ज्याेतिष भनेकाे के हाे ?

साैर्यमण्डलमा भएका तारा नक्षत्र राशि वा ग्रहहरूले कुनै जातकलाइ उसकाे जीवनमा पार्ने प्रभावकाे बारेमा अध्ययन साथै दिब्यदृष्टी समेतले छर्लङ्ग पारिदिने ब्यक्तिलाइ ज्याेतिष भनिन्छ। ज्येातिषीकाे सहायताले वा सटिक भविष्यवाणीले हाम्राे जीवनमा सफलता प्राप्ती गर्नकाे लागि बाटाे देखाइदिने भएकाेले समय-समयमा ज्याेतिषी (ज्याेतिष) हरूसंग परामर्श लिने गर्नुपर्दछ।

ज्याेतिषी किन हेराउने ?

हाम्रेा पञ्चभाैतिक शरिरले प्रकृतिमा रहेका पृथ्वी, जल, तेज, हावा र अाकाश तत्वहरूसंग प्रत्यक्ष सम्बन्ध राखेकाे हुन्छ। प्रकृतिले संकेत गरे अनुसार हाम्राे दैनिकी पनि निर्धारण भएकाे हुन्छ। कुनै पनि कामकाे लागि यदि उचित समय पहिचान गर्न सकियाे भने गरेकाे कार्यमा सफलता प्राप्त हुन्छ। यस संसारमा बेग्ला-बेग्लै राशि वा नक्षत्रका ब्यक्तिलाय अलग-अलग समयमा सुख-दुख, घटन-दूर्घटना, सफलता-असफलता अादि मिल्ने गर्छ र त्यस्ताे समिके गणना ज्याेतिषशास्त्रकाे माध्यामबाट गर्न सकिने भएकाेले त्यस्ताे सफल समयकाे जानकारीकाे लागि याेग्य ज्याेतिषीकाे अावश्यकता पर्दछ।

About Astrology

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। ज्याेतिष त्यस्ताे विध्याकाे नाम हाे जुनद्वारा आकाशिय ग्रहकाे माध्यामबात वर्तमान, भूत र भविष्यकाे बारेमा जान्न सकिन्छ ।ज्याेतिष शास्त्र लाइ ज्याेति:शास्त्र पनि भनिन्च जसकाे अर्थ हुन्छ- प्रकाश दिनेवाला शास्त्र। अर्थात् त्यस्ताे शास्त्र जसले संसारकाे सुख-दु:ख, जीवन-मरण,तथा संसारकाे वस्तुस्थिति जस्ता विभिन्न कुराहरूमा जानकारी दिएर उज्यालेा बनाउने काम गर्दछ। यथा - ज्योतिषां सूर्यादि ग्रहाणां बोधकं शास्त्रम् । अर्थात् सूर्यादि ग्रहहरूकाे विषयमा जानकारी दिने शास्त्रलाइ ज्याेतिषशास्त्र भनिन्छ। सवै शास्त्रहरूमा वादविवाद तथा भ्रमहरू पाइन्छ र हाे कि हाेइन भन्ने शंका हुन्छ तर ज्याेतिषशास्त्र मात्र त्यस्ताे शास्त्र हाे जसमा सूर्य र चन्द्रमालाइ नै साक्षी राखेर प्रमाण दिइन्छ। यथा- विफलान्य शास्त्राणि विवादस्तेषु केवलम्, सफल ज्योतिषं शास्त्रं चन्द्रार्को यत्र साक्षिणाम् । अर्थात अन्य सबै शास्त्र निष्फल छ किनकी तीनमा वाद-विवाद भन्दा केही छैन तर सूर्य तथा चन्द्रमा जसकाे साक्षी छन् त्यस्ताे ज्याेतिष शास्त्र मात्र पूर्ण शास्त्र हाे।

What Do We Do ?

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

30

Years of
Experience


© Nepal Panchang
ReadMore

Horoscope Forecast

दैनिक, साप्ताहिक, मासिक तथा बार्षिक सटिक राशिफल हामीले यहांलाइ यस साइटमा उपलब्ध गराएका छाैं। राशिफलकाे मेनुमा गएर आफ्नो राशिफल वा दैनिक भविष्यवाणी हेरेर लाभ लिन सक्नुहुनेछ।

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

वृष

( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मिथुन

( का, कि, कु, घ, ङ, छ, के, को, हा )

कर्कट

( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सिंह

( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कन्या

( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तुला

( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

वृश्चिक

( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धनु

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मकर

( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कुम्भ

( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मीन

( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

Our Services

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

Kundli Dosha

जन्मकुण्डली (चीना-टीप्पन) बनाउन तथा हेराउन, बैबाहिक जिवन, शैक्षिक अवस्था, वैदेशिक राेजगार, विवाह मेलमिलाप, वर्तमान, भूत अनि भविष्यकाे बारेमा सम्पूर्ण परामर्श लिनकाे लागि वरिष्ठ ज्याेतिष गुरूबाट सेवा प्राप्त गर्नकाे लागि हामीसंग जाेडिन सक्नुहुनेछ।

Online Services

हाम्राे कार्यालयमा आएर प्रत्यक्ष सेवा लिन नसक्नेहरूकाे लागि अनलाइन सेवा समेत उपलब्ध रहेकाे छ साथै फाेनकलवाट, म्यासेन्जरबाट, ह्वाट्सएपबाट, भाइबरबाट, बाेटिमकलबाट समेत सेवा लिन सकिन्छ जसकाे लागि सम्पर्क मेनुमा गएर एपाेइन्टमेन्ट बुकिङ्ग गराउन सक्नुहुनेछ।

