०८२/ 2025 काे बारेमा जानकारी
धनतेरस २०८२/ धनत्रयाेदशी काे बारेमा बिस्तृत जानकारीकाे लागि ज्याेतिष सेवा सदनकाे युट्युब च्यानलमा गएर हेर्नुहाेला । धन्यवाद। प्रणाम।।
खग्रास चन्द्रग्रहण 2025/ 2082 भाद्र 22 गते
दर्शकबृन्द, जयश्रीकृष्ण, प्रणाम ।राधे राधे ।। (याे सामग्री युट्युब भिडियाेकाे लागि बनाइएकाे कन्टेन्ट भएपनि हजुरहरूलाइ काम लाग्ने भएकाेले जस्ताकाे तस्तै यहां पेाष्ट गरेकाे छु कृपया साेही अनुसार बुझ्नुहाेला )
ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहालाई हार्दिक स्वागत गर्दछु । म छु एष्ट्रोलोजर प्रेमानन्द शास्त्री , आज हामी यो सामग्री अन्तरगत सन् २०२५ को सवैभन्दा खतरनाक अनि अन्तिम ग्रहणको बारेमा कुराकानी गर्नेछौं । यो ग्रहण कहां–कहां लाग्नेछ ? हाम्रो देश नेपालबाट देखिन्छ कि देखिंदैन ? हेर्न हुन्छ कि हुंदैन ? कुन–कुन राशिलाई ग्रहणको पफ्ल राम्रो रहनेछ ? भन्ने जस्ता सम्पूर्ण जानकारीहरु समेटेर यो भिडियो सामग्री तैयार पारेका छौं । कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने तुरुन्तै गर्नुहोला साथै कमेन्टमा आफू कुन राशिको हो र ग्रहण फल सुन्नुभयो कि सुन्नुभएन ? कृपया लेख्नुहोला । साथै सवैलाई शेयर गरेर यो जानकारी दिनुहोला ।
अंग्रेजी वर्ष सन् २०२५ को अन्तिम ग्रहण तथा डरलाग्दो ग्रहणको रुपमा हाम्रो आकाशमा यही २०८२ साल भाद्र २२ गते रविबार तदनुसार ७ सेप्टेम्बर २०२५ का दिनमा खग्रास चन्द्रग्रहण लाग्दैछ ।यो ग्रहण पूर्ण रुपमा खग्रास हुनेछ । परमग्रास अवधिमा पृथ्वीको प्रच्छायांबाट पूर्ण रुपमा छेकिनेछ जसले गर्दा चन्द्रमाको पूरा भाग कालो देखिनेछ ।
सनातन हिन्दूधर्मको मान्यता अनुसार ग्रहणलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यो एउटा खगोलिय घटना भएतापनि ज्योतिषशास्त्रको मान्यता तथा प्राचिन अनि धार्मिक मान्यता अनुसार यसको शुभ वा अशुभ प्रभाव मानव जातीमा मात्र नभईकन समग्र विश्व ब्रम्हाण्डका सवै चीज वस्तुमा पर्ने गर्दछ । यसको प्रभाव ज्योतिषशास्त्रको विश्लेषण अनुसार प्रत्येक राशिका ब्यक्तिहरुलाई पफ्रक – पफ्रक रुपमा पर्दछ । यस्तो ग्रहण दृश्य भएमा मात्र त्यसको प्रभाव पर्ने र अदृश्य भएमा ग्रहणको खासै प्रभाव नपर्ने कुरा धार्मिक ग्रन्थहरुमा समेत समावेश गरिएको पाइन्छ ।
यसपालीको चन्द्रग्रहणलाई विश्वभरिका धेरै स्थानहरुबाट देख्न सकिन्छ । यो ग्रहणलाई लगभग विश्वका ८५ प्रतिशत जनसंख्याले देख्न चाहेमा देख्न सक्नेछन् । हाम्रो देश नेपाल तथा छिमेकी भारतका सम्पूर्ण भूभागहरुबाट यो ग्रहणलाई मजाले देख्न सकिनेछ । त्यस्तैगरि यो ग्रहणलाई युरोप, एशिया, अस्ट्रेलिया, अपिफ््रका, उत्तरी अमेरीकाका केही भागहरु, दक्षिण अमेरीकाका केही भागहरु, प्यासिपफ्की क्षेत्र, इण्डियन ओसिन, आर्कटिक सागर, एटलान्टिक सागर तथा एन्टार्कटिकाका भागहरुबाट प्रष्ट देख्न सकिन्छ ।
यस दिनमा लाग्ने भनिएको ग्रहण नेपाली समय अनुसार २०८२ साल भाद्र २२ गते रविबार राती १० बजेर ११ मिनेटमा शुरु हुनेछ । खग्रास ग्रहणको मध्य रातीको ११ बजेर ५६ मिनेटमा हुनेछ । यो ग्रहण रातीको १ वजेर ४१ मिनेटमा समाप्ती हुनेछ । यसको अन्तिम स्पर्श ३ बजेर ४४ मिनेटसम्म रहनेछ । यस ग्रहणको पूर्ण अवधि जम्मा ३ घण्टा ३० मिनेटको रहनेछ । धार्मिक तथा शास्त्रीय मान्यता अनुसार जुन स्थानबाट ग्रहणलाई देख्न सकिन्छ त्यो स्थानमा ग्रहणको सुतककाल बार्नुपर्ने हुन्छ । ग्रहणको सुतककाल ग्रहण सुरु हुनुभन्दा तीन प्रहर पहिला अर्थात् ९ घण्टा अगाडि देखि लागू हुन्छ भने विमारी, बृद्ध तथा गर्भवती महिलाहरुको लागि डेढ प्रहर अथवा ४ घण्टा ३० मिनेट पहिलादेखि सुतककाल लाग्दछ । यो सुतककालमा दाउरा बनाउने, घांसकाट्ने, भोजन गर्ने, पूजाको लागि सामग्री तैयार गर्ने, तुलसी पत्र छेदन गर्ने, मन्दिरमा पूजा गर्ने आदि समेत गर्न हुंदैन । सूतककालमा मन्दिरको ढोका समेत बन्द गरेर राखिन्छ भने जतिबेला ग्रहणले छाड्नेछ त्यतिवेला वल्ल स्नानादि गरेर अनि मन्दिरलाई धोइ पखाली गरी पूजा आजा गर्नुपर्दछ ।
यो ग्रहणको प्रभाव १२ वटा राशिमा पफ्रक–पफ्रक तरीकाले पाइन्छ । मेष देखि मीन राशिसम्म हरेक राशिमा कस्तो प्रभाव दिन्छ ? आउनुहोस् १२ वटै राशिको ग्रहणको कारणले दिने प्रभावको बारेमा कुराकानी गरौं ।
शुरुवातमा रहेको छ मेष राशि – मेष राशिका जातकको लागि यो ग्रहणको प्रभाव एकादश भावमा रहनेछ ।जसको कारण अपार धनलाभको अवसर मिल्नेछ । आर्थिक उपार्जनको लागि नयां नयां वाटोहरु खुल्नेछन् । रोकिएका कार्यहरु सुचारु हुनेछन् । यो ग्रहणको प्रभावलाई सकारात्मक लिनको लागि ग्रहणको दर्शन नियमअनुसारले गरेर आवश्यक स्नान दान आदि कर्महरु गर्नुभएमा राम्रो हुनेछ । उपायहरुको लागि अन्तिममा बताउनेछु , संगै रहनुहोला ।
