Horoscope
( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि :- मेष राशि हुने तपाइंकाे लागि बर्ष 2024 समग्रमा खुशी र सफलता लिएर अाउंदै छ। तपाइंकाे राशि स्वामि ग्रह मङ्गल बर्षकाे शुरूवातमा भाग्यस्थानमा सूर्यदेवकाे साथमा गुरू बृहस्पतिकाे राशिमा गाेचर गर्दैछन् जसकाे कारण तपाइंलाइ भाग्याेदयकाे याेग बनेकाे छ । समाजमा मान सम्मान तथा उचाइ बढ्नेछ । नयां कामकाे अवसरहरू प्राप्त हुनेछन्।देश -विदेश यात्राकाे अवसर प्राप्त हुनेछ । नाेकरीमा पदेान्नतिकाे अवसर प्राप्त हुनेछ ।ब्यापारमा उन्नति प्रगतीकाे याेग बनेकाे छ। स्वास्थ्यमा अाएकाे समस्या क्रमिक सुधार हुनेछ ।गुरू बृहस्पति मेष राशिमा नै विचरण गर्दै बर्षकाे शुरूवात संगै नयां ब्यापार ब्यावशाय तथा अाय अार्जनकाे लागि अवसरहरू जुटाइदिनुहुनेछ ।अार्थिक उन्नतिकाे याेग नै बनेकाे छ। तपाइंले बर्षकाे शुरूवातबाट नै अवसरलाइ चिनेर सदुपयाेग गर्न सक्नुभएमा जिवनकाे कर्मक्षेत्रमा एउटा नयां बाटाे शुरू हुनेछ र त्याे मार्ग सफलताले पार गर्न सक्नुुहुनेछ । याे वर्ष तपाइंले खर्च गर्न भने डराउनु पर्नेछ किनकी मजाले कमाउनु हुनेछ तर खर्च अत्याधिक हुनाले बचत गर्न गाराे पर्नेछ । राहु द्वादश भावमा भएकाे कारण हातमा पैसा अडिन गाराे पर्नेछ त्यसकाे लागि राहुकाे उपाय गर्न सक्नुहुनेछ ।याे साल तपाइंकाे प्रेम जिवनमा भने ठुलै परीक्षाकाे समना गर्नु पर्ला यदि सत्य प्रेम गर्नुभएकाे छ भने सफल हुनेछ अन्यथा शनिदेवकाे पूर्ण दृष्टि लग्नलाइ हुंदा र सप्तमेश अाठाैं घरमा बसेकाे स्थितिलाइ मूल्याङ्कन गर्दा प्रेम जिवनमा यदि यथार्थता छ भने पूर्ण सफल हुनुहुनेछ। बिबाहकाे याेग समेत बनेकाे छ । एकादश भावमा शनिदेवकाे गाेचरकै कारणले गर्दा नाेकरीमा स्थायित्व हुने पदाेन्नति हुने वा नयां अवसर प्राप्त हुने याेग बनेकाे छ ।बिद्यार्थी जिवनमा हुनुहुन्छ भने पढाइमा राम्राे प्रगति हुने र राम्राे सफलता प्राप्त गर्न सक्नुहुनेछ अझ लग्नमा बिराजमान देवगुरू बृहस्पतिकाे कारणले विद्या बुद्धिमा निखार ल्याउने, बाेलेकाे कुरा पुरा हुने, पण्डित बन्ने याेग बनेकाे छ।समग्रमा भन्नुपर्दा मेष राशि हुने तपाइंलाइ धेरै कुरामा याे साल राम्राे हुंदाहुंदै पनि अार्थिक उतार-चढावकाे सामना गर्नुपर्ला, ब्यर्थकाे खर्चले कमाएकाे धन नष्ट हाेला, स्वास्थ्यकाे हिसावले त्यत्ति राम्राे नहाेला। राहु केतुकाे प्रभावले गर्दा घर परिवारमा त्यत्ति राम्राे नहाेला, माता -पिताकाे स्वास्थ्यमा समेत समस्या अाउनेछ । नकारात्मक उर्जाले तपाइंकाे शरिरमा दुख दिनेछ। ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीका अनुसार राहु केतु तथा शनि शान्ति गरेर सत्कर्म गर्नुभएमा भाग्याेदय समेत हुनेछ त्यसकारण कस्ताे बन्ने अथवा समयलाइ कस्ताे बनाउने भन्ने कुराकाे निर्णय तपाइं अाफ्नै हातमा रहेकाे छ । कार्यहरू अधुरा भएमा वा भनेजस्ताे काम नबन्ने , अार्थिक हिनामिना हुने तथा शरिरमा नकारात्मक प्रभावले दुख दिने अादि भएमा ज्याेतिषिय उपाय ग्रहदान, जप, हवन यज्ञ , साधना तथा अनुष्ठान अादि गर्नुहाेला । यदि थप परामर्शकाे खांचाे परेमा ज्याेतिष सेवा सदनमा सम्पर्क गर्न समेत सक्नुहुनेछ । याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बृष राशि : - बृष राशि हुने तपाइंकाे राशिका स्वामि शुक्रग्रह लग्नेश भएर सप्तम स्थानमा याे सालकाे शुरवाट नै गाेचर गर्देैछन् जसकाे कारण यदि विवाह भएकाे छैन भने बिबाहकाे याेग बनेकाे छ, बिबाह भैसकेका जातकहरूकाे लागि गृहस्थी सुख प्राप्त हुनेछ, प्रेममा सफलता प्राप्त हाेला, श्रीमतीकाे भाग्य चम्कने बेला अाएकाे छ जसकाे कारण तपाइंका अाफ्ना अधुरा कार्यहरूमा समेत सफलता प्राप्त हुनसक्नेछ।देवगुरू बृहस्पति साल 2024 काे शुरूवात वाट नै द्वादश भावमा गाेचर गर्नेछन् जसकाे कारण खर्चमा बढाेत्तरी वा फजुल खर्च बढ्नेछ ।तर पनि धर्म-कर्म तथा शुभकार्यहरूमा समय ब्यतित हुनेछ ।मइ महिनाकाे शुरूवातबाट बृहस्पति तपाइंकाे राशिमा नै गाेचर गर्नेछन् त्यसपछी धेरै नकारात्मक समस्याहरू कम हुनेछन् तर स्वास्थ्यमा भने गडबडी अाएनेछ । सालभरी नै शनिदेवले कारक भएर दशाैं भावमा गाेचर गर्नेछन् जसकाे कारण तपाइंले धेरै मेहेनत परिश्रम गर्नुपर्नेछ । तर कर्म राम्राे गर्न सक्नुभयाे भने साेचेभन्दा राम्राे प्रतिफल समेत प्राप्त हुने याेग बनेकाे छ। याे साल भाग्य र कर्मकाे समेत सम्बन्ध बनेकाे कारणले याे संयाेगले राजयाेग काे फल मिल्नेछ र यसले गर्दा क्यारियरमा सुधार हुनेछ। याे साल तपाइंकाे सामाजिक लाेकप्रियता बढ्नेछ भने मनमा लागेका इन्छा चाहनाहरू पूरा हुने वर्षकाे रूपमा पनि हेर्न सकिन्छ। तपाइंकाे अात्मविश्वास र मन पनि बलियाे हुनेछ । प्रेम सम्बन्धमा भने यस बर्ष अासातीत सफलता पाउन सकिंदैन। विद्यार्थीवर्गकाे लागि पढाइमा समस्या अाउनेछ। ब्यापारिक वर्गकाे लागि भने अार्थिक स्थित मजबूत हुनेछ ब्यावहारमा सजिलेा हुनेछ ब्यापारिक लाभ मिल्ने समय छ तर मन अस्थिर भइ स्थान परिवर्तन काे सम्भावना पनि बलियाे रहेकाे छ।