Rashi Ratna

राशिरत्न, पत्थर, रूद्राक्ष, शालिग्राम, गाेमतीचक्र, काैडा, शङ्ख, श्रीयन्त्र, कुवेरयन्त्र, ब्यापार बृद्धि यन्त्र,सर्वताेभद्रा,कालशर्पदाेष शान्ति लकेट, आदि सेवा लिन। जन्मकुण्डली तथा गाेचरमा भएका ग्रहहरूकाे अवस्थाकाे मूल्याङ्कन गरि आवश्यक राशिरत्नकाे छनाैट गर्दै अेारिजिनल पत्थरहरूबाट आफ्नै नापाेमा अैांठीहरू बनाइ त्यसलाइ प्राणप्रतिष्ठा समेत गरेर दिइन्छ जसले गर्दा आवश्यक परेकाे ग्रहकाे शक्ति पैदा भइ जिवनमा सफलता प्राप्त हुन्छ।

Kal Sharp Dosh

कालशर्पदाेष शान्तिकाे लागि हामीकहां ब्यक्तिगत तथा सामुहिक अनुष्ठान गराइन्छ । यदि कालशर्पदाेष, ग्रहणदाेष ,अङ्गारकदाेष, श्रापितदाेष तथा राहुकेतु जनित सम्पूर्ण दाेष शान्ति गर्नकाे लागि हामीकहां सम्पर्क गर्न सक्नुहुनेछ।

Book Your Appointment

Scan Here for Payment

Upload Screenshot of Your Payment Here

What My Clients Say

विगत ३० वर्षभन्दा बढी समयदेखि हामीले यहांहरूलाइ सेवा पुर्याउंदै आयका छाैं । यस दाैरानमा हजाराैं जनाले हामीसंग सेवा लिइसक्नुभएकाे छ। हामीबाट सेवा लिने यहांहरूलाइ हामीले पूर्ण सन्तुष्ट पाएका छाैं। जस मध्ये केही भनाइहरू यहां राखिएका छन् यहांकाे आफ्नै भाषामा जस्ताकाे तस्तै ।

Roshan Khanal

CEO-BITS

जो सचमै असाधारण छ त्यो भन्न सकिन्छ कि उनीहरूको परामर्श मात्र सामान्य भविष्यवाणी होइन; यो व्यक्तिगत र विस्तृत छ। उनीहरूले एक रोडम्याप प्रदान गरे, जसले मलाई जीवनको ट्विस्ट र मोडहरूलाई आत्मविश्वाससँग नाविगेट गर्न मद्दत गर्‍यो। ज्योतिषज्ञहरूले मात्र मलाई के भएको भनेर मात्र भनेनन्, तर किन र कसरी भएको समझाउनु भएको थियो।

Sudip Parajuli

MD-BITS

यस वेबसाइटमा रहेका ज्योतिषज्ञ र विशेषज्ञहरूले तारामा भएका रहस्यहरूलाई खोलेर अन्योलो रूपमा समझाउन अनन्त दक्षतासँग सम्बन्धित परामर्श प्रदान गर्दछन्। मैले उनीहरूको अनुभवलाई चमत्कारी र अत्यन्त अवगत मानें। उनीहरूले मलाई मेरो अतीत, वर्तमान, र भविष्यको गहिरो अवलोकन गराए।

Gaurav Sapkota

Full-stack Developer

तपाईंको ज्योतिषीय ज्ञानले मलाई मेरो व्यक्तिगत र पेशेवर जीवनमा साहयक भएको छ। तपाईंको दयालु र समर्थनका लागि म धन्यवाद दिन चाहन्छु। तपाईंको सेवा मलाई मानोवैज्ञानिक रूपमा उच्च रुचाइएको छ। म निश्चित रूपमा तपाईंलाई मेरो परिवार, काम, र सम्पूर्ण जीवनको सबै दृष्टिबाट हेर्ने व्यक्तिहरूलाई सिफारिस गर्दछु।

Popular Products

लग्न, राशि तथा ग्रहहरूकाे आधारमा राशिरत्नहरू, यन्त्रहरू, वास्तुदाेष निवारण तथा समाधानका लागि आबश्यक पर्ने यन्त्रहरू, रूद्राक्ष, स्फटिक, श्रीयन्त्र, ब्यापारबृद्धि यन्त्र, कुवेरयन्त्र, लक्ष्मीयन्त्र, राशी अनुसारका औठिहरु , कालशर्पशान्ति लकेट, शालिग्राम आधी हामीकहां पाइन्छन् ।


निलम रत्न/

निलम रत्न शनिग्रहकाे रत्न हाे । बिशेष गरि मकर र कुंभ राशि/लग्न वाला जातकलाइ याे पत्थर लगाउने सल्लाह दिइन्छ। जसकाे कुण्डलीमा शनि बक्री, अस्त, निचराशिमा अवस्थित छ र शुभभावमा वसेकाे वा शुभ भावकाे स्वामि छ त्यस्ताे अवस्थामा निलम रत्न धारण गर्नु राम्राे मानिन्छ। साथै शनिकाे महादशा अन्तरदशा, शनि सांढेसाती अादि चलेकाे छ भने पनि निलम रत्न धारण गर्नु शुभ मानिन्छ। निलम रत्न धारण गर्दा जन्मकुण्डलीकाे राम्राेसंग परीक्षण गरायर मात्र धारण गर्नुपर्दछ अन्यथा यसकाे साइड इफेक्ट ज्यादै घातक हुन सक्छ।