दोश्रो राशि रहेको छ बृष – बृष राशिका जातकहरुका लागि यो चन्द्रग्रहणको प्रभाव दशम भावमा पर्नेछ । यसको प्रभावले हजुरका रोकिएका कामहरु खुल्नेछन् । सुख प्राप्त हुनेछ । तर कर्मक्षेत्रमा सावधानी अपनाउनुहोला , आपफ्न्त तथा साथीहरुबाटै विश्वासघात हुन सक्नेछ । पिताजीको स्वास्थ्यमा केही समस्या अचानक थपिन सक्छ । हजुको नोकरीमा सरुवा हुने , वासस्थान परिवर्तन हुने, कार्यक्षेत्र परिवर्तन हुने सम्भावना समेत बनाएको छ । अन्य कुरामा जे जे भएपनि समग्रमा यो ग्रहणको प्रभावले हजुरलाई सुखी बनाउनेछ ।
अर्को राशि रहेको छ मिथुन – मिथुन राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव नवमभावमा पर्नेछ । यसको प्रभावले हजुरको गरिरकेको काममा रुकावट आउन सक्नेछ । भाग्यभावमा नकारात्मक प्रभावलाई बढाउनेछ । पेशा, ब्यावशाय, नोकरी आदि क्षेत्रमा समस्या आउनसक्छ । राम्रोसंग काम गर्नुहोला नत्र अख्तियार लाग्न सक्छ वा वार्निङ्ग लेटर जारी हुन सक्छ । मुद्दा मामिला वा अनावश्यक भफ्न्भफ्टहरु आइपर्न सक्छ । हरेक कुरामा सावधानी पूर्वक अघि बढ्नुहोला । साथै यो ग्रहणको भफ्क्कुेर पनि दर्शन नगर्नुहोला अथवा ग्रहण नहेर्नुहोला । साथै ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ । उपायको लागि अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ कर्कट – कर्कट राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव अष्टमभावमा पर्नेछ । यसको प्रभावले हरेक क्षे त्रमा तनाव दिन सक्छ । विशेष गरेर रोग तथा विमारीको अवस्था श्रृजना गराउन सक्छ भने पहिला देखिनै कुनै उपचार गराइरहनु भएको छ वा नियमीत औषधि सेवन गर्ने गर्नुभएको छ भने यो समय निकै सावधान रहनुपर्नेछ । कतिवेला समस्या आउंछ थाहै पाइंदैन अथवा अचानक समस्या थपिन सक्छ । यो समयमा चोटपटक, दूर्घटना तथा कुनै चीरपफर वा अपरेशन समेत गराउन सक्ने भएकोले सावधान रहनुहोला । साथै ग्रहणलाई कुनै पनि हालतमा नहेर्नुहोला । उपायको लागि ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ जसको लागि यो समग्रीको अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ सिंह राशि – सिंह राशि हुने जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव सप्तम भावमा पर्नेछ । जसको प्रभावले बैबाहिक जिवनमा समस्याहरु ल्याउनेछ । पहिलादेखि नै केही समस्यामा हुनुहुन्छ भने अव जोगाउन गारो छ । कसैसंग पनि माया प्रेममा नपर्नुहोला अव यो समयमा धोका खान सकिनेछ । घर परिवारमा सामाञ्जस्यता कायम गर्दै शान्त भएर घर परिवार सम्हाल्नुपर्ने समय रहेकोले कुनै पनि किसीमका वाद–विवाद आदि नगर्नुहोला । श्रीमान् वा श्रीमतीको स्वास्थ्यमा समस्या थपिनाले अभफ् बढी तनाव हुनु स्वाभाविकै हो । यो समयमा साभफ्दोरी काम गर्नुभएको छ भने पनि सचेत हुनुहोला । पर्टनरसंग विवाद पर्नेछ । मन मिल्ने छैन । निर्णयहरु कुनै पनि आपफ्लूे एकलौटी रुपमा नगर्नुहोला । र यो ग्रहणलाई नहेर्नुहोला । साथै शुभ पफ्ल प्राप्तिको लागि ग्रहणको समयमा केही उपायहरु समेत गर्न नभुल्नुहोला । उपायहरुको बारेमा अन्तिममा बताउनेछु । कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ कन्या – कन्या राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको षष्ठम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई चौतपफर्् ीसुख प्राप्त हुनेछ । यो समयले हजुरलाई भाग्योदय नै गराउनेछ । कुनै मुद्दा मामिलाहरु छन् भने यो समयमा हजुरको जित सुनिश्चित गराउनेछ । रोग ब्याधि कम हुनेछ । सत्रुहरु आपफ्ैं साइड लाग्नेछन् । आपफ्न्तहरु संगको सम्बन्धमा सुधार हुनेछ । विदेश हुनुहुन्छ भने भफ्न् सजिलोसंग सपफ्लता प्राप्त हुने समय आएको छ । कृपया ग्रहणको दर्शन गर्दा सामान्य नियमहरु अवलम्वन गरेर मात्र दर्शन गर्नुहोला । हजुरलाई यो चन्द्रग्रहणले मालामाल बनाउने देखिएको छ । साथै ग्रहणबाट शुभ प्रभाव प्राप्त गर्नको लागि के के गर्नुपर्छ त्यसको लागि अन्तिमसम्म रहनुहोला ।