याे सालमा ग्रहकाे याेगले गुप्तधन अाउने अथवा नसाेचेकाे सम्पत्ति प्राप्त हुने बलियाे याेग समेत बनेकाे छ । यस बर्ष माता-पिताकाे स्वास्थ्यमा भने समस्याकाे सामना गर्नुपर्ने देखिन्छ। जिवनसाथीकाे स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ भने ससुराल तथा माइती पक्षमा समेत समस्याहरू बढ्नेछन्। बर्षकाे शुरूवाति समयमा भने अष्टम भावमा मंगल र सूर्यकाे गाेचरका कारण स्वास्थ्यमा समस्याहरू अाउनेछन् । सालकाे अाधाबाट बिस्तारै सुधार हुंदै जानेछ। समग्रमा बृपराशिकाे लागि याे साल राम्राे भन्नुपर्छ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि:- मिथुन राशि हुने तपाइंकाे राशिका स्वामिग्रह बुध हुन् भने यस वर्षकाे शुरूवाती समय तपाइंकाे लागि धेरै कुरामा अनुकूल रहनेछ । गुरू बृहस्पति एकादश भावमा बसेर धेरै कुरामा उच्च सफलता समेत दिनेछन्। अार्थिक रूपले भन्नुपर्दा धेरै राम्राे समय मान्न सकिन्छ । प्रेम सम्वन्धमा सफलता प्राप्त हाेला। बिबाहित गृहस्थ जातककाे लागि भने श्रीमान वा श्रीमतीकाे स्वास्थ्यमा अचानक समस्या अाउने, गृहस्थ जिवनमा उतार चढाब, मन मुटाब समेत अाउनेछ तर बृहस्पतिकाे प्रभावका कारणले बिग्रन भने दिने छैनन्। शनिदेवले भाग्यस्थानमा गाेचर गर्दैछन् जसकाे कारण भाग्याेदयकाे याेग समेत बलियाे छ। राेकिएका कार्यहरू खुल्नेछन्, कामहरू बन्दै जानेछन् । समाजमा तपाइंकाे छबि राम्राे हुनेछ। मुद्दा मामिलामा जित हुनेछ। शत्रुहरू परास्त हुनेछन् । याे साल तपाइंकाे शरिर स्वास्थ्यमा भने उल्झन अथवन समस्याहरू अाउनेछन्। स्वास प्रश्वास सम्वन्धि समस्या, दम , रूघा खाेकी अादिले सताउनेछ। बर्षकाे शुरूवातमा सूर्य र मङ्गल ग्रह सप्तम स्थानमा गाेचर गर्ने भएकाेले पारिवारिक जिवनमा भने अशान्ति नै रहनेछ साथै ब्यापार ब्यावशायमा समेत निकै उतार-चढावकाे स्थिति श्रृजना हुनेछ।देवगुरू बृहस्पति काे दृष्टि पञ्चमभावमा पर्नाले माया प्रेमकाे क्षेत्रमा राम्राे हुनेछ यदि कसैकाे प्रेममा पर्नुभएकाे छ भने याे साल बिबाह हुनेछ। शेयर मार्केटमा उतार चढाव कायम रहनेछ जसकाे कारण केही हानी समेत बेहाेर्नुपर्ने हुन सक्छ। बिद्यार्थीवर्गकाे लागि वर्षकाे शुरूवाती समय नराम्राे भएतापनि मार्च देखि अक्टुवरकाे विचकाे समयमा भने सफलता प्राप्त हाेला।चाैंथाे भावमा केतुले गाेचर गर्ने भएकाेले त्यसकाे असर पढाइकाे क्षेत्रमा समेत पर्नेछ। अासातित सफलता भने विद्यार्थीकाे लागि मुस्किल रहनेछ। माता -पिताकाे स्वास्थ्यमा समेत खरावी अाउनेछ। घर-परिवारमा वाद-विवाद, अंश प्राेपर्टी वा सम्पत्ति सम्वन्धि बिवाद बढ्नेछ। बैबाहिक गृहस्थ जिवनमा पनि मन-मुटाव तथा झगडाकाे स्थिति बन्नेछ। परिवारसंग संयमित भएर सम्वन्धलाइ सुमधुर बनाउने प्रयास गर्नुहाेला।बैदेशिक ब्यापारमा सफलता प्राप्त हुनेछ। बिदेश जानकाे लागि नयां अवसरहरू अाउनेछन् र सजिलै विदेश जान सकिनेछ। स्वास्थ्यकाे हिसावले याे वर्षकाे शुरूवाती समयमा निकै साबधानी अपनाउनु पर्ला। पेट मुटु, छातीमा समस्या बन्नेछ साथै नकारात्मक प्रभावले समेत सताउनेछ। शरिर भारी हुने अालश्यता बढ्ने, मन अस्थिर रहने जस्ता विकारहरू शरिरले बताउनेछ । अांखामा समेत समस्या बन्ने प्रवल सम्भावना रहेकाे छ। दम पेट मुटु सम्वन्धी पुरानेा राेगी हुनुहुन्छ भने ज्यादै ध्यान दिनुपर्ने हुन्छ।शरिरमा कुनै अप्रेशन अादिकाे समेत स्थिति बन्ने देखिएकाे छ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि :- कर्कट राशि हुने तपाइंकाे लागि बर्ष 2024 मध्यम खालकाे समय लिएर अाएकाे छ। सालकाे शुरूवातमा गुरू बृहस्पति दशम भावमा गाेचर गर्ने भएकाेले तपाइंकाे परिवारमा भएकाे मन-मुटाव छ भने अव विस्तारै ठीक हुनेछ ।राेजगारीकाे लागि नयां नयां अवसरहरू अाउनेछन्। पदेान्नतिकाे अवसर प्राप्त हुनेछ।मइ महिनाकाे शुरूवात संगै देवगुरूकाे अनुग्रहले अाम्दानीकाे बढाेतरी हुने छ । ब्यापार ब्यावशायमा लाभ हुनेछ। ब्यापारमा नयां अवसर प्राप्त हुनेछ। धर्म-कर्ममा मन जानेछ, धार्मिक कार्यक्रमहरूकाे अवसर प्राप्त हुनेछ। धर्मस्थानमा राहुकाे गाेचरका कारण तपाइंलाइ ठूलै तीर्थ वा धामहरूमा दर्शनकाे अवसर प्राप्त हुनेछ। बैदेशिक भ्रमणकाे अवसर प्राप्त हुनेछ। बैदेशिक राेजगारीमा जांदै हुनुहुन्छ भने याे वर्ष राम्राे अवसरका साथ यात्रा सफल रहनेछ।शुक्र र बुध ग्रहकाे पञ्चम भावकाे गाेचर सालकाे शुरूमा नै देखिएकाे छ जसकाे कारण प्रेम सम्वन्ध मजवुत हुनेछ, प्रेममा सफल हुनुहुनेछ साथै अार्थिक पाटाेमा समेत यसले सुधार ल्याउनेछ। याे वर्ष सत्रुकाे भने समना गर्नुपर्ला। मुद्दा-मामिला झुट्टा अाराेपहरू लाग्नेछन्, शत्रु पक्ष निकै सक्रिय रहनाले केही तनावकाे स्थिति श्रृजना हुनेछ। राजनितीमा लाग्नुभएकाे छ भने पद प्रतिष्ठाकाे सम्भावना बढेकाे छ। शनिदेवकाे गाेचर अष्टम स्थानमा हुनाले स्वास्थ्य क्षेत्रमा समस्या अाउनेछ, स्वास्थ्यमा निकै सावधानी अपनाउनु पर्ला र खर्चमा पनि याे साल कन्ट्राेल गर्नु भएन भने अाम्दानी भन्दा खर्च नै बढी हुनेछ।