माणिक्य/रूबी स्टाेन

माणिक्य रत्न सूर्य ग्रहकाे रत्न मानिन्छ। यदि जन्मकुण्डलीमा सूर्यकाे स्थिति कमजाेर छ भने बांकी ग्रहहरू जति नै राम्रा भएतापनि शुभ फल प्रदायक मानिंदैनन् त्यसकारण सूर्यग्रहलाइ मजवुत बनाउनुपर्छ त्यसकाे लागि माणिक्य रत्न निकै प्रभावकारि हुन्छ। यसलाइ पद्मराग, रविरत्न अथा रूबी स्टाेन अादि नामले पनि चिनिन्छ। याे रत्न धारण गर्नाले अात्मविश्वासका बृद्धि हुने तथा हरेक तनावलाइ घटाउंदै लाने र अन्य ब्यक्तिहरूप्रति राम्राे धारणाकाे विकास गरिदिन्छ। साथै याे रत्नले छाला सम्बन्धी विकार समेत हटाउंदै निराेगी काया बनाउंछ।


मुंगा रत्न

याे पत्थर मेष र बृश्चिक लग्न राशि भएकाहरूलाइ विशेष लाभकारि मानिन्छ। सिंह र कर्कट लग्नका जातकका लागि पनि याे पत्थर लाभदायक मानिन्छ । सामान्यतथा याे पत्थर मेष र बृश्चिक राशि/लग्न भएका तथा मङ्गलबार जन्मभएका जातकहरूका लागि शुभ फलदायक मानिन्छ। ज्याे.पं. प्रेमानन्द शास्त्रीका अनुसार मङ्गल ग्रहकाे अवस्था हेरेर मात्र मुंगा धारण गर्नुपर्दछ। यदि मङ्गल ग्रह यदि जन्मकुण्डलीमा मारकेस बनेर बसेकाे छ भने याे पत्थरकाे प्रयाेग हानिकारक मानिन्छ।


पुष्पराज/पुषराज रत्न

याे रत्न धनु र मीन राशि / लग्न तथा गुरू बृहस्पतिकाे लागि हाे । मिथुन र कन्या राशि भएकाहरूलाइ यदि प्रेममा बाधा भयाे भने पनि यहि रत्न सहायक सिद्ध मानिन्छ। बिहीबार जन्मभएका हरूलाइ समेत याे पत्थर सहायक मानिन्छ। ब्यापार ब्यावशायमा बृद्धिहाेस् भन्नका लागि समेत याे पत्थरकाे प्रयाेग गरिन्छ। ज्याे.पं. प्रेमानन्दशास्त्रीका अनुसार याेग्य ज्याेतिषीलाइ कुण्डली देखायर, उचित ताेल र अाकार भएकाे, पूर्ण सिद्धि गरेर , गुरूपुष्य याेग वा बिहीबारकाे दिन पारेर मात्र याे पत्थर धारण गर्नुपर्दछ।

Latest Articles

ज्याेतिष र खगाेल सम्बन्धी नयां नयां खाेज तथा अनुसन्धानात्मक लेख रचना आदी हामीले यहांहरूलाइ पस्किने छाैं। वरिष्ठ ज्याेतिषशास्त्री प्रेमानन्द शास्त्रीजीद्वारा लिखित विचारहरू तथा उहांवाट धेरै सिक्नपर्ने कुराहरू हामीले यसमा ब्लग मार्फत पाउने छाैं । पढेर शेयर गरिदिनुहाेला साथै हामीलाइ प्रतिक्रिया दिन नभुल्नुहाेला।