अर्को राशि रहेको छ तुला – तुला राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको पञ्चम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई मानसिक चिन्ता तथा समस्या थपिन सक्छ । यसले विद्या, बुद्धि तथा सन्तानको लागि अशुभ प्रभाव दिनेछ । विद्यार्थी वर्गको लागि कठिन परिस्थितीको सामना गर्नुपर्ला । यदि गर्भवती हुनुहुन्छ भने एकदमै सचेत रहनुहोला साथै गर्भको शिषुको लागि समेत विशेष ख्याल राख्नुहोला । कुर्न पनि काममा गरिने निर्णयहरुमा गम्भीर त्रुटी हुनसक्ने भएकोले कार्यक्षेत्रमा समेत समस्यारु आउने देखिएको छ । अनावश्यक खर्च समेत बढ्ने हुनाले आयक्षेत्रमा गम्भीर प्रभाव पार्नेछ । हजुर तुला राशि हुने जातकले यो ग्रहणको ग्रहणकालमा घर बाहिर ननिस्कने तथा ग्रहणदोष शान्तिका लागि उपायहरु समेत गर्नुहोला । साथै उपायहरुको लागि अन्तिमसम्म संगै रहनुहोला ।
अर्को राशि रहेको छ बृश्चिक – बृश्चिक राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट चतुर्थ भावमा पर्नेछ जसको प्रभावले हजुरलाई अनावश्यक धन खर्च गराउनेछ । गरिरहेको काममा बाधा ब्यावधान, रुकावट तथा अनावश्यक भफ्न्भफ्ट आदि दिनेछ । माताजीको स्वास्थ्यमा अचानक समस्या आउन सक्नेछ । अनावश्यक यात्रा तथा खर्च गराउनेछ । तर नयां अवसरहरु भने यो प्रभावमा मनग्गे आउनेछन् तथापि समयलाई चिन्न वा कुनै पनि निर्णय लिंदा गल्ति हुन जानाले कार्यमा असपफ्लता र निरासापन हात लाग्न सक्नेछ । समयलाई चिनेर निर्णय लिन सकेमा सपफ्ल हुन सकिनेछ । यो प्रभावमा रोकिएका कार्यहरुले भने रपफ््तार लिनेछन् । हजुरको आपफ््नै स्वास्थ्यमा समेत केही चुनौतीहरु थपिनाले जटिल परिस्थिति समेत बन्न सक्नेछ । यदि पहिलादेखि नै कुनै रोगको चपेटामा हुनुहुन्छ वा नियमित औषधि सेवन गर्ने हुनुहुन्छ भने सावधान रहनुहोला । हजुर बृश्चिक राशि हुनेले यसपालीको ग्रहण भफ्क्कुेर पनि नहेर्नुहोला । साथै ग्रहणको अवधिमा केही उपायहरु समेत गरेर अशुभ प्रभावबाट बच्न सक्नुहुनेछ । उपायहरुको लागि हामी अन्तिममा बताउने छौं कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ धनु – धनु राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट तृतीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसपफ्लता मिल्नेछ । जताततै पफ्लिपफप हुने तथा भाग्योदयको समय आएको छ । यो ग्रहणको प्रभावले हजुरको सुस्थाएको आर्थिक अवस्था एक्कासी सक्रिय हुनेछ । आम्दानीका नयां नयां अवसरहरु आउनेछन् । हरेक लगानीमा राम्रो प्रतिपफ्ल प्राप्त हुने समय रहेको छ । दाजुभाई तथा आपफ्न्तहरुसंगको सम्बन्धमा सुधार भई पूर्ण सहयोग प्राप्त हुनेछ । लक्ष्मीप्राप्तिको योग बनेकोले आर्थिक उपार्जनको क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ । हजुर धनु राशि हुने ब्यक्तिले ग्रहणलाई आवश्यक सावधानी अपनाएर दर्शन गर्न सक्नुहुनेछ साथै शुभ पफ्ल प्राप्तिका लागि ग्रहणकालमा उपायहरु समेत गर्न सक्नुहुनेछ ।
अर्को राशि रहेको छ मकर – मकर राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट द्वितीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आर्थिक समस्या, अचानक धन हानीको अवस्था, गरिरहेको ब्यापार ब्यावशाय तथा आन्दानीको श्रोतमा समस्या, सर्टटर्म लगानीमा धोका तथा हरेक कुराहरुमा प्राय क्षति बेहोर्नुपर्ने देखिएको छ । कुटुम्ब पक्ष तथा आपफ्न्त इष्टमित्रहरु संगको सम्बन्धमा मन–मुटावको स्थिति बन्नेछ । बोलीको प्रभाव नकारात्मक आउनेछ अर्थात बोल्दा विचार पुर्यार बोल्नुहोला । घांटी सम्बन्धि समस्या आउन सक्नेछ । शेयरमा लगानी गर्नेहरुको लागि यो समय पहिचान गर्न गारो छ अथवा लोभ्यायर ठुलो नोक्सानी दिन सक्छ त्यसकारण आवेशमा आएर लगानी नगर्नु बुद्धिमानी हुनेछ । कसैलाई पनि विश्वास गरेर धन दिनुभएका पिर्फ्ता नहुन सक्ने भएकोले हजुरले ब्याजको लोभमा परेर वा पेवा पातो लाई सुटुक्क बाहिर गर्नु भएको लगानीले गृहकलह तथा लगानी डुब्ने सम्भावना बलियो भएकोले कृपया विचार गर्नुहोला । यो प्रभावलाई न्यूनिकरण गर्नको लागि ग्रहणको समयमा उपायहरु गर्न सक्नुहुनेछ सार्थ भफ्क्कुेर पनि ग्रहण नहेर्नुहुनको लागि पनि हजुरलाइ सुभफव दिएका छौं ।
अर्को राशि रहेको छ कुम्भ – कुम्भ राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको राशिबाट प्रथम भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसमस्याहरु दिनेछ । शारीरिक रुपमा कमजोर बनाउनेछ भने बौद्धिक क्षमतामा समेत ह्रास आउनेछ । अनेक किसिमका रोगहरुले दुख दिन सक्नेछन् भने मानसिक रुपमा समेत कमजोर महशुष गर्नुहुनेछ । श्रीमान् तथा श्रीमती विचमा तनाव तथा स्वास्थ्यमा समेत समस्या आउन सक्ने देखिएको छ । कुनै लगानी वा ठूला कार्यहरु आंट्नुभएको छ भने कृपया धेरै विचार गर्नुहोला यतिवेला अनावश्यक लगानीमा मन जाने तथा क्षती समेत बेहोर्नुपर्ने स्थिति बन्न सक्छ । हजुर कुम्भ राशिका जातकले कृपया यसपालीको ग्रहणलाई नहेर्नुहोला साथै यो ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ । उपायको लागि कृपया अन्तिमसम्म संगै रहनुहोला ।