शनिदेवकाे दृष्टि दशम भावमा समेत रहनाले कर्मक्षेत्रमा कामकाे दवाव निकै रहनेछ। शारिरीक दुख परिश्रम धेरै गर्नु पर्नेछ। राेजगारीकाे क्षेत्रमा स्थानान्तरणकाे सरूवाकाे स्थिति बनेकाे छ। तर पनि अचानक प्रमाेशन मिल्न सक्छ भने कुनै उच्च सम्मान वा अचानक पुरस्कार, चिठ्ठा, वा अचानक धन समेत अाउने याेग बनेकाे छ।मइकाे शुरूवातबाट गुरू बृहस्पतिकाे कृपाले धेरै कुराहरूमा सफलता प्राप्त गर्नुहुनेछ र धनप्राप्तीकाे अवसर समेत यसै समयबाट शुरू हुनेछ।बिद्यार्थीवर्गकाे लागि याे बर्ष उल्लेख्य प्रगती हुने देखिएकाे छ। मइ महिनापछिकाे समय विद्याक्षेत्रमा सफलता प्राप्त हुने देखिएकाे छ।लाेक सेवा अायाेग लगायतका परीक्षाहरूमा सरिक हुनेहरूका लागि याे वर्ष वरदान सावित हुन सक्छ। परिवारमा माता-पिता तथा भाइ बहिनीहरूलाइ समस्या अाउन सक्छ। माता-पिताकाे स्वास्थ्यमा जटिलता तथा अचानक समस्या अाउनाले पारिवारिक तनाव बढ्न सक्छ। बिशेषगरि पिताजीकाे स्वास्थ्यमा भने निकै ध्यान दिनुपर्नेछ।अप्रिल मइ र जुन महिनामा विशेष गरि हरेक कुरामा सावधानी अपनाउनुहाेला। बैबाहिक जिवनमा वर्षकाे शुरूवातमा तनावकाे स्थिति बन्नसक्ला तर पनि वर्षकाे मध्यतिरवाट सुधार भएर अनुकूल स्थिति रहनेछ। ब्यापारमा उतार-चढावकाे स्थिति रहनेछ। समुन्द्रपारीकाे ब्यापारमा उल्लेख्य लाभ रहनेछ। शारिरीक समस्या बढ्नाले याे सालमा काम-काजमा समेत केही बाधा हुने देखिन्छ त्यसकारण अाफ्नाे स्वास्थ्यमा भने खेलवाड नगर्नुहाेला।ग्रहहरूकाे पीडा कम गर्दै कार्य सफलताकाे लागि ग्रहहरूकाे उपाय शान्ति-स्वस्ति, अनु्ष्ठान, साधना, जप , शनिमहामृत्युञ्जय पाठ, पारायण अादि गरेर शान्ति प्राप्त गरि सफल बन्न सक्नुहुनेछ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि :- सिंह राशि हुने तपाइंकाे लागि याे साल भाग्य चम्काउने याेग लिएर ग्रहहरूले गाेचर चरेका छन्। देवगुरू बृहस्पति बर्षकाे शुरूवाट नै नवम भावमा भाग्य चम्काउने याेग बनाएका छन् साथै तपाइंकाे निर्णय क्षमतामा बृद्धि गर्दै ब्यक्तित्व बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। साथै ब्यापारिक वर्गका लागि सफलता प्राप्त हुने याेग बनेकाे छ। ब्यापारमा बृद्धि गर्न, स्थानान्तरण गर्न र ब्यापारकाे क्षेत्र बढाउनकाे लागि अत्यन्तै राम्राे समय अाएकाे छ। याे सालभरी शनिदेवले सप्तम भावमा गाेचर गर्नेछन् जसकाे कारण बैबाहिक जिवनमा मजवुती समेत ल्याउनेछ। बिबाह नभएका जातकहरूकाे बिबाहमा भने रूकावट तथा केही ढीलासुस्ती वा झमेला समेत पर्न सक्ने देखिन्छ। याे वर्ष वैदेशिक राेजगारमा जान चाहनुहुन्छ भने त्याे अवसर समेत प्राप्त हुने देखिन्छ। याे वर्ष अन्य लामाे यात्रा समेतकाे याेग बनेकाे छ। याे साल धार्मिक कार्यमा समेत रूची बढ्नेछ ।धार्मिक उत्सव पाठपूजा अादिकाे याेग बनेकाे छ।माता पितासंगकाे सम्बन्धमा समेत याे साल सुधार हुनेछ। राहु अष्टम भावमा गाेचर गर्ने भएकाले याे सालभरी तपाइंलाइ स्वास्थ्य सम्बन्धी समस्या अाइपर्न सक्नेछ।स्वास्थ्यमा धेरै सावधानी अपनाउनुहाेला। विशेषगरी नशा सम्बन्धी समस्या, बाथराेग, चिसाेकाे समस्या, गुप्लाङ्ग सम्बन्धी समस्या अादिले सताउन सक्छ।राेजगारीकाे क्षेत्रमा सफलता मिल्ने याेग बनेकाे छ। विद्यार्थीवर्गकाे लागि भने वर्षकाे शुरूवातमा राम्राे रहेकाे छैन धेरै मेहनत गर्दा पनि अाशातित सफलता भने नमिल्नाले विद्यार्थीलाइ अलि तनाव हुन सक्छ।बैबाहिक जिवनकाे लागि केही गडवडी अाउने हुनाले सावधानी अपनाउनुपर्ला, जिवनसाथीवाट समेत केही तनाव वा मन विग्रन सक्ने याेग बनेकाे छ।अष्टम भावकाे राहुले नै ब्यर्थ खर्च समेत गराउने भएकाेले अाम्दानीकाे क्षेत्रलाइ विचार गर्दै वढाउंदा राम्राे हुनेछ।साताैं र अाठाैं भावमा भएका ग्रह गाेचरकाे कारण याे साल तपाइंलाइ अचानक नै स्वास्थ्यमा समस्या अाउनेछ कृपया अाफ्नाे ख्याल राख्दै काममा समेत ध्यान पुर्याउनुहाेला। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि :- कन्या राशि हुने तपाइंकाे लागि साल 2024 उतार-चढाव राम्राे-नराम्रेा हुंदै मिश्रित फल दिनेवाला रहनेछ। तपाइंकाे राशिबाट शनिदेवले छैटाैं भावमा वसेर अष्टम तथा द्वादश भावलाइ समेत पूर्ण रूपले दृष्टि दिने भएकाेले तपाइंले अाफ्नाे स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ला। सन्तुलित अाहार विहार तथा अनुशासित जिवनशैली अनि शुद्ध शाकाहारी भाेजन साथै असल कर्मले तपाइंलाइ शनिदेवकाे पीडाबाट मुक्ति मिल्न सजिलाे हुनेछ। वेराेजगारी हुनुहुन्छ भने शनिदेवले तपाइंलाइ राेजगारीकाे अवसर प्रदान गर्दै हुनुहुन्छ। वैदेशिक राेजगार मा जान चाहनेहरूकाे लागि पनि राम्राे समय अाएकाे छ समयले सकारात्मक सन्देश दिनेछ। सालकाे शुरूवात देखि मइ महिना सम्मकाे समय भने गुरू बृहस्पति अष्टम भावमा गाेचर गर्नुहुने भएकाेले बिशेष खर्चमा ध्यान दिनु पर्ला किनकी अनावश्यक खर्च, चुहावट, चाेरी अादि हुन सक्छ। मइ महिनाकाे पश्चात् भने गुरू बृहस्पतिकाे गाेचर भाग्यस्थानमा हुनाले धेरै कुरामा राम्राे फल प्राप्त हुनेछ। सन्तानलाभकाे समय अाएकाे छ।