2025-09-11

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते
जयश्रीकृष्ण, प्रणाम । कृपया जेनजी समूह तथा अन्य सचेत जनताले बुझ्नुपर्ने कुरा - अाज मिति २०८२ साल भाद्र २६ गते दिउसाे ३ बजेर ५९ मिनेट भित्रमा कुनै नयां सरकारकाे संझाैता भएकाे भए त्याे सफल हुन सक्ने थियाे अव याे समय कटेपछि भाेली २०८२ साल भाद्र २७ गते दिउसाे करिब ४ बजेर २५ मिनेट भित्रमा नयां दलिय सक्तिहरू हावी र वलवान भइ नयां बाेतलमा पुरानाे रक्सी नै राखेर बजार खाेल्ने देखिन्छ अर्थात् याे विचमा दलिय शक्तिहरू जेनजीकै रूपमा उदय हुने र अन्तराष्ट्रिय गुप्तचर संस्थाहरू समेत सक्रिय भएर हाम्राे देशमा नकारात्मक भूमिका खेल्ने कुरा ज्याेतिषिय गणना अनुसार प्रष्ट देखिएकाे छ । याे समयमा कुनै पनि सरकार बन्याे भने एक महिना पनि टिक्न सक्दैन ।अहिलेकाे बिषम परिस्थितिमा देवगुरू बृहस्पति उच्च भएकाे कारणले मात्र थाेरै समयमा याे अान्दाेलन राेकिएकाे हाे अन्यथा लामाे समयसम्म र अझै धेरै धन जनकाे क्षति हुनेवाला थियाे । तर अब बन्न खाेजेकाे जुन सरकार छ त्यसले पनि यदि जेनजीले अांटेकाे जस्ताे गरि नै अघि बढ्ने हाे भने त्याे पनि अभिषाप सावित हुन सक्ने देखिन्छ ।
जेनजीकाे नामबाट बिश्लेषण गर्दा पनि मकर राशि हुन्छ जसकाे स्वामि शनिदेव हुन्छन् । शनि र मङ्गलकाे युति समेत भएकाे याे अवस्थामा अस्ति लागेेकाे खग्रास चन्द्रग्रहणकाे प्रभाव समेत जेनजीकाे राशिबाट दाेश्राे घरमा परेकाे थियाे त्यसकारण जेनजीकाे ठूलाे क्षति हुने तथा बाेलिकाे प्रभाव शून्य हुने देखिएकाे छ । याे विचमा जेनजीले यदि राजालाइ साथ लिन सकेमा गुरू बृहस्पति उच्चमा कर्कट राशिमा रहेका कारण सफल हुने सम्भावना देखिन्छ तर मैले राजालाइ सपाेर्ट गरेकाे हैन बरू याे जानकारीले जेनजीलाइ सजिलेा पर्ला कि भनेर ज्याेतिषिय बिश्लेषण अनुसार याे देखेकाे कुरा सार्वजनिक गरेकाे छु ।
मैले माथि भनेकाे समयमा अत्यन्तै खतरनाक ज्वालामुखी याेग समेत बनेकाेले याे समय जेनजी पुस्ताकाे लागि अभिषाप तथा अस्ति भएकाे त्यति ठूलाे अान्दाेलनकाे प्रतिफल समेत शून्य हुने साथै अझै बढी धनजनकाे क्षति हुन सक्ने समेत देखिएकाे छ । कृपया साेच समजका साथ अघि बढ्नुहुन समेत सुझावकाे रूपमा याे भविष्यवाणीलाइ प्रकाशन गरेकाे छु ।
(याे मेराे नितान्त ब्यक्तिगत ज्याेतिषिय धारणा हाे र ज्याेतिषिय अाधारमा ग्रह गाेचरलाइ अाधार मानेर राखेकाे छु यसलाइ अन्य राजनैतिक रूपमा नलिनुहुन समेत अनुराेध गर्दछु )।
ज्याे.पं. प्रेमानन्द शास्त्री
ज्याेतिष सेवा सदन

2025-09-05

खग्रास चन्द्रग्रहण 2025/ 2082 भाद्र 22 गते

खग्रास चन्द्रग्रहण 2025/ 2082 भाद्र 22 गते

दर्शकबृन्द, जयश्रीकृष्ण, प्रणाम ।राधे राधे ।। (याे सामग्री युट्युब भिडियाेकाे लागि बनाइएकाे कन्टेन्ट भएपनि हजुरहरूलाइ काम लाग्ने भएकाेले जस्ताकाे तस्तै यहां पेाष्ट गरेकाे छु कृपया साेही अनुसार बुझ्नुहाेला )
ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहालाई हार्दिक स्वागत गर्दछु । म छु एष्ट्रोलोजर प्रेमानन्द शास्त्री , आज हामी यो सामग्री अन्तरगत सन् २०२५ को सवैभन्दा खतरनाक अनि अन्तिम ग्रहणको बारेमा कुराकानी गर्नेछौं । यो ग्रहण कहां–कहां लाग्नेछ ? हाम्रो देश नेपालबाट देखिन्छ कि देखिंदैन ? हेर्न हुन्छ कि हुंदैन ? कुन–कुन राशिलाई ग्रहणको पफ्ल राम्रो रहनेछ ? भन्ने जस्ता सम्पूर्ण जानकारीहरु समेटेर यो भिडियो सामग्री तैयार पारेका छौं । कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने तुरुन्तै गर्नुहोला साथै कमेन्टमा आफू कुन राशिको हो र ग्रहण फल सुन्नुभयो कि सुन्नुभएन ? कृपया लेख्नुहोला । साथै सवैलाई शेयर गरेर यो जानकारी दिनुहोला ।  