अन्तिम राशि रहेको छ मीन – मीन राशि हुने जातकका लागि आगामि ग्रहणको प्रभाव हजुरको राशिबाट द्वादश भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आम्दानी भन्दा खर्च बढी गराउनेछ । यो समयको लगानीले हजुरलाई सपफ्लता दिनेछैन त्यसकारण लगानी नगर्नु नै वेश हुनेछ । खर्चमा मितव्ययीता अपनाएर यो समयको प्रभावलाई ब्यालेन्समा राख्नुहोला । यो समयमा शत्रुहरु समेत हावी हुनसक्ने भएकोले कुनैपनि विवाद तथा भफ्मेलामा समेत नपफ्स्नुहोला । यो समयमा धार्मिक यात्राको अवसर तथा सत्सङ्गको अवसर समेत मिल्न सक्नेछ साथै गूरुदीक्षा तथा गुरु निर्देशनमा अघि बढ्नु भएमा अध्यात्मिक लाभ प्राप्त गर्न सक्नुहुनेछ । यो समयले विदेशका केही रोकिएका कामहरुलाई खुलाएपनि घर–परिवार अथवा गृहस्थि जिवनमा भने अनेक प्रकारका समस्याहरु दिनेछन् । हजुर मीन राशि हुने ब्यक्तिले यो ग्रहणलाई नहेर्नुहोला साथै यसबाट पर्ने अशुभ प्रभावलाई कम गर्न तथा शुभ पफ्लमा बृद्धि गराउनको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ ।
यो खग्रास चन्द्रग्रहणको अशुभ प्रभावबाट बच्नको लागि यहांहरु हरेक राशिका जातकहरुले ग्रहण शुरु हुनभन्दा ९ घण्टा अगाडि देखि नै सुतककाल लाई बार्नुहोला अथवा सुतककालमा समेत नियमलाई पालना गर्नुहोला । यो समयमा भोजन तथा अन्य कार्यहरु समेत निषेध गरिएको छ । ग्रहणको अवधिमा सुत्न नहुने , खान नहुने, मलमूत्र त्याग गर्न नहुने, मैथुनादि कर्म गर्न नहुने, शरीरमा तेल घस्ने वा बुकुवा लगाउने आदि गर्न नहुने आदि जस्ता नियमहरुलाई पालना गर्नुहोला । ग्रहणकालमा गुरुमन्त्र जप, गायत्रीमन्त्र जप, इष्टमन्त्रजप, ग्रहणको विशेष हवन, गंगास्नान, गोदान, सिद्धान्न दान, दुखि गरिब असहायलाई सहयोग आदि कार्यहरु गर्नु राम्रो मानिन्छ । यसपालीको ग्रहण विशेष गरि कुम्भ राशि (शतभिषा तथा पूर्वभाद्रपद नक्षत्र) का जातकहरुको लागि एकदमै सावधानी पूर्वक ग्रहणका सवै नियमलाई पालना तथा दान पुण्य समेतका कार्यहरु गरेर अशुभ प्रभावबाट बच्न सकिन्छ । साथै ग्रहण हेर्नका लागि राम्रो रहेका राशिहरुले समेत ग्रहणलाई हेर्दा खुल्ला आंखाले नहेर्न अथवा कुनै भांडो वर्तनमा पानी राखेर ग्रहणलाई हेर्नुहुन वा सेपफ््टी चस्माको प्रयोग गरेर हेर्नको लागि पनि सुभफब दिइन्छ ।
दर्शकवृन्द हजुरलाई यो सामग्री कस्तो लाग्यो ? यदि राम्रो लाग्यो भने कृपया हामीलाई पफ्लो गर्न नभुल्नुहोला । साथै हामीलाई टिकटकमा समेत ज्योतिष सेवा सदन भनेर खोजी गर्नुभएमा सजिलै भेट्न सक्नुहुनेछ । अन्तिमसम्म संगै रहनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै धेरै धेरै आशिर्वादको साथमा यो सामग्रीबाट म एष्ट्रोलोजर प्रेमानन्द शास्त्री विदा माग्छु । जयश्रीकृष्ण, प्रणाम ।। राधे राधे ।।
सामुहिक कालशर्प शान्ति पूजा कार्यक्रम २०८२
जयश्रीकृष्ण, प्रणाम् ।।
यदि हजुरकाे जन्मकुण्डलीमा कालशर्पदेाष, पितृदाेष, ग्रहणदाेष, विषदाेष, अङ्गारकदेाष, शनिमङ्गलदाेष, माङ्गलिकदाेष, बैधब्यदाेष तथा राहु केतु जनित हरेक दाेषहरू बनेका छन् र सवै कुरामा तनाब भाेगिरहनु भएकाे छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दाेषबाट छुटकारा पाउन सकिन्छ । यहि अागामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि कालशर्पदाेष काे निवारणका लागि सामिहिक शान्ति पूजाकाे अायाेजना गरिएकाेले सिट सिमित भएकाे हुंदा यथासक्य छिटाे सम्पर्क गरि नाम दर्ता गराइ अाफ्नाे स्थान सुरक्षित गराउनुहाेला । साथै जन्मकुण्डलीमा कालशर्प देाष छ कि छैन भनेर जान्नकाे लागि तथा सम्पूर्ण कुण्डली परामर्शकाे लागि ज्याेतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्याेतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । अागामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेकाे छ ।
अायाेजक - ज्याेतिष सेवा सदन
पूजा हुने मिति - २०८२ श्रावण १३ गते ( नागपञ्चमीकाे दिन)
सम्पर्क मिति - २०८२ श्रावण ९ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।
पूजा स्थान - श्री१०८ काेटीहाेम हवन कुण्ड स्थल (श्रीपञ्चकन्या माता मन्दिर)
रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।
सम्कर्क नं. - 9865482777 / 9845026095
Whatsapp No. +9779855062999/ +971506802475
मातातीर्थ औंसी २०८२
