Horoscope
शुक्र राशि परिवर्तन र यसकाे प्रभाव-
अागामी २०८१ साल ज्येष्ठ ४ गते शुक्रबार राती तदनुसार १८ मइ सन् २०२४ दिन बिहान ४ बजेर ५१ मिनेटदेखि दैत्यगुरू शुक्रले बर्तमान अग्नि तत्विय राशि मेष राशिलाइ छाेडेर ज्येष्ठ २९ गते दिउसाे २ बजेर २७ मिनेतसम्मकाे लागि अाफ्नाे राधारण राशि बृषमा प्रवेश गर्दैछन् । शुक्र ग्रहले यसरी राशि परिवर्तन गर्दा समग्र जगत विश्व ब्रम्हाण्डमा नै प्रभाव पर्नेछ र यसले हरेक ब्यक्तिलाइ पनि सकारात्मक वा नकारात्मक कुनै न कुनै असर वा प्रभाव पार्नेछ। ज्याेतिष सेवा सदनका वरिष्ठ ज्याेतिषी ज्याे.पं. प्रेमानन्द शास्त्री (ज्याेतिष गुरू) का अनुसार याे प्रभावले प्रत्येक राशिका जातकहरूलाइ कस्ताे प्रभाव पार्नेछ वा कुन-कुन राशिलाइ याे प्रभावले मालामाल बनाउदैछ ? यसकाे बारेमा अाज याे सामग्रीमा प्रस्तुत गर्नेछाैं।
ज्याेतिषशास्त्रकाे दृष्टिकाेणबाट हेर्दा शुक्र ग्रहलाइ अाकर्षण, दाम्पत्य सुख, साैन्दर्य, भाैतिक सुख सुबिधा, एैश्वर्य, बैभव, कला, अनि संगितकाे कारक ग्रह मानिन्छ। शुक्र ग्रहकाे याे गाेचर बिशेष खालकाे रहेकाे छ किनकी यसले बिभिन्न प्रकारका राजयाेग समेतकाे निर्माण गरेकाे छ। शुक्र, सूर्य र बृहस्पति यी तीनवटा ग्रह वृष राशिमा गाेचर गरिरहेका छन्। शुक्रकाे याे गाेचरले मेष राशिदेखि मीन राशिसम्म कस्ताे प्रभाव पार्नेछ अाउनुहाेस् चर्चा गराैं ।याे गाेचर फल हामीले तपाइंकाे चन्द्र राशिकाे अाधारमा यानेकी राशिकाे अाधारमा बताएका छाैं ।
पहिलाे राशि रहेकाे छ- मेष राशि
मेष राशिका जातकहरूलाइ याे गाेचर अाफ्नेा राशिबाट दाेश्राे भाव यानेकी धनभावमा हुन गैरहेकाे छ , धनभावकाे स्वामि ग्रह शुक्र स्वगृही भएर धनभावमा नै गाेचर गर्न जांदैछन् त्याे पनि सूर्य र गुरू बृहस्पतिकाे साथमा युती बनाएर। यसले गर्दा तपाइं मेष राशिका जातकलाइ अपार धनकाे लाभ हुने त निश्चित नै छ किनकी युतीकेा कारणले धनभावमा बन्न गएकाे बिशेष लक्ष्मीकाे याेग निर्माण भएकाे छ। तर त्यसकाे अलावा पनि कुटुम्व पक्षबाट लाभ, बस्त्र अाभुषणकाे लाभ, भाैतिक सुख-सुबिधा प्राप्त हुने, नयां बाहन गाडि घाेडा अादिकाे प्राप्ति हुने, ब्यापारमा बढाेत्तरी हुने, पैतृक सम्पत्तिमा विवादकाे अन्त्य भइ जग्गा जमिन अादि लाभ हुने देखिन्छ भने तपाइंले याे समयमा अाफ्नाे र श्रीमतीकाे समेत स्वास्थ्यमा भने बिशेष ख्याल राख्नुपर्ने देखिन्छ। साथै तीनैवटा ग्रहकाे दृष्टि अष्टम स्थानमा