  
अंग्रेजी वर्ष सन् २०२५ को अन्तिम ग्रहण तथा डरलाग्दो ग्रहणको रुपमा हाम्रो आकाशमा यही २०८२ साल भाद्र २२ गते रविबार तदनुसार ७ सेप्टेम्बर २०२५ का दिनमा खग्रास चन्द्रग्रहण लाग्दैछ ।यो ग्रहण पूर्ण रुपमा खग्रास हुनेछ । परमग्रास अवधिमा पृथ्वीको प्रच्छायांबाट पूर्ण रुपमा छेकिनेछ जसले गर्दा चन्द्रमाको पूरा भाग कालो देखिनेछ । 
सनातन हिन्दूधर्मको मान्यता अनुसार ग्रहणलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यो एउटा खगोलिय घटना भएतापनि ज्योतिषशास्त्रको मान्यता तथा प्राचिन अनि धार्मिक मान्यता अनुसार यसको शुभ वा अशुभ प्रभाव मानव जातीमा मात्र नभईकन समग्र विश्व ब्रम्हाण्डका सवै चीज वस्तुमा पर्ने गर्दछ । यसको प्रभाव ज्योतिषशास्त्रको विश्लेषण अनुसार प्रत्येक राशिका ब्यक्तिहरुलाई पफ्रक – पफ्रक रुपमा पर्दछ । यस्तो ग्रहण दृश्य भएमा मात्र त्यसको प्रभाव पर्ने र अदृश्य भएमा ग्रहणको खासै प्रभाव नपर्ने कुरा धार्मिक ग्रन्थहरुमा समेत समावेश गरिएको पाइन्छ ।
यसपालीको चन्द्रग्रहणलाई विश्वभरिका धेरै स्थानहरुबाट देख्न सकिन्छ । यो ग्रहणलाई लगभग विश्वका ८५ प्रतिशत जनसंख्याले देख्न चाहेमा देख्न सक्नेछन् । हाम्रो देश नेपाल तथा छिमेकी भारतका सम्पूर्ण भूभागहरुबाट  यो ग्रहणलाई मजाले देख्न सकिनेछ । त्यस्तैगरि यो ग्रहणलाई युरोप, एशिया, अस्ट्रेलिया, अपिफ््रका, उत्तरी अमेरीकाका केही भागहरु, दक्षिण अमेरीकाका केही भागहरु, प्यासिपफ्की क्षेत्र, इण्डियन ओसिन, आर्कटिक सागर, एटलान्टिक सागर तथा एन्टार्कटिकाका भागहरुबाट प्रष्ट देख्न सकिन्छ ।
यस दिनमा लाग्ने भनिएको ग्रहण नेपाली समय अनुसार २०८२ साल भाद्र २२ गते रविबार राती १० बजेर ११ मिनेटमा शुरु हुनेछ । खग्रास ग्रहणको मध्य रातीको ११ बजेर ५६ मिनेटमा हुनेछ । यो ग्रहण रातीको १ वजेर ४१ मिनेटमा समाप्ती हुनेछ । यसको अन्तिम स्पर्श ३ बजेर ४४ मिनेटसम्म रहनेछ । यस ग्रहणको पूर्ण अवधि जम्मा ३ घण्टा ३० मिनेटको रहनेछ । धार्मिक तथा शास्त्रीय मान्यता अनुसार जुन स्थानबाट ग्रहणलाई देख्न सकिन्छ त्यो स्थानमा ग्रहणको सुतककाल बार्नुपर्ने हुन्छ । ग्रहणको सुतककाल ग्रहण सुरु हुनुभन्दा तीन प्रहर पहिला अर्थात् ९ घण्टा अगाडि देखि लागू हुन्छ भने विमारी, बृद्ध तथा गर्भवती महिलाहरुको लागि डेढ प्रहर अथवा ४ घण्टा ३० मिनेट पहिलादेखि सुतककाल लाग्दछ । यो सुतककालमा दाउरा बनाउने, घांसकाट्ने, भोजन गर्ने, पूजाको लागि सामग्री तैयार गर्ने, तुलसी पत्र छेदन गर्ने, मन्दिरमा पूजा गर्ने आदि समेत गर्न हुंदैन । सूतककालमा मन्दिरको ढोका समेत बन्द गरेर राखिन्छ भने जतिबेला ग्रहणले छाड्नेछ त्यतिवेला वल्ल स्नानादि गरेर अनि मन्दिरलाई धोइ पखाली गरी पूजा आजा गर्नुपर्दछ ।  
यो ग्रहणको प्रभाव १२ वटा राशिमा पफ्रक–पफ्रक तरीकाले पाइन्छ । मेष देखि मीन राशिसम्म हरेक राशिमा कस्तो प्रभाव दिन्छ ? आउनुहोस् १२ वटै राशिको ग्रहणको कारणले दिने प्रभावको बारेमा कुराकानी गरौं ।