जयश्रीकृष्ण, प्रणाम् ।।
आज हामी आउंदै गरेको मातातीर्थ औंसी अर्थात् आमा खुवाउने औंसीको बारेमा बिशेष सामग्री लिएर उपस्थित भएका छौं ।
हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८२ सालको बैशाख १४ गते रबिबार तदनुसार २७ अप्रील सन् २०२५ का दिन परेको छ । यस वर्ष बैशाख १३ गते राती ३ बजेर ५४ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने १४ गतेको राती १ बजेर २८ मिनेटसम्म कायम रहनेछ ।
दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यसदिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, देवघाट तनहुं, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।
यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ ।
ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच, नम: स्वहायै स्वधायै नित्यमेव नमोनम: ।। ओम सर्वपितृभ्य नम: ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन । यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाऔं , यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम ।
चन्द्र ग्रहण 2025 / बि.सं. 2081 चैत्र 1
अंग्रेजी बर्ष 2025 काे पहिलाे ग्रहणकाे रूपमा रहने याे ग्रहण 2025 मार्च 14 तारिख तदनुसार नेपाली बिक्रम सम्वत् 2081 साल चैत्र 1 गते शुक्रबारका दिन याे बिश्वमा अर्काे एउटा शक्तिशाली चन्द्रग्रहण लाग्दैछ । याे ग्रहण खग्रास चन्द्रगहण हुनेछ । परमग्रास अवधिमा पृथ्वीकाे प्रच्छायांबाट पूर्ण रूपमा छेकिनेछ । याे ग्रहण कुन-कुन देशमा देखिन्छ ? नेपाली समय अनुसार कति बजे लाग्नेछ वा कति समय अवधिकाे ग्रहण हुनेछ ? भन्ने बारेमा सम्पूर्ण जानकारी याे सामग्रीमा दिएका छाैं ।
सनातन हिन्दू धर्मकाे मान्यता अनुसार ग्रहणलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ । याे एउटा खगाेलिय घटना भएतापनि ज्याेतिषशास्त्रकाे मान्यता तथा प्राचिन अनि धार्मिक मान्यता अनुसार यसकाे शुभ वा अशुभ प्रभाव मानव जातीमा मात्र नभइकन समग्र विश्व ब्रम्हाण्डका सवै चीज वस्तुमा पर्ने गर्दछ । यसकाे प्रभाव ज्याेतिषिय विश्लेषण अनुसार प्रत्येक राशिका ब्यक्तिहरूलाइ फरक-फरक रूपमा पर्दछ । यस्ताे ग्रहण दृश्य भएमा मात्र त्यसकाे प्रभाव पर्ने र अदृश्य भएमा ग्रहणकाे खासै प्रभाव नपर्ने कुरा धार्मिक ग्रन्थहरूमा समेत समावेश गरिएकाे छ ।
यस दिनमा लाग्ने भनिएकाे ग्रहण नेपाली समय अनुसार चैत्र 1 गते बिहान 10.56 बजे शुरू हुनेछ । मध्यान्ह 12.12 बजेबाट खग्रास शुरू हुनेछ । 12.44 बजे परम खग्रास ग्रहण लाग्नेछ । दिउसाे 1 बजेर 16 मिनेटमा खग्रास ग्रहणकाे समाप्ति हुनेछ । यसकाे अन्तिम स्पर्श 3.44 बजेसम्म रहनेछ । यसमा खग्रासकाे जम्मा अवधि 1 घण्टा 4 मिनेट 16 सेकेन्डकाे रहनेछ । खण्डग्रासकाे अवधि 3 घण्टा 36 मिनेट 23 सेकेन्ड्सकाे रहनेछ र उपच्छायांकाे अविध 5 घण्टा 59 मिनेट 59 सेकेन्ड्सकाे रहनेछ ।
याे चन्द्रग्रहण बिशेषत प्रशान्त महासागर, उत्तरी अमेरीका, दक्षिणी अमेरिका, पश्चिमी यूराेप, पश्चिम अफ्रिका, यूराेपका पाेर्चूगल, डब्लिन, हाेनेालुलु, ब्राजिल, अमेरीकाकाे न्यूयाेर्क, लसएन्जल्स, क्यानडाकाे टाेरन्टाे, शिकागाे, मेक्सिकाे, सेन्टियागाे, बाशिंगटन डिसी, सन फ्रान्सिस्काे, सुवा, अकलैण्ड, हवाना अादि क्षेत्रहरूबाट प्रष्ट देख्न सकिन्छ ।
याे ग्रहणलाइ नेपाल, भाारत, श्रीलङ्का तथा पश्चिम एशियाका धेरै देशहरूबाट दृश्य हुंदैन अर्थात् ग्रहण देखिंदैन । धार्मिक तथा ज्याेतिषिय धारणा अनुसार ग्रहण दृश्य भएमा वा देखिएमा मात्र यसकाे सूतक लाग्ने तथा यसकाे लागि अन्य शान्तिकर्म कर्मकाण्ड अादि समेत लागू नहुने प्रचलन रहेकाे छ । याे सम्वन्धी शास्त्रहरूमा ठाेस प्रमाण नभेटिएता पनि चलन चल्ती , संस्कार र मान्यता अनुसार अदृश्य ग्रहणकाे प्रभावलाइ कुनै हिसावले पनि मान्नु पर्देैन ।
निष्कर्षमा चैत्र 1 गते शुक्रबारका दिन लाग्ने भनेर ब्यापक हल्ला गरिएकाे ग्रहणकाे नेपाल तथा भारतमा कुनै पनि प्रभाव नपर्ने , नरहने, नदेखिने हुनाले अाम सर्वसाधारणले यस बारेमा कुनै पनि चिन्ता ब्यक्त गर्नु नपर्ने कुरा स्पष्ट पार्दै ज्याेतिष सेवा सदनका बरिष्ठ ज्याेतिषी पं. प्रेमानन्द शास्त्रीले बताउनु भएकाे छ ।
चन्द्र ग्रहण 2025 / बि.सं. 2081 चैत्र 1