पर्नाले र शनिदेवकाे दृष्टि समेत अष्टम भावमा परेकाे कारणले गर्दा अाफूवाट कुनै गलत कामहरू हुने सम्भावना पनि देखिएकाे छ त्यसैले कुनै पनि अनैतिक कार्यमा वचेर रहनुहाेला। खानपानमा बिशेष ध्यान दिनुपर्ने समय छ नत्र पेट सम्बन्धी समस्या उत्पन्न हुनेछ। कला संगित क्षेत्रमा हुनेहरूका लागि याे गाेचर अझ बढी लाभप्रद हुनेछ। याे अवधिमा गाइ ब्राम्हणकाे सेवा गर्ने र श्रीमति वा श्रीमानले भनेकाे मानेर अघि बढ्नु उचित हुनेछ। समग्रमा याे याेग तपाइंकाे लागि धन धान्यले भरिपूर्ण गराउने खालकाे देखिएकाे छ।धन सम्पत्ति सम्वन्धी समस्यालाइ हटाउनेछ, ब्यापारमा मनग्य बृद्धि हुनेछ, नयां-नयां अवसरहरू प्राप्त हुनेछन्। धनस्थानमा हुने गाेचरका कारण याे समयमा अार्थिक सम्वन्धी समस्या समाधान हुंदै बाेली बचनकाे प्रभावले अाफ्नाे प्रभुत्व जमाउन सकिने याेग बनेकाे छ।कुनै काम गर्ने साेचमा हुनुहुन्छ भने याे समयमा हजुरलाइ सफल बनाउनेछ। नाेकरीमा पदाेन्नतीकाे याेग बनेकाे छ। मान-सम्मानका अवसरहरू प्राप्त हुनेछन्।बिद्यार्थीवर्गकाे लागि पढाइमा उच्च प्रगती हांसिल हुनेछ। समग्रमा मेष राशिलाइ याे गाेचर सम्झन याेग्य बन्नेछ।
दाेश्राे राशि रहेकाे छ- बृष राशि
बृष राशि हुने जातककाे लागि याे गाेचर तपाइंकाे लग्नमा वा तपाइंकाे राशिमा नै हुन गैरहेकाे छ जसले गर्दा शुक्रले मालव्य नामकाे राजयाेग समेत निर्माण गर्नेछ। शुक्र गुरूकाे युतिकाे कारणले लक्ष्मी याेगकाे पनि निर्माण हुनेछ।भाग्याेदय हुने समय भएकाेले तपाइंलाइ कुनै पनि कार्यले यतिवेला लाभ दिनेछ। नयां कामकाे अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूकाे पढाइ लेखाइमा उल्लेख्य सुधार एवम् सफलता प्राप्त हुनेछ। नाेकरीमा हुनेहरूका लागि पदाेन्नतीकाे अवसर अाएकाे छ। वेराेजगारका लागि नयां राेजगारी प्राप्त हाेलान्। ब्यापारी वर्गका लागि उच्च सफलता मिल्नेछ। तर अाफ्नाे स्वास्थ्यमा भने बिशेष सावधानी अावश्यक पर्ने देखिएकाे छ। समग्रमा याे समय बृष राशि वालाहरूका लागि शुभ र उत्तम सावित हुनेछ।
तेश्राे राशि रहेकाे छ- मिथुन राशि