राेकिएका सवै कामहरू त्यसपछी खुल्नेछन् ।बिद्यार्थीहरूकाे लागि राम्राे समय रहनेछ। ब्यापारीक वर्गकाे लागि समेत वर्षकाे उत्तरार्धतिर मजाले सफलता मिल्नेछ।राहु सप्तम भावमा गाेचरमा वर्षभरी नै रहनाले ब्यापारमा सावधानी अपनाउनुपर्ला अझ बिशेष गरी साझेदारी ब्यावशाय गर्नुभएकाे छ भने हानी नाेक्सानी तथा मनमुटावकाे स्थिति सामना गर्नुपर्ला। पारिवारिक जिवनमा तनाव उत्पन्न हुनेछ। श्रीमान् श्रीमती बिचकाे मतभेदका कारण पारिवारिक स्थिति तनावमय बन्न सक्ला। याे साल बिबाहकाे लागि राम्राे समय छैन र विवाहीत दम्पत्तिका लागि समेत साल 2024 त्यत्ति राम्राे देखिंदैन। प्रेम जिवनमा हुनुहुन्छ भने प्रेमिकासंग बाेल्दा पनि सचेत रहनुहाेला विचैमा सम्बन्ध टुुट्न सक्छ।ब्यापारिक बर्गका जातकहरूले नयां ब्यापारमा शुरू गर्नु खतरनाक पनि हुन सक्छ धेरै साेच विचार गरेर मात्र ब्यापारिक कार्यमा अघि बढ्नुहाेला।बिद्यार्थीहरूकाे लागि याे साल राम्राे भन्न सकिन्छ , लाेक सेवा अायाेग जस्ता प्रतियाेगितात्मक परीक्षाहरूमा सफल हुन सक्ने याेग बनेकाे छ। पारिवारिक जिवनकाे कुरा गर्नु पर्दा तपाइंलाइ बर्षकाे शुरूवाती समयमा उतार-चढाव भएतापनि उत्तरार्धमा भने सम्वन्धमा सुमधुरता अाउनेछ। माताजीकाे स्वास्थ्यमा भने गिरावट अाउने साथै दुख विमारकाे संभावना बढेकाेले माताकाे स्वास्थ्यमा बढी ध्यान दिनुहाेला।दाजुभाइ तथा दिदिबहिनीमा सम्बन्ध सुमधुर हुनेछ। बिबाहकाे लागि साेच्नुभएकाे छ भने याे साल त्यत्ति राम्राे छैन। राहु केतुकाे प्रभावले वैवाहिक जिवनमा समस्या अाउनेछ। षष्ठ तथा अष्टम भाव समेत पिडित हुनाले जिवनसाथीकाे स्वास्थ्य, श्रीमती वा श्रीमानकाे स्वास्थ्यमा बढी ध्यान दिनुहाेला, अप्रेशन चिरफार अादिकाे समेत सम्भावना रहेकाेले खानपान तथा दैनिकीमा ध्यान दिनुहाेला। अार्थिक तथा घरायसी काम कारवाहीमा राम्राे सुधार हुनेछ।तर ब्यर्थकाे खर्चबाट भने जाेगिनुपर्ने हुन्छ। अाफ्नेा स्वास्थ्यमा समेत लापरवाही गर्नुभयाे भने समस्या अाउनेछ त्यसकारण खान-पान र जिवनशैलीमा बिशेष ध्यान दिनुहाेला। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि :- तुला राशी हुने तपाइंकाे लागि साल 2024 कर्ममा बिश्वास, इमान्दारिता तथा मेहनतका साथ ब्यतित हुनेछ। वर्षकाे शुरूवातबाट नै शनिदेव पञ्चम भावमा गाेचर गर्दै सप्तमभाव , एकादश भाव तथा द्वितीय भाव समेतलाइ पूर्ण दृष्टिकाे कारण शनिदेवकाे सर्वेसर्वा वाेलवाला चल्नेछ। तपाइंकाे कर्म अनुसारकाे फल याे सालमा प्राप्त गर्नुहुनेछ। कर्म गर्न जान्नुभयाे भने राजा समान बन्नुहुनेछ भने त्यसकाे विपरीत कर्म राम्रेा नभएमा दुखी बनाउनेछ। बैबाहिक जिवनमा उतार-चढावकाे स्थिति बन्नेछ। संयमित भएर गृहस्थी जिवनलाइ अघि बढाउनुपर्नेछ अन्यथा शनिदेवकाे दृष्टिले समेत बैबाहिक जीवनमा समस्या अाउन सक्छ।नयां प्रेमसम्बन्धमा धाेका हुन सक्छ। याे साल बिबाह गर्नकाे लागि त्यत्ति उत्तम समय नभएकाेले धैर्य गर्नु राम्राे मानिन्छ।साझेदारी ब्यावशाय गर्नेहरूका लागि याे वर्ष पार्टनरहरूसंग मन-मुटावकाे स्थिति अाउनेछ। यद्यपि ब्यापारमा लाभ हुने बर्ष रहेकाेले ब्यापारिक उन्नति प्रगति गर्न सक्षम हुनुहुनेछ। मइकाे शुरूवातबाट देवगुरू बृहस्पति अष्टम भावमा गाेचर गर्ने हुनाले खर्चमा वेस्सरी बढाेत्तरी हुनसक्छ त्यसकारण खर्चलाइ नियन्त्रण गर्नुपर्नेछ अन्यथा मानसिक तनावकाे स्थिति बढाउने सम्मकाे याेग बनेकाे छ। राहुकाे षष्ठम स्थानकाे गाेचरका कारणले तपाइंकाे स्वास्थ्यमा नकारात्मक प्रभाव देखिनेछ, स्वास्थ्यमा उतार-चढाव तथा नकारात्मक शक्तिकाे समेत शरिरमा प्रभाव देखिनेछ। स्वास्थ्यकाे कारणले पनि मानसिक समस्यामा बृद्धि गराउने भएकाेले बिशेष खान-पान, दैनिकी, जीवनशैलीलाइ ध्यान दिंदै अध्यात्मिक मार्गलाइ बुझ्ने काेशिष गर्दै अघाडि बढ्नु राम्रेा मानिनेछ।प्रेम सम्बन्धमा रहनु भएकाे छ भने दाेश्राे भावमा शुक्र बुधकाे सुन्दर युति बनेर गाेचर गरेकाेले प्रेमी - प्रेमिकालाइ बसमा पार्न, मिठाे बाेलेर प्रभाव पार्न सफल हुनुहुनेछ। तर पनि सालभरीकाे लागि भने बिच-बिचमा समस्याहरू समेत प्रशस्त अाउनेवाला छन्।सालकाे उत्तरार्धतिर भने बैबाहिक जीवनमा सुधार अाउने र बिबाहकाे लागि समेत बाटाे खुल्ने देखिन्छ। बेराेजगारीकाे लागि यसपाली गुरू बृहसपति तथा शनिदेवकाे कृपा रहनाले जागिरकाे राेजगारकाे अवसर प्राप्त हुनेछ भने पदेान्नतीकाे समेत प्रचुर सम्भावना बनेकाे छ।