अंग्रेजी बर्ष 2025 काे पहिलाे ग्रहणकाे रूपमा रहने याे ग्रहण 2025 मार्च 14 तारिख तदनुसार नेपाली बिक्रम सम्वत् 2081 साल चैत्र 1 गते शुक्रबारका दिन याे बिश्वमा अर्काे एउटा शक्तिशाली चन्द्रग्रहण लाग्दैछ । याे ग्रहण खग्रास चन्द्रगहण हुनेछ । परमग्रास अवधिमा पृथ्वीकाे प्रच्छायांबाट पूर्ण रूपमा छेकिनेछ । याे ग्रहण कुन-कुन देशमा देखिन्छ ? नेपाली समय अनुसार कति बजे लाग्नेछ वा कति समय अवधिकाे ग्रहण हुनेछ ? भन्ने बारेमा सम्पूर्ण जानकारी याे सामग्रीमा दिएका छाैं ।
सनातन हिन्दू धर्मकाे मान्यता अनुसार ग्रहणलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ । याे एउटा खगाेलिय घटना भएतापनि ज्याेतिषशास्त्रकाे मान्यता तथा प्राचिन अनि धार्मिक मान्यता अनुसार यसकाे शुभ वा अशुभ प्रभाव मानव जातीमा मात्र नभइकन समग्र विश्व ब्रम्हाण्डका सवै चीज वस्तुमा पर्ने गर्दछ । यसकाे प्रभाव ज्याेतिषिय विश्लेषण अनुसार प्रत्येक राशिका ब्यक्तिहरूलाइ फरक-फरक रूपमा पर्दछ । यस्ताे ग्रहण दृश्य भएमा मात्र त्यसकाे प्रभाव पर्ने र अदृश्य भएमा ग्रहणकाे खासै प्रभाव नपर्ने कुरा धार्मिक ग्रन्थहरूमा समेत समावेश गरिएकाे छ ।
यस दिनमा लाग्ने भनिएकाे ग्रहण नेपाली समय अनुसार चैत्र 1 गते बिहान 10.56 बजे शुरू हुनेछ । मध्यान्ह 12.12 बजेबाट खग्रास शुरू हुनेछ । 12.44 बजे परम खग्रास ग्रहण लाग्नेछ । दिउसाे 1 बजेर 16 मिनेटमा खग्रास ग्रहणकाे समाप्ति हुनेछ । यसकाे अन्तिम स्पर्श 3.44 बजेसम्म रहनेछ । यसमा खग्रासकाे जम्मा अवधि 1 घण्टा 4 मिनेट 16 सेकेन्डकाे रहनेछ । खण्डग्रासकाे अवधि 3 घण्टा 36 मिनेट 23 सेकेन्ड्सकाे रहनेछ र उपच्छायांकाे अविध 5 घण्टा 59 मिनेट 59 सेकेन्ड्सकाे रहनेछ ।
याे चन्द्रग्रहण बिशेषत प्रशान्त महासागर, उत्तरी अमेरीका, दक्षिणी अमेरिका, पश्चिमी यूराेप, पश्चिम अफ्रिका, यूराेपका पाेर्चूगल, डब्लिन, हाेनेालुलु, ब्राजिल, अमेरीकाकाे न्यूयाेर्क, लसएन्जल्स, क्यानडाकाे टाेरन्टाे, शिकागाे, मेक्सिकाे, सेन्टियागाे, बाशिंगटन डिसी, सन फ्रान्सिस्काे, सुवा, अकलैण्ड, हवाना अादि क्षेत्रहरूबाट प्रष्ट देख्न सकिन्छ ।
याे ग्रहणलाइ नेपाल, भाारत, श्रीलङ्का तथा पश्चिम एशियाका धेरै देशहरूबाट दृश्य हुंदैन अर्थात् ग्रहण देखिंदैन । धार्मिक तथा ज्याेतिषिय धारणा अनुसार ग्रहण दृश्य भएमा वा देखिएमा मात्र यसकाे सूतक लाग्ने तथा यसकाे लागि अन्य शान्तिकर्म कर्मकाण्ड अादि समेत लागू नहुने प्रचलन रहेकाे छ । याे सम्वन्धी शास्त्रहरूमा ठाेस प्रमाण नभेटिएता पनि चलन चल्ती , संस्कार र मान्यता अनुसार अदृश्य ग्रहणकाे प्रभावलाइ कुनै हिसावले पनि मान्नु पर्देैन ।
निष्कर्षमा चैत्र 1 गते शुक्रबारका दिन लाग्ने भनेर ब्यापक हल्ला गरिएकाे ग्रहणकाे नेपाल तथा भारतमा कुनै पनि प्रभाव नपर्ने , नरहने, नदेखिने हुनाले अाम सर्वसाधारणले यस बारेमा कुनै पनि चिन्ता ब्यक्त गर्नु नपर्ने कुरा स्पष्ट पार्दै ज्याेतिष सेवा सदनका बरिष्ठ ज्याेतिषी पं. प्रेमानन्द शास्त्रीले बताउनु भएकाे छ ।
याे चन्द्रग्रहण यसपाली उत्तराफाल्गुनी नक्षत्र सिंह राशिमा लाग्दैछ । यसकेा प्रभाव विभिन्न राशिहरूमा यस प्रकारले पर्नेछ ।
मेष राशि – मेष राशिकेा लागि येा ग्रहणले विध्या बुद्धि तथा सन्तानकेा लागि अशुभ प्रभाव दिनेछ । विद्यार्थी बर्गके लागि कठिन परिस्थितिके सामना गर्नु पर्ला । सन्तानलाइ कष्ट हुने समय अएके छ । अनावश्यक खर्च हुनेछ । काममा केही गम्भीर निर्णयमा गम्भीर त्रुटी हुनाले गरिरहेके काममा समेत समस्या थपिन सक्छ । गर्भवती महिलाकेा लागि एकदम सचेत रहनुपर्नेछ । मेष राशिका जातकले येा ग्रहणमा ग्रहणकालमा घर बाहिर ननिस्कने, ग्रहणकेा लागि शान्ति उपाय अदि समेत गर्नुहेाला।
बृष राशि – बृष राशिकेा जातककेा लागि येा ग्रहण चतुर्थ भावमा लाग्नेछ । तपाइंकेा लागि येा समयमा अनावश्यक धन खर्च हुने । गरिरहेकेा कार्यमा रूकावट वा वाधा, मुद्दा मामिलाकेा सम्भावना, माताजीकेा स्वास्थ्यमा समस्या, अनावश्यक यात्रा तथा झन्झटकेा अवस्था वन्न सक्ने । साझेदारीमा समस्या अाउने । वैदेशिक कार्यहरू भने वन्न सक्नेछ , कुनै महत्वपूर्ण रेाकिएकेा काम येा समयमा खुल्न सक्नेछ, नयां अवसरहरू भने मनग्गे अाउने छन् तर समयलाइ चिनेर निर्णय लिन सक्नुपर्दछ । शुक्र ग्रहकेा दान जप अादि गरेर शुभ प्रभावलाइ बृद्धि गराउन सक्नुहुनेछ ।
मिथुन राशि – तपाइंकेा लागि येा चन्द्रग्रहण तृतीय भावमा लाग्नेछ जसकेा प्रभावले गरिरहेकेा काममा विभिन्न समस्याहरूकेा सामना गर्नुपर्नेछ । दाजुभाइमा वाद-विवाद , प्रेम सम्बन्धमा समस्या, काममा अचानक रूकावट तथा स्वास्थ्यमा समेत अचानक समस्या अउन सक्नेछ । नयां लगानी गर्नकेा लागि उचित समय छैन र अचानक अर्थिक समस्या वा कुनै नसेाचेकेा धन हानी हुने सम्भावना समेत प्रवल वनेकेा छ । तपाइंले बुध ग्रहकेा लागि दान, जप तथा नक्षत्रकेा अधिपतीकेा पूजा अादि गरेर अशुभ प्रभाववाट वच्न सक्नुहुनेछ ।