मिथुन राशि हुने जातककाे लागि याे गाेचर तपाइंकाे राशिबाट द्वादश भावमा हुन गैरहेकाे छ, शुक्रकाे याे गाेचरलाइ द्वादश भावमा समेत राम्राे मानिन्छ। माता-पिताकाे स्वास्थ्यमा सुधार हुनेछ। देश-विदेशकाे लागि समेत नयां कामका अवसरहरू प्राप्त हुनेछन्। भाग्य चम्कने समय रहेकाे छ तर कर्ममा ध्यान दिएर सकारात्मक कार्यमा मात्र ध्यान दिनुहाेला। नाेकरीमा पदाेन्नति, वेराेजगारीका लागि राेजगारकाे अवसर, राेगीकाे लागि उचित उपचार तथा हरेक काममा बाधा भएका ब्यक्तिहरूका लागि समेत बाधा ब्यावधान हटेर सकारात्मक बाटाे भेटिने समय रहेकाे छ।कुटुम्ब सुख प्राप्त हुने, भाग्यमा बृद्धि हुने, कुनै पनि परीक्षामा राम्राे संग सफल भइने, भाैतिक सुख सुबिधाकाे बृद्धि हुने, बैदेशिक राेजगारीकाे राम्राे अवसर समेत बन्नेछ। समग्रमा याे गाेचरले मिथुन राशिलाइ पनि मालामाल बनाउनेछ।
चाैंथाे राशि रहेकाे छ- कर्कट राशि
कर्कट राशि हुने जातकका लागि याे गाेचर एकादश भाव अर्थात् लाभ भावमा हुन गैरहेकाे छ। अहिलेसम्म नवनेका कामहरू बन्नेछन्। नसाेचेकाे प्रगती हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारमा खुशी र सुखकाे वातावरण महशुष हुनेछ। सन्तान लाभ हुनेछ। ब्यापारी वर्गका लागि बहुत राम्राे समय सावित हुनसक्छ। वेराेजगारकाे लागि नयां अवसर अाउनेछ। विदेशकाे समेत याेग बन्नेछ। गुरूकृपा प्राप्त गर्नुभएका हरूकाे लागि ज्यादै राम्राे समय सावित हुनेछ। समग्रमा याे गाेचरकाे अवधिभरीमा कन्या राशिले धेरै सुखद् समाचारहरू सुन्न पाइनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ।याे गाेचरले अायुमा बृद्धि गराउनेछ, महालक्ष्मीजीकाे कृपा बर्षिने याेग बनेकाे छ।
पांचाैं राशि रहेकाे छ- सिंह राशि
सिंह राशि हुने जातकका लागि याे गाेचर तपाइंकाे राशिबाट दशम भाव अर्थात कर्मस्थानमा हुन गैरहेकाे छ। तपाइंकाे राशि अनुसार शुक्र तृतीय र दशम भावकाे स्वामि बनेर दशम भावमा नै बसेकाे छ जसकाे कारणले मालब्य नामकाे सुन्दर राजयाेग समेत बन्न पुगेकाे छ। पञ्चमेश गुरूकाे साथ दशमभावमा शुक्रकाे युती बन्न पुगेकाे छ वा राशिपतिकाे साथमा बनेकाे युतीकाे कारण जता गयाे तेतै बिजय प्राप्त हुने याेेग बन्न पुगेकाे छ। याे गाेचरकाे समय तपाइंकाे लागि हरेक मामलामा अव्वल सावित हुनेछ।अहिलेसम्म नवनेका कामहरू बन्नेछन्। नसाेचेकाे प्रगती हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारमा खुशी र सुखकाे वातावरण महशुष हुनेछ। सन्तान लाभ हुनेछ। ब्यापारी वर्गका लागि बहुत राम्राे समय सावित हुनसक्छ। वेराेजगारकाे लागि नयां अवसर अाउनेछ। सरकारी जागीरकाे समेत याेग बन्नेछ। समग्रमा याे गाेचरकाे अवधिभरीमा सिंह राशि हुने जातकले धेरै सुखद् समाचारहरू सुन्न पाइनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ।याे गाेचरले अायुमा बृद्धि गराउनेछ, महालक्ष्मीजीकाे कृपा बर्षिने याेग बनेकाे छ। माता-पिताकाे स्वास्थ्यमा भने बिशेष ख्याल पुर्याउनु पर्नेछ।