शुरुवातमा रहेको छ मेष राशि – मेष राशिका जातकको लागि यो ग्रहणको प्रभाव एकादश भावमा रहनेछ ।जसको कारण अपार धनलाभको अवसर मिल्नेछ । आर्थिक उपार्जनको लागि नयां नयां वाटोहरु खुल्नेछन् । रोकिएका कार्यहरु सुचारु हुनेछन् । यो ग्रहणको प्रभावलाई सकारात्मक लिनको लागि ग्रहणको दर्शन नियमअनुसारले गरेर आवश्यक स्नान दान आदि कर्महरु गर्नुभएमा राम्रो हुनेछ । उपायहरुको लागि अन्तिममा बताउनेछु , संगै रहनुहोला । 
दोश्रो राशि रहेको छ बृष – बृष राशिका जातकहरुका लागि यो चन्द्रग्रहणको प्रभाव दशम भावमा पर्नेछ । यसको प्रभावले हजुरका रोकिएका कामहरु खुल्नेछन् । सुख प्राप्त हुनेछ । तर कर्मक्षेत्रमा सावधानी अपनाउनुहोला , आपफ्न्त तथा साथीहरुबाटै विश्वासघात हुन सक्नेछ । पिताजीको स्वास्थ्यमा केही समस्या अचानक थपिन सक्छ । हजुको नोकरीमा सरुवा हुने , वासस्थान परिवर्तन हुने, कार्यक्षेत्र परिवर्तन हुने सम्भावना समेत बनाएको छ । अन्य कुरामा जे जे भएपनि समग्रमा यो ग्रहणको प्रभावले हजुरलाई सुखी बनाउनेछ ।
अर्को राशि रहेको छ मिथुन – मिथुन राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव नवमभावमा पर्नेछ । यसको प्रभावले हजुरको गरिरकेको काममा रुकावट आउन सक्नेछ । भाग्यभावमा नकारात्मक प्रभावलाई बढाउनेछ । पेशा, ब्यावशाय, नोकरी आदि क्षेत्रमा समस्या आउनसक्छ । राम्रोसंग काम गर्नुहोला नत्र अख्तियार लाग्न सक्छ वा वार्निङ्ग लेटर जारी हुन सक्छ । मुद्दा मामिला वा अनावश्यक भफ्न्भफ्टहरु आइपर्न सक्छ । हरेक कुरामा सावधानी पूर्वक अघि बढ्नुहोला । साथै यो ग्रहणको भफ्क्कुेर पनि दर्शन नगर्नुहोला अथवा ग्रहण नहेर्नुहोला । साथै ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ । उपायको लागि अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ कर्कट – कर्कट राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव अष्टमभावमा पर्नेछ । यसको प्रभावले हरेक क्षे    त्रमा तनाव दिन सक्छ । विशेष गरेर रोग तथा विमारीको अवस्था श्रृजना गराउन सक्छ भने पहिला देखिनै कुनै उपचार गराइरहनु भएको छ वा नियमीत औषधि सेवन गर्ने गर्नुभएको छ भने यो समय निकै सावधान रहनुपर्नेछ । कतिवेला समस्या आउंछ थाहै पाइंदैन अथवा अचानक समस्या थपिन सक्छ । यो समयमा चोटपटक, दूर्घटना तथा कुनै चीरपफर वा अपरेशन समेत गराउन सक्ने भएकोले सावधान रहनुहोला । साथै ग्रहणलाई कुनै पनि हालतमा नहेर्नुहोला । उपायको लागि ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ जसको लागि यो समग्रीको अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ सिंह राशि – सिंह राशि हुने जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव सप्तम भावमा पर्नेछ । जसको प्रभावले बैबाहिक जिवनमा समस्याहरु ल्याउनेछ । पहिलादेखि नै केही समस्यामा हुनुहुन्छ भने अव जोगाउन गारो छ । कसैसंग पनि माया प्रेममा नपर्नुहोला अव यो समयमा धोका खान सकिनेछ । घर परिवारमा सामाञ्जस्यता कायम गर्दै शान्त भएर घर परिवार सम्हाल्नुपर्ने समय रहेकोले कुनै पनि किसीमका वाद–विवाद आदि नगर्नुहोला । श्रीमान् वा श्रीमतीको स्वास्थ्यमा समस्या थपिनाले अभफ् बढी तनाव हुनु स्वाभाविकै हो । यो समयमा साभफ्दोरी काम गर्नुभएको छ भने पनि सचेत हुनुहोला । पर्टनरसंग विवाद पर्नेछ । मन मिल्ने छैन । निर्णयहरु कुनै पनि आपफ्लूे एकलौटी रुपमा नगर्नुहोला । र यो ग्रहणलाई नहेर्नुहोला । साथै शुभ पफ्ल प्राप्तिको लागि ग्रहणको समयमा केही उपायहरु समेत गर्न नभुल्नुहोला । उपायहरुको बारेमा अन्तिममा बताउनेछु । कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ कन्या – कन्या राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको षष्ठम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई चौतपफर्् ीसुख प्राप्त हुनेछ । यो समयले हजुरलाई भाग्योदय नै गराउनेछ । कुनै मुद्दा मामिलाहरु छन् भने यो समयमा हजुरको जित सुनिश्चित गराउनेछ । रोग ब्याधि कम हुनेछ । सत्रुहरु आपफ्ैं साइड लाग्नेछन् । आपफ्न्तहरु संगको सम्बन्धमा सुधार हुनेछ । विदेश हुनुहुन्छ भने भफ्न् सजिलोसंग सपफ्लता प्राप्त हुने समय आएको छ । कृपया ग्रहणको दर्शन गर्दा  सामान्य नियमहरु अवलम्वन गरेर मात्र दर्शन गर्नुहोला । हजुरलाई यो चन्द्रग्रहणले मालामाल बनाउने देखिएको छ । साथै ग्रहणबाट शुभ प्रभाव प्राप्त गर्नको लागि के के गर्नुपर्छ त्यसको लागि अन्तिमसम्म रहनुहोला । 
अर्को राशि रहेको छ तुला – तुला राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको पञ्चम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई मानसिक चिन्ता तथा समस्या थपिन सक्छ । यसले विद्या, बुद्धि तथा सन्तानको लागि अशुभ प्रभाव दिनेछ । विद्यार्थी वर्गको लागि कठिन परिस्थितीको सामना गर्नुपर्ला । यदि गर्भवती हुनुहुन्छ भने एकदमै सचेत रहनुहोला साथै गर्भको शिषुको लागि समेत विशेष ख्याल राख्नुहोला । कुर्न पनि काममा गरिने निर्णयहरुमा गम्भीर त्रुटी हुनसक्ने भएकोले कार्यक्षेत्रमा समेत समस्यारु आउने देखिएको छ । अनावश्यक खर्च समेत बढ्ने हुनाले आयक्षेत्रमा गम्भीर प्रभाव पार्नेछ । हजुर तुला राशि हुने जातकले यो ग्रहणको ग्रहणकालमा घर बाहिर ननिस्कने तथा ग्रहणदोष शान्तिका लागि उपायहरु समेत गर्नुहोला । साथै उपायहरुको लागि अन्तिमसम्म संगै रहनुहोला ।