कर्कट राशि – कर्कट राशि हुने तपाइंकेा लागि ग्रहण लाग्ने राशि देाश्रेा भाव अर्थात् धनभावमा बनेकेा छ , हाल कर्कट राशिलाइ शनिकेा अढैया दशा समेत लागिरहेकेा छ र येा परिस्थितिमा तपाइंले करिब 15 दिनकेा लागि हरेक कुरामा अत्यन्तै सावधानि अपनायर अघि बढ्नु उचित हुनेछ । तपाइंलाइ येा ग्रहणकेा प्रभावले स्वास्थ्यमा समस्या बढ्नेछ, घांटी वा अखा सम्वन्धी समस्या थपिन सक्छ । अम्दानीका श्रेतहरूमा समस्या अाउनेछ । बेालिकेा प्रभाव नगन्य हुनेछ वा नकारात्मक मात्र हुनेछ । अनावश्यक वाद-विवादमा फसिन सकिन्छ । नयां लागानीमा समस्या अउने हुनाले येा समयमा कुनै पनि क्षेत्रमा नयां लगानी नगर्नुहेाला । अशुभ प्रभावबाट बच्नकेा लागि चन्द्रमाकेा दान, जप तथा नक्षत्रकेा अधिपति देवताकेा पूजा अर्चना गर्नुहेाला ।
सिंह राशि – सिंह राशि हुने तपाइंकेा लागि यसपालीकेा चन्द्र ग्रहण तपाइंकै राशिमा लाग्दैछन् । तपाइंलाइ गरिरहेकेा काममा बाधा अइपर्नेछ, पेशा, ब्यावशाय, नेाकरी अदिमा समस्या अाउन सक्छ । शरिरमा बिभिन्न कष्ट तथा रेाग भय रहनेछ । शारीरिक, मानसिक तथा अार्थिक गरि तीनै पक्षमा समस्या अाउन सक्छ । नयां काम तथा लगानी गर्नकेा लागि उचित समय छैन । कसैसंग पनि बाद-बिबादमा नफस्नुहेाला । श्रीमती तथा श्रीमान् केा स्वास्थ्यमा समस्या अउन सक्छ । बैबाहिक जिवनमा तनाव वढ्नेछ । मानसिक समस्याले पिरेाल्ने समय भएकेाले येाग ध्यान, साधना अादिमा मन लगाउनुहेाला। माया प्रेममा धेाका हुने समय रहेकेाले येा समयमा हरेक कार्य गर्दा एकदमै सेाच बिचार पुर्यायर मात्र गर्नुहेाला । येा ग्रहणबाट उत्पन्न हुने समस्याबाट मुक्ति पाउनकेा लागि सर्यदेवकेा दान, जप, अादित्यहृदयस्तेात्रकेा पाठ, रातेा बस्तु, सुन, रातेा कपडा, रातेा दाल अदि दान गर्नुहेाला साथै नक्षत्रकेा अधिदेवताकेा पूजा पाठ गर्नुभएमा शुभ हुनेछ ।
कन्या राशि- कन्या राशि हुने तपाइंकेा लागि येा चन्द्रगहणकेा प्रभाव द्वादश भावमा अर्थात् ब्यय भावमा पर्नेछ । जसकेा प्रभावले बैबाहिक जिवनमा तनाव अउन सक्छ । ब्यापार , ब्यावशाय गर्नुभएकेा छ भने हानी नेक्सानी हुनेछ । अम्दानी भन्दा खर्च अत्याधिक बढ्नेछ । कुनै नयां रेागले अधिकार जमाउन सक्ने समय रहेकेा छ ।अम्दानी भन्दा खर्च अधिक हुने समय रहेकेा छ। अंाखा तथा टाउकेा दुख्ने समस्या अउन सक्छ । मानसिक समस्या बढ्न सक्छ। येा समयमा वाद-विवाद, मुद्दा-मामिला, झै-झगडा अदिबाट बच्नुहेाला। ब्यावहारमा एकदमै सचेत भएर अघि बढ्नुपर्ने समय रहेकेाले सावधान हुनुहेाला । ग्रहणकेा अशुभ प्रभावबाट बच्नकेा लागि बुध ग्रहकेा दान, जप, तथा नक्षत्रकेा अधिदेवताकेा पूजा अनुष्ठान गर्नुहेाला।
तुला राशि – तुला राशि हुने तपाइंकेा लागि येा चन्द्रग्रहणकेा प्रभाव एकादश भाव अथवा लाभ भावमा पर्नेछ । येा समयमा कुनै पनि काममा हतार गर्ने वा तुरून्तै निर्णय लिने काम नगर्नुहेाला। विशेष गरि येा समयमा अर्थिक क्षेत्रमा अचानक समस्या अाउने, हानी नेक्सानी बेहेार्नु पर्ने, प्राकृतिक प्रकेापकेा कारणबाट समेत समस्याहरू थपिन सक्ने ।अर्काके कारणबाट समेत अाफू नराम्रेा काममा फसिन सक्छ वा अरूले फसाउन सक्नेछन्। परिवार तथा सन्तानमा दुख, कष्ट, बिमारी अादि अाइपर्न सक्नेछ । विद्यार्थी वर्गकेा लागि एकदमै ज्यादा मेहनत गर्नुपर्ला तैपनि अाशातित सफलता नमिल्न सक्छ । सेाच बिचार गरेर मात्र कुनै पनि काम वा कुराहरूमा निर्णय लिनु बुद्धिमानी हुनेछ । ग्रहणकेा अशुभ प्रभावबाट बच्नकेा लागि शुक्र ग्रहकेा दान, जप, पाठपूजा, गूरूमन्त्र जप, इष्टसाधना तथा नक्षत्रकेा अधिपतिकेा पूजा अर्चना अादि गर्न सक्नुहुनेछ ।
बृश्चिक राशि – बृश्चिक राशि हुने तपाइंकेा लागि चन्द्र ग्रहणकेा प्रभाव तपाइंकेा राशिबाट दशम भावमा पर्नेछ । यसले तपाइंकेा दिमागि तनाव बढाइदिनेछ, मानसिक समस्या बढ्नाले टाउकेा दुख्ने, झन् वढी रिस उठ्ने अादि हुनसक्छ । जिवनसाथीसंग सम्वन्ध विग्रन सक्छ । मायाप्रेममा धेाका हुनसक्छ । पिताजीकेा स्वास्थ्यमा अचानक समस्या अाउन सक्छ । कर्मक्षेत्रमा समेत यसकेा नकारात्मक प्रभाव देखिनेछ जसले गर्दा गरिरहेकेा काममा समस्या , काम छुट्न सक्ने, काममा झमेला अाइलाग्न सक्ने, बेरेाजगारीकेा समस्या अाउन सक्ने तथा वसेकेा स्थानबाट अन्यत्र कतै जाने, देश विदेशकेा यात्रा हुन सक्ने अादि प्रभावहरू देखिनेछन् । शनिकेा अढैया प्रभाव समेत तपाइंकेा राशिमा परेकेाले गर्दा अझ मिथ्या अारेापहरू अाउन सक्ने, शारीरिक कष्ट, पेट तथा ढाड कम्मरमा समस्या, काममा अत्यन्तै ढीला सुस्ती अादि समेत देखिनेछ । येा समयमा अशुभ प्रभावबाट बच्नकेा लागि शनि तथा मङ्गल ग्रहकेा उपाय, दान, जप , अनुष्ठान, पूजापाठ, साधना तथा नक्षत्रकेा अधिपति देवताकेा पूजापाठ अादि गराउनुभएमा शकारात्मक प्रभाव बढ्ने छ ।