छैटाैं राशि रहेकाे छ- कन्या राशि
कन्या राशि हुने जातकका लागि याे गाेचर तपाइंकाे राशिबाट नवम भाव अर्थात भाग्यभावमा हुन गैरहेकाे छ। यहां शुक्र नवमेश भएर नवम भावमा नै गाेचर गर्दैछन्, साथै धनेश भएर गुरू बृहस्पतिकाे साथमा भाग्य भावमा गाेचर गर्दैछन् जसकाे कारण एकदमै राम्राे कम्विनेशन बनेकाे छ। हुनत सूर्य पनि ब्ययेश भएर भाव्य भावमा नै गाेचर गर्दैछन् जसकाे कारण अधिक खर्च वा अनावश्यक खजुल खर्च तथा सजावट वा भाैतिक सुख-सुबिधासंग जाेडिएकाे क्षेत्रमा ज्यादा खर्च हुने सम्भावना देखिएकाे छ। भाग्यस्थानमा वनेकाे याे गाेचरबाट पूर्ण लाभ प्राप्त गर्नकाे लागि तपाइंले धार्मिक कार्य, पराेपकारी कार्य, दुखि गरिवकाे सेवा अादि कार्य गर्नुपर्ने हुन्छ साथै गाइ , ब्राम्हण, माता-पिताकाे सेवा मजाले खुलेर गर्नुहाेला तपाइंलाइ याे गेाचरले मजाले फाइदा दिने निश्चित छ।याे गाेचरकाे समयमा तपाइंकाे पराक्रम वेस्सरी बढेर जानेछ। अहिलेसम्म नवनेका कामहरू बन्नेछन्। नसाेचेकाे प्रगती हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारमा खुशी र सुखकाे वातावरण महशुष हुनेछ। ब्यापारी वर्गका लागि बहुत राम्राे समय सावित हुनसक्छ। वेराेजगारकाे लागि नयां अवसर अाउनेछ। माता-पिताकाे स्वास्थ्यमा सुधार हुनेछ। समग्रमा याे गाेचरले तपाइं कन्या राशिका जातककाे लागि बिशेष कृपा वर्षाउंनेछ।
साताैं राशि रहेकाे छ- तुला राशि
तुला राशि हुने जातककाे लागि शुक्रकाे याे गाेचर अष्टम भावमा बन्दैछ , हुनत अष्टम भावमा स्वगृही भएर बसेकाे शुक्रले अाकस्मिक धनलाभ, अचानक काम बन्ने याेग भने बनाएकाे छ यद्यपि परिश्रम ज्यादै गराउनेछ । याे गाेचरकाे समयमा तपाइंले भाेग-विलासलाइ सकेसम्म त्याग्नु राम्राे हुनेछ, भाेग विलास , सजावट अादि काममा अनावश्यक धन खर्च हुन सक्ने देखिन्छ। याे समयमा तपाइंकाे कुनै सरकारी काम कारवाही राेकिएकाे, नवनेकाे अादि स्थिति छ भने याे गाेचरकाे समयमा बन्नेछ। सरकारि क्षेत्रबाट उल्लेख्य फाइदा हुनेछ। पारिवारिक मामलामा केही मन-मुटावकाे स्थिति बन्न सक्नेछ सावधान रहनुहाेला।