मार्च तथा अप्रिलकाे महिनामा भने हरेक कुरामा साबधानी अपनाउनुहाेला। बिद्यार्थीवर्गकाे लागि याे साल त्यत्ति राम्राे छैन धेरै चुनाैतीहरू अाउनेछन् वेस्करी मेहनत गर्नुपर्नेछ तथापि अाशातित रिजल्ट नअाउन सक्छ। तर पनि शनिकाे प्रभाव भएकाे बेलामा ब्यक्तिले कठिन परिश्रम तथा मेहनत गरियाे भने रिजल्ट पनि नसाेचेकाे नै राम्राे समेत हुने देखिन्छ त्यसकारण मेहनत परिश्रममा ध्यान दिनुहाेला। पारिवारिक जीवनकाे लागि दाेश्राे भावमा शुक्र बुधकाे याेग बनेर गाेचर गरेकाले सम्वन्ध सुमधुर हुने तथा मेलमिलापकाे बातावरण बन्नेछ।ब्यापारीवर्गका लागि बर्षकाे शुरूवाती समय अनुकूल रहनेछ भने मध्य वर्षतिर कमजाेर अवस्था रहनेछ।सालकाे उत्तरार्घमा अनेक समस्याहरूकाे सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यकाे हिसाबले भन्नुपर्दा याे वर्ष स्वास्थ्यमा वेला-वेलामा अनेक समस्याहरू अाइ नै रहनेछन्। अाफ्नाे खान-पान तथा जीवनशैलीमा बिशेष ध्यान पुर्याउनुहाेला। साथै ग्रहशान्ति पाठपूजा अादि शान्तिका उपायहरू समेत गरेर समस्याहरूबाट मुक्तिकाे लागि प्रयास गर्नुहाेला। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि :- बृश्चिक राशि हुने तपाइंकाे लागि याे बर्ष राम्राे रहेकाे छ। बर्षकाे शुरूवाती समयमा शुक्र बुधकाे याेग बनेर राशीमा गाेचर गर्दैछन् जसले गर्दा वर्षकाे शुरूवात खुशी उमङ्ग र रमाइलाे बाट नै शुरू हुनेछ। बाेलीकाे प्रभावले सवैलाइ अाफ्नाे बसमा राख्न सक्नुहुनेछ। शत्रुले हार खानेछन् हजुरले बिजय प्राप्त गर्न सक्नुहुनेछ। तपाइंकाे राशि स्वामि मङ्गल ग्रह दाेश्राे स्थानमा सूर्यदेव संग गाेचर गर्दैछन् जसकाे प्रभावले तपाइंकाे अार्थिक सामाजिक पक्षमा उन्नती प्रगती हुनेछ। देवगुरू बृहस्पति अप्रीलकाे अन्तिमसम्म छैटाैंभावमा गाेचर गर्ने भएकाले स्वास्थय सम्वन्धी समस्याहरू बन्नेछन् , खर्च उल्लेख्य रूपमा बृद्धि हुनेछ अनि मुद्दा-मामिलामा समेत परिएला तर पनि जित तपाइंकाे नै हुनेछ।राहु ग्रह याे साल पुरै वर्षभरी पञ्चम भावमा गाेचर गर्नेछन् जसले गर्दा बुद्धिलाइ प्रभावमा पार्ने हुनाले कुनै पनि निर्णय लिंदा गलत हुन सक्छ ध्यान दिनुपर्नेछ, धेरै साेच-विचार गरेर मात्र निर्णय गर्नुपर्छ र हतारमा निर्णय नगर्नुहाेला। प्रेमकाे क्षेत्रमा याे सालकाे शुरूवातीमा केही राम्राे भएतापनि राहुकाे कारण समेतले गर्दा विग्रने भत्कने जे पनि हुनसक्छ त्यसकारण सफल नहुन पनि सक्छ। अप्रील देखि जुन महिनाकाे विचकाे समय मङ्गल राहुकाे साथमा पञ्चम भावमा गाेचर गर्दै अङ्गारक देाषकाे निर्माण गर्ने भएकाेले हरेक कुरामा नकारात्मक प्रभाव पार्नेछन्। याे समयमा भने अार्थिक, सामाजीक, ब्यावहारिक, ब्यापारिक, शिक्षा, राेजगारी लगायतका हरेक क्षेत्रमा सावधानी अपनाउनु पर्नेछ। राेजगारी वा कामकाे बिषयमा तपाइंले पहिलादेखि गरिरहनुभएकाे कार्यलाइ निरन्तरता दिनुहाेला यदि काम-काज वा ब्यापार -ब्यावशायमा परिवर्तन गर्नुभयाे भने हानी-नाेक्सानी बेहाेर्नुपर्ने स्थिति अाउनेछ त्यसकारण पुरानै कामलाइ यथावत राख्नु बेश हाेला। यति गर्दा पनि बिच-बिचमा ग्रहकाे कारणले गर्दा नेाकरि वा काम बदलिन सक्ने सम्भावना बलियाे रहनेछ। तर राेजगारीमा अक्टुवरकाे बिचमा भने पदाेन्नतीकाे समेत सम्भावनाे बलियाे बनेकाे छ। विद्यार्थीकाे लागि याे साल मिश्रित परिणाम दिने खालकाे समय रहेकाे छ।राहुकाे पञ्चम गाेचरलाइ खासमा बिद्या क्षेत्रमा नराम्राे मानिंदैन तरपनि बिषय परिवर्तन वा ग्याप हुने वा कुनै त्यस्तै बाधाकाे कारणले एकपटक अवराेध भने अाउनेछ त्यसपछि पढाइमा सुधार हुनेछ। तरपनि याे वर्षलाइ शिक्षा क्षेत्रकाे बारेमा चुनैातिपूर्ण समय मान्नपर्ने हुन्छ। शनिदेवकाे चतुर्थ भावकाे गाेचरका कारण माताजीकाे स्वास्थयमा समस्या अाउनेछ भने तपाइंलाइ काममा निकै ब्यस्त बनाउनेछ साथै बन्दै गरेकाे घर पूरा हुनेछ, भाैतिक सुख सुबिधा गाडीघाेडा अादि जाेडिने प्रवल याेग समेत बनेकाे छ, पूर्खाैली सम्पत्तीमा भने बिवाद बन्नेछ तथा अंशबण्डा वा त्यस्तै पुरानेा जग्गा-जमिन सम्बन्धी किचलाे समेत बन्ने याेग छ। याे साल तपाइंले नम्र भएर काममा अघि बढ्नुपर्नेछ अन्यता बाेलीकाे कारणले नाता-सम्बन्धीमा प्रतिकूल प्रभाव पार्नेछ।