धनु राशि – धनु राशि हुने जातककेा लागि चन्द्रग्रहणकेा प्रभाव तपाइंकेा राशिबाट नवम स्थान अर्थात् भाग्यभावमा परेकेा छ । जसकेा प्रभावले भाग्यमा रूकावट अउन सक्छ । पेशा, ब्यावशाय, नेाकरी तथा काम काजमा नकारात्मक प्रभाव देखिन सक्छ । अंाटेका कार्यहरू अधुरेा हुनेछन् भने नयां कार्यहरू रेाकिएर वस्नेछन्। ग्रहणकालबाट करिव 15 दिनकेा समय तपाइंले निकै धैर्यताका साथमा अघि बढ्नु राम्रेा हुनेछ । मानसिक तनाव वढ्ने भएकेले येा समयमा येाग ध्यान, साधना अादि गर्नुभएमा त्यसबाट राहत मिल्नेछ । येा समयमा पिताजीकेा स्वास्थ्यमा अचानक बाधा अाउन सक्छ भने वाद-विवाद तथा मुद्दा मामिला अादिमा फसिने डर समेत त्यत्तिकै बलियेा रहेकेा छ । येा समयमा नकारात्मक प्रभावलाइ कम गर्नकेा लागि गुरू बृहस्पतिकेा लागि दान, जप, मन्त्रपाठ, अनुष्ठान, तथा नक्षत्रकेा अधिपति देवताकेा पूजा अर्चना तथा इष्टदेवकेा भक्ति तथा गुरूमन्त्र जप अादि गर्न सक्नुहुनेछ ।
मकर राशि – मकर राशि पर्ने तपाइंकेा लागि येा सालकेा चन्द्रग्रहणकेा प्रभाव तपाइंकेा राशिबाट अष्टम भाव अर्थात् अयुस्थानमा परेकेा छ । येा मारक भाव समेत भएकेाले येा स्थानकेा प्रभावले स्वास्थ्यमा समस्या, दुखबिमार दूर्घटना, माताजीकेा स्वास्थ्यमा जटिल समस्या अाउन सक्ने तथा बिशेष गरेर अर्थिक रूपमा ठूला समस्याहरू थपिन सक्ने देखिएकेा छ । कुनै पनि कुरामा सानेा समस्या छ भने पनि हल्का रूपले नलिनुहेाला। स्वास्थ्यमा बिशेष निगरानी गर्नुपर्ने जरूरी छ । तपाइंलाइ येा महिनाकेा अन्तिमतिर 29 अप्रील देखि शनिदेवले सांढेसातीकेा प्रभावबाट समेत मुक्ति दिनेछन् त्यसैले धेरै अात्तिनु पर्दैन तर संयमतापर्वक येा ग्रहणकेा अशुभ प्रभावलाइ कम गर्नकेा लागि शनिदेवकेा दान, जप, साधना, अनुष्ठान अादि गर्ने, इष्टदेवकेा साधना गर्ने, तथा गुरूमन्त्र जप अनुष्ठान अादि गरेर प्रभावलाइ शुभ बनाउन सकिनेछ ।
कुम्भ राशि – कुम्भ राशिकेा जातकका लागि यसपालीकेा चन्द्रग्रहणकेा प्रभाव तपाइंकेा राशिबाट सप्तमभावमा परेकेा छ । जसकेा कारण कामहरू अत्यन्तै ढीला हुनेछन् भने मनमा नकारात्मक विचार अत्यन्तै धेरै अाउनेछन् । नयां काममा रूकावट हुनेछ । पारिवारीक तथा गृहस्थी जिवनमा उतार-चढाव तथा तनावकेा स्थिति पैदा हुनेछ । जिवनसाथीकेा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नेछ भने मायाप्रेममा धेाका हुन सक्नेछ । येा समयके दैरानमा सांढेसाती शनिदेवकेा तेश्रेा चरणकेा अन्त्य सांढेसाती शनि प्रभाव रहनेछ जसले गर्दा कामकाजमा झनै ढीलासुस्ती बढ्न सक्नेछ । तर मेहनत परिश्रम धेरै गरायतापनि येा समयले धेरै लामेा समयदेखी रेकिएका कुनै कामहरूमा भने रूकावट हटेर रफ्तार लिने देखिएकेा छ । समग्रमा येा ग्रहणकेा प्रभाववाट राहत प्राप्त गर्नकेा लागि शनिदेवकेा शान्ति, जप, पाठ, दान, अनुष्ठान, गुरूमन्त्र जप, इष्टदेवकेा साधना तथा नक्षत्रकेा अधिदेवताकेा पूजापाठ अनुष्ठान अादि गरेर शुभ प्रभाव प्राप्त गर्न सक्नुहुनेछ ।
अन्तिममा रहेकेा छ मीन राशि – मीन राशि हुने तपाइंकेा लागि येा चन्द्रग्रहणकेा प्रभाव तपाइंकेा राशिबाट षष्ठम भावमा परेकेा छ । तपाइंकेा लागि येा ग्रहणकेा प्रभाव हरेक क्षेत्रमा शुभ देख्न पाइनेछ । तपाइंकेा राशिमा नै शनिदेवकेा गाेचर समेत रहेकेाले करिव 15 दिन भने तपाइंले हरेक कुरामा सावधान रहनुपर्नेछ तथा असल कर्म गर्नुपर्नेछ । यदि यसभन्दा पूर्व तपाइंले धेरै शुभकार्यहरू , पुण्यका कार्यहरू गर्नुभएकेा छ भने त्यसकेा प्रतिफल पाइने बेला पनि यही नै हेा त्यसकारण शुभ कर्म गर्नेहरूका लागि भने तपाइंले उच्च सफलता प्राप्त गर्ने येाग समेत बनेकेा छ । मुद्दा ममिलामा बिजय प्राप्त हुनेछ । शत्रुहरूलाइ परास्त गर्न सक्नुहुनेछ । अफन्तहरू संगकेा सम्बन्धमा सुधार हुनेछ । विदेश हुनुहुन्छ भने झन् सजिलेासंग सफलता प्राप्त हुने समय अाएकेा छ । येा प्रभावलाइ अझ बढी शुभ बनाउनकेा लागि गुरू बृहस्पतिकेा लागि उपाय गर्ने, दान, जप, पूजापाठ, अनुष्ठान, गुरूमन्त्र जप तथा नक्षत्रकेा अधिपति देवताकेा पूजा अर्चना अादि गरेमा शुभतामा बृद्धि हुनेछ । ज्याे.पं. प्रेमानन्द शास्त्री, रत्ननगर , चितवन ।