शारिरीक रूपमा कमजाेड वा विमारीकाे अवस्था श्रृजना हुने स्थिति देखिएकाे छ, तपाइंकाे शरिरकाे हर्माेन्समा सन्तुलन नहुनाले उपचारमा सरिक हुनुपर्ने देखिन्छ। याे गाेचरकाे समयमा तपाइंलाइ पिताजीवाट अार्थिक लाभ हुनेछ, पुरानाे सम्पत्ति विवाद अादि छ भने याे समयमा तपाइंकाे पक्षमा निर्णय अाउने पक्का छ। याे समयमा पारिवारिक साथ र सहयाेग पर्याप्त मात्रामा प्राप्त हुनेछ। याे समयमा सञ्चित धन खर्च हुने याेग बनेकाेले खर्चमा विशेष ध्यान दिनुहाेला। समग्रमा याे गाेचरले तुला राशिलाइ मिश्रित फल दिनेछ।
अाठाैं राशि रहेकाे छ- बृश्चिक राशि
बृश्चिक राशि हुने जातककाे लागि शुक्रकाे याे गाेचर सप्तम भावमा मालब्य राजयाेगकाे निर्माण गरेर बन्नेछ । शुक्र द्वादशेष र सप्तमेश भएर सप्तम स्थानमा नै गाेचर गर्दैछ र येा गाेचर पनि धनेश र दशमेशकाे साथमा बनेकाे छ यसले धेरै कुरामा राम्राे शुभ फल दिनेछ तर जिवनसाथी वा श्रीमान श्रीमती विचमा भने सम्बन्ध नविग्रे पनि भाैतिक दुरि भएपनि बढ्ने देखिन्छ। याे समयमा तपाइंले बाहिर कतै सम्बन्ध बनाउने या कुनै पनि त्यस्ता गलत कृयाकलाप अादि नगर्नुहाेला अन्यथा याे गाेचर भारी पर्न सक्नेछ। याे समयमा घर-परिवार , श्रीमान श्रीमती संग छलफल , सर-सल्लाह गर्दै घर ब्यावहारलाइ अघि बढाउनु बुद्धिमानी हुनेछ। तपाइंलाय याे गाेचरकाे समयमा भूमि भवन वाहन अादिकाे लाभ हुन सक्छ, धार्मिक कार्यहरूमा मन जानेछ। याे समयमा पिताकाे स्वास्थ्यमा भने बिशेष ख्याल राख्नुपर्ने देखिएकाे छ। समग्रमा बृश्चिक राशिलाइ शुक्रकाे याे गाेचरबाट फाइदा लिनकाे लागि गाइ, गुरू तथा माताकाे खुब सेवा गर्नुहाेला।
नवाैं राशि रहेकाे छ- धनु राशि
धनु राशि हुने जातककाे लागि शुक्रकाे याे गाेचर षष्ठम भावमा बन्नेछ, जहां शुक्र लाभेश भएर स्वगृही बनि षष्ठम भावमा सूर्यकाे साथमा रहनेछ। भाग्येश तथा लग्नेशकाे साथ समेत शुक्रले पाएकाे छ याे गाेचरमा । याे गाेचरले सङ्घर्ष भने अत्याधिक गराउनेछ भने तुलनात्मक रूपमा दुख गरेकाे अनुपातमा सफलता पनि अत्याधिक धेरै दिनेछ। तपाइंकाे सफलता देखेर दाज्यूभाइ, कुटुम्ब , अाफन्तजनहरू दङ्ग पर्नेछन्। याे समयमा ब्यापार बयावशायमा बृद्धि , कार्यक्षेत्रमा बृद्धि अादि हुनेछ भने मित्रजनमा मन-मुटावकाे स्थिति बन्नेछ, साझेदारी ब्यावशाय गर्नुभएकाे छ भने धाेका हुन सकनेछ। जिवनसाथीकाे साथ केही मन-मुटाव, झगडाकाे स्थिति बन्न सक्नेछ भने अनावश्यक वा फजुल खर्च हुने देखिएकाेले अनावश्यक खर्चमा कटाैती गर्नुपर्ने देखिएकाे छ।अाफ्नेा स्वास्थ्य तथा परिवारकाे स्वास्थ्यमा पनि बिशेष ख्याल राख्नुहाेला। याे गाेचरकाे समयमा कसैलाइ अपमान गर्ने, दुख दिने अादि कार्य नहाेस् र कर्म राम्राे गर्नुभयाे भने त्यसकाे अाधारमा सुख सम्बृद्धि एैश्वर्य प्राप्त हाेला।