अर्को राशि रहेको छ बृश्चिक – बृश्चिक राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट चतुर्थ भावमा पर्नेछ जसको प्रभावले हजुरलाई  अनावश्यक धन खर्च गराउनेछ । गरिरहेको काममा बाधा ब्यावधान, रुकावट तथा अनावश्यक भफ्न्भफ्ट आदि दिनेछ । माताजीको स्वास्थ्यमा अचानक समस्या आउन सक्नेछ । अनावश्यक यात्रा तथा खर्च गराउनेछ । तर नयां अवसरहरु भने यो प्रभावमा मनग्गे आउनेछन् तथापि समयलाई चिन्न वा कुनै पनि निर्णय लिंदा गल्ति हुन जानाले कार्यमा असपफ्लता र निरासापन हात लाग्न सक्नेछ । समयलाई चिनेर निर्णय लिन सकेमा सपफ्ल हुन सकिनेछ । यो प्रभावमा रोकिएका कार्यहरुले भने रपफ््तार लिनेछन् । हजुरको आपफ््नै स्वास्थ्यमा समेत  केही चुनौतीहरु थपिनाले जटिल परिस्थिति समेत बन्न सक्नेछ । यदि पहिलादेखि नै कुनै रोगको चपेटामा हुनुहुन्छ वा नियमित औषधि सेवन गर्ने हुनुहुन्छ भने सावधान रहनुहोला । हजुर बृश्चिक राशि हुनेले यसपालीको ग्रहण भफ्क्कुेर पनि नहेर्नुहोला । साथै ग्रहणको अवधिमा केही उपायहरु समेत गरेर अशुभ प्रभावबाट बच्न सक्नुहुनेछ । उपायहरुको लागि हामी अन्तिममा बताउने छौं कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ धनु – धनु राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट तृतीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसपफ्लता मिल्नेछ । जताततै पफ्लिपफप हुने तथा भाग्योदयको समय आएको छ । यो ग्रहणको प्रभावले हजुरको सुस्थाएको आर्थिक अवस्था एक्कासी सक्रिय हुनेछ । आम्दानीका नयां नयां अवसरहरु आउनेछन् । हरेक लगानीमा राम्रो प्रतिपफ्ल प्राप्त हुने समय रहेको छ । दाजुभाई तथा आपफ्न्तहरुसंगको सम्बन्धमा सुधार भई पूर्ण सहयोग प्राप्त हुनेछ । लक्ष्मीप्राप्तिको योग बनेकोले आर्थिक उपार्जनको क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ । हजुर धनु राशि हुने ब्यक्तिले ग्रहणलाई आवश्यक सावधानी अपनाएर दर्शन गर्न सक्नुहुनेछ साथै शुभ पफ्ल प्राप्तिका लागि ग्रहणकालमा उपायहरु समेत गर्न सक्नुहुनेछ । 
अर्को राशि रहेको छ मकर – मकर राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट द्वितीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आर्थिक समस्या, अचानक धन हानीको अवस्था, गरिरहेको ब्यापार ब्यावशाय तथा आन्दानीको श्रोतमा समस्या, सर्टटर्म लगानीमा धोका तथा हरेक कुराहरुमा प्राय क्षति बेहोर्नुपर्ने देखिएको छ । कुटुम्ब पक्ष तथा आपफ्न्त इष्टमित्रहरु संगको सम्बन्धमा मन–मुटावको स्थिति बन्नेछ । बोलीको प्रभाव नकारात्मक आउनेछ अर्थात बोल्दा विचार पुर्यार बोल्नुहोला । घांटी सम्बन्धि समस्या आउन सक्नेछ । शेयरमा लगानी गर्नेहरुको लागि यो समय पहिचान गर्न गारो छ अथवा लोभ्यायर ठुलो नोक्सानी दिन सक्छ त्यसकारण आवेशमा आएर लगानी नगर्नु बुद्धिमानी हुनेछ । कसैलाई पनि विश्वास गरेर धन दिनुभएका पिर्फ्ता नहुन सक्ने भएकोले हजुरले ब्याजको लोभमा परेर वा पेवा पातो लाई सुटुक्क बाहिर गर्नु भएको लगानीले गृहकलह तथा लगानी डुब्ने सम्भावना बलियो भएकोले कृपया विचार गर्नुहोला । यो प्रभावलाई न्यूनिकरण गर्नको लागि ग्रहणको समयमा उपायहरु गर्न सक्नुहुनेछ सार्थ भफ्क्कुेर पनि ग्रहण नहेर्नुहुनको लागि पनि हजुरलाइ सुभफव दिएका छौं । 
अर्को राशि रहेको छ कुम्भ – कुम्भ राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको राशिबाट प्रथम भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसमस्याहरु दिनेछ । शारीरिक रुपमा कमजोर बनाउनेछ भने बौद्धिक क्षमतामा समेत ह्रास आउनेछ । अनेक किसिमका रोगहरुले दुख दिन सक्नेछन् भने मानसिक रुपमा समेत कमजोर महशुष गर्नुहुनेछ । श्रीमान् तथा श्रीमती विचमा तनाव तथा स्वास्थ्यमा समेत समस्या आउन सक्ने देखिएको छ । कुनै लगानी वा ठूला कार्यहरु आंट्नुभएको छ भने कृपया धेरै विचार गर्नुहोला यतिवेला अनावश्यक लगानीमा मन जाने तथा क्षती समेत बेहोर्नुपर्ने स्थिति बन्न सक्छ । हजुर कुम्भ राशिका जातकले कृपया यसपालीको ग्रहणलाई नहेर्नुहोला साथै यो ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ । उपायको लागि कृपया अन्तिमसम्म संगै रहनुहोला ।
अन्तिम राशि रहेको छ मीन – मीन राशि हुने जातकका लागि आगामि ग्रहणको प्रभाव हजुरको राशिबाट द्वादश भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आम्दानी भन्दा खर्च बढी गराउनेछ । यो समयको लगानीले हजुरलाई सपफ्लता दिनेछैन त्यसकारण लगानी नगर्नु नै वेश हुनेछ । खर्चमा मितव्ययीता अपनाएर यो समयको प्रभावलाई ब्यालेन्समा राख्नुहोला । यो समयमा शत्रुहरु समेत हावी हुनसक्ने भएकोले कुनैपनि विवाद तथा भफ्मेलामा समेत नपफ्स्नुहोला । यो समयमा धार्मिक यात्राको अवसर तथा सत्सङ्गको अवसर समेत मिल्न सक्नेछ साथै गूरुदीक्षा तथा गुरु निर्देशनमा अघि बढ्नु भएमा अध्यात्मिक लाभ प्राप्त गर्न सक्नुहुनेछ । यो समयले विदेशका केही रोकिएका कामहरुलाई खुलाएपनि घर–परिवार अथवा गृहस्थि जिवनमा भने अनेक प्रकारका समस्याहरु दिनेछन् । हजुर मीन राशि हुने ब्यक्तिले यो ग्रहणलाई नहेर्नुहोला साथै यसबाट पर्ने अशुभ प्रभावलाई कम गर्न तथा शुभ पफ्लमा बृद्धि गराउनको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ । 
यो खग्रास चन्द्रग्रहणको अशुभ प्रभावबाट बच्नको लागि यहांहरु हरेक राशिका जातकहरुले ग्रहण शुरु हुनभन्दा ९ घण्टा अगाडि देखि नै सुतककाल लाई बार्नुहोला अथवा सुतककालमा समेत नियमलाई पालना गर्नुहोला । यो समयमा भोजन तथा अन्य कार्यहरु समेत निषेध गरिएको छ । ग्रहणको अवधिमा सुत्न नहुने , खान नहुने, मलमूत्र त्याग गर्न नहुने, मैथुनादि कर्म गर्न नहुने, शरीरमा तेल घस्ने वा बुकुवा लगाउने आदि गर्न नहुने आदि जस्ता नियमहरुलाई पालना गर्नुहोला । ग्रहणकालमा गुरुमन्त्र जप, गायत्रीमन्त्र जप, इष्टमन्त्रजप, ग्रहणको विशेष हवन, गंगास्नान, गोदान, सिद्धान्न दान, दुखि गरिब असहायलाई सहयोग आदि कार्यहरु गर्नु राम्रो मानिन्छ । यसपालीको ग्रहण विशेष गरि कुम्भ राशि (शतभिषा तथा पूर्वभाद्रपद नक्षत्र) का जातकहरुको लागि एकदमै सावधानी पूर्वक ग्रहणका सवै नियमलाई पालना तथा दान पुण्य समेतका कार्यहरु गरेर अशुभ प्रभावबाट बच्न सकिन्छ । साथै ग्रहण हेर्नका लागि राम्रो रहेका राशिहरुले समेत ग्रहणलाई हेर्दा खुल्ला आंखाले नहेर्न अथवा कुनै भांडो वर्तनमा पानी राखेर ग्रहणलाई हेर्नुहुन वा सेपफ््टी चस्माको प्रयोग गरेर हेर्नको लागि पनि सुभफब दिइन्छ । 
दर्शकवृन्द हजुरलाई यो सामग्री कस्तो लाग्यो ? यदि राम्रो लाग्यो भने कृपया हामीलाई पफ्लो गर्न नभुल्नुहोला । साथै हामीलाई टिकटकमा समेत ज्योतिष सेवा सदन भनेर खोजी गर्नुभएमा सजिलै भेट्न सक्नुहुनेछ । अन्तिमसम्म संगै रहनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै धेरै धेरै आशिर्वादको साथमा यो सामग्रीबाट म एष्ट्रोलोजर प्रेमानन्द शास्त्री विदा माग्छु । जयश्रीकृष्ण, प्रणाम ।। राधे राधे ।।