बैबाहिक जिवनमा तपाइंकाे याे साल खास राम्राे देखिएकाे छैन, निकै उतार-चढावकाे स्थिति अाउनेछ, सम्बन्धमा चिसाेपन अाउन सक्छ। वर्षकाे शुरूवाती समय भने ठीक रहेकाे छ तर मध्य तथा उत्तरार्धकाे समयमा बैबाहिक कार्यमा असफलता देखिएकाेले त्याे समयमा विवाह, प्रमेविवाह अादिकाे लागि सावधानी अपनाउनुपर्ला। मइकाे १ तारिखसम्मकाे समय गुरू बृहस्पतिकाे षष्ठ भावमा गाेचर हुने भएकाेले त्यसले समेत बैबाहिक जिवनमा अप्रीय घटना वा विग्रन भत्किन सक्छ भन्ने संकेत दिएकाे छ। याे समयमा सावधानी भइ ग्रहकाे उपाय अादि गरेर अघि बढ्नुभयेा भने त्यसपछीकाे समय अाफैं परिस्थितीमा सुधार हुंदै जानेछ। त्यसपछीकाे समय ब्यापार , उद्याेग, शिक्षा, लागयतका धेरै क्षेत्रमा सफल हुन सक्नुहुनेछ। अार्थिक रूपबाट तपाइंले याे बर्ष समग्रमा उन्नति समेत गर्न सकनुहुनेछ। स्वास्थ्यकाे हिसाबले भन्नुपर्दा तपाइंले निकै ध्यान दिनुपर्नेछ। नशा राेग, बाथ राेग, दम वा स्वाश-प्रश्वासकाे राेग, टाउकाे दुख्ने समस्या तथा घांटी सम्बन्धी समस्या बन्नेछ कृपया खान-पान र जीवनशैलीमा समेत ध्यान पुर्याउनुहाेला। स्वास्थ्यकाे लागि बिशेषरूपमा सालकाे शुरूवाततीर 2-3 महिनाकाे समय भने निकै ख्याल राख्नुपर्ने देखिएकाे छ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि :- धनु राशि हुने तपाइंकाे लागि याे साल धेरै अाशा गर्न सकिने खालकाे समय बनेकाे छ तर सालकाे शुरूवाती समयमा नै सूर्य र मङ्गलकाे युती तपाइंकाे राशिमा नै बनेकाे छ जसकाे कारणले गर्दा धेरै रिस उठ्ने,झर्काे लाग्ने, काममा हतार गरेर काम बिग्रने, छिट्टै अावेशमा अाउने हुनाले ब्यावहारमा दुख पाइन सक्छ। याे युतीले तपाइंकाे ब्यापार-ब्यावशाय तथा निजी जीवनमा समेत नकारात्मक प्रभाव पार्नेवाला छ। याे समयमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनुहाेला अन्यथा गलत हुनसक्छ वा धाेका हुन सक्छ। गुरू बृहस्पति बर्षकाे शुरूवातमा नै पञ्चम भावमा गाेचर गर्ने हुनाले तपाइंकाे प्रेम सम्बन्धमा सुधार हुने, भाग्यमा बृद्धि गराउने, भाग्याेदयकाे अवसर बन्ने, उन्नती प्रगती गर्न सकिने, बाेलीकाे प्रभावले काम बन्न सक्ने तथा धेरै काममा सुधार समेत देख्न सकिने छ। सन्तानभावमा सफलताकाे याेग बनेकाेले सन्तान सुख प्राप्त हुनेछ ।बिद्यार्थीवर्गकाे लागि अाशा गरेजती परिणाम प्राप्त हुनेछ, बिद्याकाे क्षेत्रमा सकारात्मकता अाउने छ। मइकाे १ तारिखबाट गुरू बृहस्पतिले षष्ठ भावमा गाेचर गर्नेछन् जसकाे कारण स्वास्थ्य सम्बन्धी समस्या फेरी बढ्नेछ, स्वास्थ्यमा नयां राेगकाे अागमन हुंदैछ। याे समयमा ब्यापार ब्यावशाय, राेजगारी, अन्य सामाजिक कार्य लगायत गृहस्थी जीवनमा समेत नकारात्मक प्रभाव पर्नेछ अर्थात् धेरै कुरामा उतार-चढावकाे सामना गर्नुपर्नेछ। याे सालमा शनिदेवले पूरा सालभरी तृतीय भावमा गाेचर गर्नेछन् जसकाे कारण तपाइंलाइ काम गर्ने साहस-अांट भने बढ्नेछ।याे समयमा ढीलासुस्ती तथा अालस्यताकाे बृद्धि हुने भएकाेले अालस्याता वा अल्छीपन त्याग गरिदिन सक्नुभयाे भने धेरै कुरामा शनिदेवले सकारात्मक फल दिनुुहुनेछ स्मरण रहाेस् यदि कर्म राम्राे गर्न सक्नुभयाे भने शनिदेवकाे कृपाले राजा समान बन्न सक्नुहुनेछ। राहुग्रह याे साल पूरा समय चाैंथाेभावमा गाेचर गर्नेछन् जसले गर्दा क्यारीयर राेजगारकाे क्षेत्रमा उतार-चढावकाे स्थिति बन्नेछ, माताजीकाे स्वास्थ्यमा गिरावट अाउनेछ।पारिवारीक सम्वन्धमा पनि समस्या तनाव विवाद अाउनेछ। घर-जग्गा जमीन सम्बन्धी झै-झगडा, विवाद, अंशवण्डामा किचलाे अादि अाइपर्न सक्छ। यस्ताे समस्या यदि अाइपरेमा तपाइंले संयमित भएर बाेल्नु हुंदैन किनकी तपाइंकाे राशिमा सूर्य मङ्गलकाे साथमा युती समेत बनेकाे छ।सावधान रहनुहाेला। राेजगारीकाे लागि याे साल त्यत्ति राम्राे छैन, धेरै उतार-चढावकाे समना गर्नुपर्ला, स्थानान्तर हुने, काममा झमेला बढ्ने, संगै काम गर्ने साथीभाइबाट नै असहयाेगकाे कारण समस्या थपिने अादि जस्ता तनावहरूकाे स्थिति बन्नेछ।ब्यापारिक वर्गकाे लागि बर्षकाे शुरूवाती समय एकदम राम्राे रहने, ब्यापक उन्नति प्रगति गर्न सकिने, ब्यापार बृद्धिकाे अवसर अाउने छ भने उत्तरार्धमा सावधान रहनुपर्ला। शुक्र बुधकाे द्वादश भावमा गाेचर हुने भएकाेले खर्चमा बृद्धि भइ धन सञ्चयमा भने समस्या अाउनेछ। तर पनि बृहस्पतिकाे कारणले बर्षकाे शुरूवतदेखि नै केही सन्तुलन भने अाउनेछ किनकी बृहस्पतिकाे उपस्थितीले त्यत्ति धेरै हानी-नाेक्सानी नहुन पनि सक्छ। यही कारणले सालकाे शुरूवातमा नै तपाइंले वेस्सरी धन कमाउन ब्यापारीक सफलता प्राप्त गर्न सकनुहुनेछ जसले सालभरीकाे लागि समेत ब्यालेन्समा राख्न पद्दत गर्नेछ।तर पनि अनावश्यक खर्चबाट बचेर हिंड्नु बुद्धिमानी हुनेछ। स्वास्थ्यकाे हिसावले याे साल मध्यम खालकाे रहनेछ। चतुर्थभावकाे राहु र दशम भावकाे केतुकाे कारणले कुनैपनि राेगकाे संक्रमण जाेखिम भने उच्च रहनेछ, काेराेना लगायतका शरूवा राेगले अाक्रमण गर्नसक्छ धेरै नै ध्यान स्वास्थ्यमा दिनुहाेला। दैनिकी खान-पान तथा जीवनशैलीलाइ राम्राे ब्यावस्थापन गर्दै अगाडि बढाउनुहाेला। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि :- मकर राशि हुने तपाइंकाे लागि साल 2024 ले धेरै कुरामा सकारात्मक रिजल्त लिएर अाउनेछ। तपाइंकाे राशिकाे स्वामिग्रह शनिदेव राशिवाट देाश्राे भावमा गाेचर गर्नेछन् जसकाे कारण यदि कर्म राम्राे गर्नुभयाे भने हरेक कुरामा सफलता साथै धन धान्यले भरिपूर्ण गराउनेछन्। याे सालमा तपाइंले चुनैतीहरूसंग डटेर मुकावला गर्न सक्नुहुनेछ यद्यपि चुनैतीहरूकाे पर्खाल नै खडा हुन सक्नेछन्। याे साल माया प्रमेकाे क्षेत्रमा प्रगाढता अाउनेछ , सफलता प्राप्त हुने देखिएकाे छ। देवगुरू बृहस्पति मइ १ तारिकसम्म चतुर्थ भावमा गाेचर गर्दै पारिवारिक जिवनमा खुशी रमाइलाे प्रदान गर्नुहुनेछ। यही प्रभावले ने नाेकरि राेजगारीकाे क्षेत्रमा समेत सफलता प्राप्त हुनेछ। नयां राेजगारीकाे अवसर प्राप्त हेाला, पदाेन्नतीकाे अवसर समेत बनेकाे छ। वेराेजगार हुनुहुन्छ भने याे वर्ष नेाकरीकाे राम्राे अवसर अाएकाे छ। वैदेशिक राेजगारीमा भने समस्या अाउन सक्छ साबधानि अपनाउनुहेाल। मइ १ तारिक भन्दा पछाडीकाे समय गुरूकाे गाेचर पञ्चम भावमा हुनेछ भने त्यस समयमा समेत पढाइ राेजगारी पुत्रलाभ, पारिवारीक खुशी, नयां कार्यकाे थालनी तथा धनलाभकाे नयां श्राेतहरू समेत प्राप्त हुनेछन्। याे समयमा साझेदारि ब्यावशायमा भने समस्या पनि अाउन सक्नेछ, अरूकाे कुनै पनि काम-काजमा हस्तक्षेप नगर्नुहेाला, अाफ्नै बुद्धिले काममा अघि बढ्न सक्षम हुनुहुनेछ। माया प्रेमकाे क्षेत्रमा वर्षकाे शुरूवाती समय अनुकूल रहेकाे छ भने उत्तरार्धमा तनाव बढ्ने स्थिति देखिएकाे छ। राेजगारीकाे क्षेत्रमा याे बर्ष उच्च सफलता पाउन सक्नुहुनेछ।बिद्यार्थीगर्गकाे लागि याे साल मजाले मेहनत गर्नुहेाला उच्च शिक्षामा समस्या अाउला, वैदेशिक शिक्षाकाे लागि तनावका विच कामभने बन्नेछ, तर समग्रमा मेहनतकाे फल भने पाइनेछ। बैबाहिक जिवनमा केही सावधानी अावश्यक देखिन्छ किनकि सानेा-सानेा कुरामा विचार नमिल्नाके दाम्पत्य सुखमा कमी अाउन सक्छ।स्वास्थ्यकाे हिसाबले याे वर्षलाइ राम्राे मान्न सकिन्छ तर उमेर भएका जातकहरूलाइ पुरानै राेगले भने दुख दिनसक्छ साबधान रहनुहाेला। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुंभ राशि :- कुंभ राशि हुने तपाइंकाे लागि साल 2024 धेरैै कुरा धन धान्य प्राप्त हुने याेग सहित ग्रहहरूले गाेचर गरेका छन्। तपाइंकाे राशिकाे स्वामिग्रह शनिदेव तपाइंकै राशिमा रहेर सालभरी गाेचरमा भ्रमण गर्नेछन अर्थात् यस वर्ष कुंभराशि हुने तपाइंलाइ मध्य सांढेसाती शनि दशा रहनेछ।यदि जन्मकुण्डलीमा शनि शुभ फलदायी छन् र तपाइंले कर्म राम्राे गर्नुभएकाे छ भने शुभ परिणाम प्राप्त हुनेछ, जीवनमा अनुशासन बढ्न सक्छ, हरेक काममा मेहनतका साथ गर्नुहुनेछ, मेहनतकाे फल वा कर्मकाे फल पाउने समय भएकाेले कस्ताे पाउने भन्ने कुरा हजुरकाे अाफ्नै हातमा रहेकाे छ। यदि कुण्डलीमा शनि अशुभ फलदायी छन् भने याे समयमा झुट्टा अाराेपहरू लाग्ने, मानसिक चिन्ता बढ्ने, शरीरमा अालश्य पैदा हुने, काममा ढीलासुस्ती हुने, मान-सम्मानमा चाेट पुग्ने, इज्जतमा दाग लाग्ने, चाेट-पटक वा दुर्घटनाकाे भय हुने, सञ्चित धनकाे नाश गराउने अादि जस्ता फलहरू प्राप्त हुनेछन् त्यसकारण शनिदेवकाे लागि केही उपायहरू गर्दै दैनिक कर्ममा ध्यान दिएमा नराम्राे फल भाेग्नु पर्देैन ।गुरू बृहस्पति मइ १ तारिकसम्म तपाइंकाे राशिवाट तेश्राे स्थानमा गाेचर गर्दैछन् जसले तपाइंलाइ अाम्दानीमा बृद्धी गराउनेछन् भने वैवाहिक जीवनमा समेत अनुकूल समयकाे श्रृजना हुनेछ। ब्यापारमा बृद्धिकाे याेग बनेकाे छ भने भाग्याेदयकाे याेग बनेकाे छ। मइ १ भन्दा पछी गुरू बृहस्पति चतुर्थ भावमा गाेचर गर्ने भएकाेले पारिवारिक सम्वन्धमा विग्रन लागेकाे भएपनि अनुकूल बनाउंदै लान मद्दत मिल्नेछ।सालकाे शुरूवाती समयमा सूर्य र मङ्गलकाे गाेचर युतीकाे कारण प्रेम सम्बन्धमा तनाव बढ्नेछ भने सालकाे उत्तरार्धमा भने अनुकूलता वन्नेछ। राेजगारीकाे क्षेत्रमा तपाइंलाइ राम्रेा सफलता मिल्ने देखिएकाे छ। मेहनत धेरै गर्नुपर्नेछ भने मेहनतकाे फल पनि शनिदेवकाे कारणले मिल्ने समय रहेकाे छ। जसले गर्दा जागीरखाने हरूकाे लागि पदेान्नती समेत दिलाउन सक्नेछ भने वैदेशिक रेाजगारीमा जान चाहनेहरूकाे लागि समेत राम्राे अवसर रहेकाे छ। याे समयमा ब्यापार-ब्यावशायमा समेत राम्राे प्रगती हुने याेग बनेकाे छ। बिद्यार्थी वर्गकाे लागि अालश्यता अल्छिपनले गर्दा पढाइमा समेत अालश्यताक देखिन्छ भने वेस्करि कडा मेहनत गर्नेहरूका लागि भने नराम्राे भन्नु पर्नेछैन।वर्षकाे शरूवातमा पढाइमा विग्रने , खस्किने भएतापनि सालकाे मध्यतिरबाट सुधार हुंदै विद्यामा सफल हुन सकिनेछ।अार्थिक पाटाेमा भन्नुपर्दा याे साल उतार-चढावले भरिएकाे हुनेछ, अार्थिक समस्याहरूसंग वेला-वेलामा जुधेर अगाडि बढ्नु पर्नेछ।बैबाहिक जीवनका लागि पनि उतार-चढावकाे समय भएकाेले विवाहकाे लागि खासै राम्राे देखिएकाे छैन। स्वास्थ्यकाे हिसावले भन्नु पर्दा उल्लेख्य रूपमा सुधार नै देखिन्छ तथापि ढाड, कम्मर दख्ने, हाड जाेर्नीमा समस्या, बाथराेग, तथा चीसाेकाे कारणले अन्य समस्या समेत थपिन सक्ने भएकाेले अाफ्नाे स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहाेला। खानपान तथा जीवनशैलीलाइ सुधार गर्दै निरामिस भाेजन तपाइंकाे लागि स्वास्थ्यमा शुभ फलदायी मानिन्छ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।
( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि :- मीन राशि हुने तपाइंकाे लागि साल 2024 धेरै थप सम्भावना सहित हर्ष र उमङ्ग लिएर अाएकाे छ। याेे सालकाे शुरूवातबाट नै गुरू बृहस्पति दाेश्राे भावमा गाेचर गर्नुहुनेछ जसकाे कारण धनधान्य बृद्धि, सम्वन्धहरूमा सुधार, अायुमा बृद्धि तथा कुटुम्ब पक्षमा राम्राे, नयां ब्यापार ब्यावशाय बृद्धि, बाणीमा सरलता, बाेलीकाे प्रभावले संसार जित्न सक्ने खालकाे समय बनेकाे छ। गुरू बृहस्पति मइ १ तारिकवाट तेश्राे भावमा गाेचर गर्नुहुनेछ जसले गर्दा तपाइंलाइ ब्यापारी, ब्यावशायी, लगानाीकर्ता अादि हुनुहुन्छ भने झन् बढी फाइदा हुनेछ। बिबाह भैसकेका जातकहरूकाे सम्वन्धमा प्रगाढता अाउनेछ, विग्रेकाे सम्बन्धमा समेत सुधार अाउनेछ, बिवाहकाे लागि याेग बनेकाे छ। भाग्यमा बृद्धि तथा भाग्याेदय हुने समय तपाइंलाइ बृहस्पतिकाे कारणले बनेकाे छ। याे साल धार्मिक यज्ञ-अनुष्ठान, धार्मिक भ्रमण तथा धर्म-कर्म सम्बन्धी क्षेत्रमा संलग्न हुनुहुनेछ। शनिदेव पुरा साल द्वादश भावमा गाेचर गर्नुहुनेछ जसकाेे कारण अनावश्यक धन खर्च हुनेछ , याे साल खर्चमा मात्र ध्यान दिनुभयाे भने राम्राे धनार्जन हुने देखिन्छ तर जती कमायाे त्यत्ति नै खर्च हुने स्थिति बन्न सकछ त्यसकारण खर्चलाइ कसरी न्यूनीकरण गर्ने भन्ने साेच तपाइंकाे हुनुपर्नेछ। बैदेशीक राेजगार, बैदेशिक भ्रमण अादिकाे बारेमा साेच बनाउनुभएकाे छ भने याे साल विदेश जाने याेग बनेकाे छ। बैदेशिक शिक्षाकाे लागि जाने बिद्यार्थी हुनुहुन्छ भाे याे साल पश्चिमकाे देशमा जानु अत्याधिक लाभदायक मानिनेछ। बिदेश जाने काममा बाधा झण्झट अादिले जान पाउनुभएकाे छैन भने याे साल ब्याग तैयारी अवस्थामा राख्दा हुने समय बनेकाे छ। याे साल तपाइंकाे राशिमा नै राहुले गाेचर गर्ने हुनाले त्यसकाे प्रभावले गर्दा वैवाहिक जीवनमा उतार-चढाव, समस्या, मन-मुटावकाे स्थिति अादि समेत बन्नेछ। शरिरमा नकारात्मक शक्तिले दुख दिने खालकाे समय बनेकाे छ।कुनै पनि निर्णय लिंदा धेरै साेच-विचार गरेर मात्र लिनुहाेला अन्यथा गलत निर्णयले काम बिग्रन सक्नेछ। याे सालकाे शुरूवात काे समय तपाइंकाे माया-प्रेमकाे क्षेत्रमा केहि सफलता वा राम्राे देखिएतापनि उत्तरार्धतिर भने त्यत्ति प्रगाढता नअाउन सक्छ , प्रेमी-प्रेमिका बिच बाेलचाल कुराकानीमा बाेल्दा सम्यमता अपनाउनु पर्नेछ। पञ्चम भावमा मङ्गलकाे पूर्ण दृष्टी प्रभावकाे कारणले बिद्या, बुद्धि, सन्तान पक्षमा साना-तिना समस्याहरू अाउन सक्नेछन्।सूर्य र मङ्गलकाे युती गाेचरका कारण समेत नाता सम्बन्धीमा मन-मुटावकाे स्थिति बन्न सक्ला। श्रीमान् वा श्रीमतीकाे स्वास्थयमा याे साल समस्या अाउनेछ जसकाे कारण परिवारमा अलि तनावकाे अवस्था वन्न सक्छ। वेराेजगारकाे लागि भने याे साल राेजगारीकाे प्रचुर सम्भावना वाेकेर अाएकाे छ। कर्मचारी वर्गकाे लागि पनि याे साल मान-सम्मान, पदक, पदाेन्नतीकाे प्रचुर सम्भावना वाेकेर अाएकाे छ। बिद्यार्थीवर्गकाे लागि सालकाे शुरूवातमा राम्राे भएतापनि समस्याहरू अाउने र पढाइलाइ कमजाेर पार्ने भएकाेले धेरै मेहनतका साथ पढाइलाइ अगाडि बढाउनु पर्नेछ। पारिवारीक जीवन गृहस्थाश्रमकाे लागि याे साल चुनाैती धेरै अाउने भएकाले सावधानीपूर्वक अघि बढ्नु बेश हुनेछ। स्वास्थ्यकाे क्षेत्रमा तपाइंले याे साल उतार-चढावकाे स्थिति सामना गर्नुपर्नेछ, स्वास्थ्यलाइ ख्याल गर्नकाे लागि खान-पान, जीवनशैली , ब्यावहार अादिलाइ परिवर्तन गरि स्वस्थ बन्ने प्रयास गर्नुहेाल।अांखा, नाक, कान, घांटी र गाेडा मा समस्या तथा अचानक ढाड कम्मर झस्केर समस्या बन्ने जस्ता स्वास्थ्य समस्याहरूकाे सामना गर्नुपर्ने हुनसक्छ। याे राशिफल चन्द्रमाकाे अाधारमा गाेचरकाे ग्रह अवस्थालाइ मात्र मूल्याङ्कन गरि तयार पारिएकाेले सटिक फलादेशकाे लागि जन्मकुण्डलीमा रहेका ग्रहहरूकाे मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यसकारण अाफ्नाे जन्मकुण्डलीकाे अध्ययन याेग्य ज्याेतिषीवाट गराएर मात्र काममा अघि बढ्नुहाेला साथै राशिफलमा जे भनिएता पनि बिशेष उत्साहका साथ कार्य गर्नुहाेला र कर्ममा ध्यान दिंदै राम्राे कर्म गर्न सक्नुभयाे भने कर्मका अाधारमाा भाग्य बन्ने हुनाले भाग्यलाइ देाष नदिइ कर्मलाइ प्राथमिकतामा राख्नुभएमा हरेक मार्गमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस सम्वन्धी कुनै सुझाव सल्लाह तथा सटिक भविष्यवाणी गर्नु परेमा ज्याेतिष सेवा सदनमा ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीजी संग सम्पर्क गर्न सक्नुहुनेछ।