दशाैं राशि रहेकाे छ- मकर राशि
मकर राशि हुने जातककाे लागि शुक्रकाे याे गाेचर पञ्चम भावमा स्वगृही अवस्थामा साथै कर्मभावकाे स्वामि बनेर गाेचर गर्नेछ। साथै द्वादशेष र तृतीयेश गूरूकाे साथ पञ्चममा बनेकाे याे गाेचरले बिद्यार्थी बर्गकाे लागि अत्यन्तै सफल बनाउनेछ भने गृहस्थि जिवनका ब्यक्तिकाे लागि पुत्रलाभ, सन्तान लाभकाे याेग बनेकाे छ। तर गर्भवती महिलाले भने याे गाेचरकालमा अत्यन्तै सावधानी अपनाउनु राम्राे हुनेछ। याे समयमा मिष्ठान्न भाेजन, नयां-नयां स्थानकाे भ्रमण, पाटी पिकनिक तथा समाराेहमा उपस्थिति गराउनेछ भने नयां बस्त्र, गर-गहना अादिकाे लाभ हुनेछ। न्यायक्षेत्रमा हुनेहरूकाे लागि अत्यन्तै लाभ पदाेन्नती तथा पण्डितज्यू, शिक्षक, प्राध्यापकहरूकाे लागि समेत अत्यन्तै शुभ फलदायी याे गाेचरले नसाेचेकाे सफलता समेत दिनेछ। दाम्पत्य जिवन मकर राशिलाइ अत्यन्तै रमाइलाे र हांसि-खुशीमा नै वित्नेछ, पुराने तिक्तता छ भने पनि मेटिएर एक-अापसमा माया प्रेम बढ्नेछ।
एघाराैं राशि रहेकाे छ - कुंभ राशि
कुंभ राशि हुने जातककाे लागि शुक्रकाे याे गाेचर चतुर्थ भावमा द्वितियेश र सप्तमेशकाे साथमा मालब्य नामक राजयाेग सहित गरेकाे छ। याे गाेचरले तपाइंलाइ हरेक बाटाेमा फाइदा दिनेछ।यसले हरेक कार्यमा सफलता दिनेछ, समाजमा मान-सम्मानमा बृद्धि हुने, गाडीघाेडा जग्गाजमित, अादिकाे लाभ हुनेछ। याे समयमा तपाइंकाे अात्मविश्वासमा बृद्धि हुनेछ, भाग्यमा बृद्धि हुनेछ, वेराेजगारकाे लागि राम्राे नाेकरी प्राप्त हाेला, नाेकरीमा पदाेन्नतिकाे, तथा अचल सम्पत्तिकाे अचानक प्राप्ती हुने सम्भावना समेत रहेकाे छ। अाफन्तजनमा भएकाे वैमनश्यता समाप्त हुने र सर-सहयाेग पूर्ण रूपले प्राप्त हुने याेग बनेकाे छ। सरकारी सेवामा हुनेहरूकाे लागि यदि गल्ती गर्नुभएकाे छ भने सजायकाे भागिदार हुने समय बनेकाे छ भने राम्राे कर्म गर्नेहरूकाे लागि हरेक कुरा प्राप्त हुनेछ। तर याेगाेचरले तपाइंकाे माता-पिताकाे स्वास्थ्यमा भने विशेष ख्याल राख्नुपर्ने देखिएकाे छ।
बार्हाैं राशि रहेकाे छ - मीन राशि