2025-07-15

सामुहिक पूजा सम्बन्धि जानकारी ।

सामुहिक कालशर्प शान्ति पूजा कार्यक्रम २०८२

जयश्रीकृष्ण, प्रणाम् ।।

यदि हजुरकाे जन्मकुण्डलीमा कालशर्पदेाष, पितृदाेष, ग्रहणदाेष, विषदाेष, अङ्गारकदेाष, शनिमङ्गलदाेष, माङ्गलिकदाेष, बैधब्यदाेष तथा राहु केतु जनित हरेक दाेषहरू बनेका छन् र सवै कुरामा तनाब भाेगिरहनु भएकाे छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दाेषबाट छुटकारा पाउन सकिन्छ । यहि अागामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि कालशर्पदाेष काे निवारणका लागि सामिहिक शान्ति पूजाकाे अायाेजना गरिएकाेले सिट सिमित भएकाे हुंदा यथासक्य छिटाे सम्पर्क गरि नाम दर्ता गराइ अाफ्नाे स्थान सुरक्षित गराउनुहाेला । साथै जन्मकुण्डलीमा कालशर्प देाष छ कि छैन भनेर जान्नकाे लागि तथा सम्पूर्ण कुण्डली परामर्शकाे लागि ज्याेतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्याेतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । अागामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेकाे छ । 

अायाेजक - ज्याेतिष सेवा सदन

पूजा हुने मिति - २०८२ श्रावण १३ गते ( नागपञ्चमीकाे दिन)

सम्पर्क मिति - २०८२ श्रावण ९ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।

पूजा स्थान - श्री१०८ काेटीहाेम हवन कुण्ड स्थल (श्रीपञ्चकन्या माता मन्दिर)

                रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।

सम्कर्क नं. - 9865482777 / 9845026095

Whatsapp No. +9779855062999/ +971506802475