मीन राशिका जातककाे लागि शुक्रकाे याे गाेचर तृतीय भावमा बनेकाे छ जहां स्वगृही शुक्र अष्टमेेश त छन् तर गुरू बृहस्पति र सूर्यकाे साथ युती सम्वन्ध बनाएका कारण तपाइंलाइ पनि हरेक मार्गमा सफलताकाे याेग बनेकाे छ। याे समयमा तपाइंकाे पराक्रममा बृद्धि हुने, नयां मित्रहरूकाे अागमन तथा सहयाेग प्राप्त हुने, शत्रुमाथि विजय प्राप्त हुने, बिशेष भाैतिक सुविधा बढ्ने देखिएकाे छ। दाज्यू-भाइहरूवाट विशेष सर-सहयाेग प्राप्त हुनेछ । राेजगारीमा नयां अवसर प्राप्त हुने, काम गरिरहेकाहरूकाे लागि पदाेन्नतीकाे सम्भावना, विद्यार्थीकाे लागि मेहनत थाेरै गर्दापनि अत्याधिक फाइदा समेत प्राप्त हुने देखिएकाे छ। माता-पितावाट साथ सहयाेग पाइने छ। विदेशमा रहनुहुने हरूले अार्थिक काराेवारमा बिशेष ख्याल राख्नुहाेला। धार्मिक यात्राकाे सम्भावना, धार्मिक कृत्यहरू हाेलान्।देश-विदेशकाे याेग वनेकाे छ, घुमफिरकाे लागि बहुत श्रेष्ठ याे गाेचरले समग्रमा तपाइ मीन राशिकाे जातकलाइ हरेक पाइलामा सफलता दिलाउनेछ।
गुरू प्रेमानन्द शास्त्रीका अनुसार माथिका गाेचर प्रभाव फलहरू चन्द्रराशीकाे अाधारमा ब्याख्या गरिएका हुनाले जन्मकुडलीमा भएकाे शुक्र ग्रहकाे अवस्था अनुसार फलितमा फरक पर्न सक्ने भएकाेले सहि मूल्याङ्कन तथा फलादेशकाे लागि तपाइंले अाफ्नाे जन्मकुडली याेग्य ज्याेतिषिहरूसंग बिश्लेषण गराउनु हाेला। गुरू कृपा केवलम्। धन्यवाद। प्रणाम।
अक्षय तृतीया पर्व २०८१
दर्शकवृन्द अाज हामीले अाउंदै गरेकेा अक्षयतृतीया पर्वकेा बारेमा सम्पूर्ण जानकारी समेटिएकेा सामग्री लिएर अाएका छाैं । यस वर्ष २०८१ साल बैशाख २८ गते शुक्रबार तदनुसार १० मइ २०२४ का दिन अक्षयतृतीया पर्व परेकाे छ। हिन्दू वैदिक सनातन संस्कारमा याे पर्वकाे बिशेष महत्व रहेकाे पाइन्छ। हाम्रेा देश नेपाल, छिमेकी देश भारत तथा अन्य धेरै देशहरूमा समेत याे पर्व मनाउने गरिएकाे पाइन्छ। याे पर्वकाे बारेमा भन्नुपर्दा ब्रम्हाजीले बिश्वब्रम्हाण्डकाे रचना गर्दै गर्दा याे बिशेष ब्रम्हाण्डकाे रचना यसै दिनमा गर्नुभएकाे थियाे, त्रेतायुगकाे शुरूवात भएकाे दिन यहि दिन थियाे, त्यस्तै महाभारतकाे युद्ध समाप्त भएकाे दिन , अनि पाण्डवहरूले बनवासमा वस्दा अत्यन्तै दुख पाएकाे र भगवानकाे भक्तिले प्रशन्न भइ श्रीहरिबिष्णुले अक्षयपात्र प्रदान गर्नुभएकाे दिन अनि भगवान विष्णुकाे १० अवतारहरू मध्ये परशुराम अवतारकाे अवतरण भएकाे दिन पनि यहि अक्षयतृतीयाकाे दिन थियाे। यसरी याे दिनकाे महत्वलाइ शास्त्रहरूमा धेरै महत्वका साथ वर्णन गरिएकाे पाइन्छ साथै याे दिनलाइ युगादि तिथी, राेहिणी ब्रत दिवस तथा अक्षयतृतीया जस्ता नामहरूले पनि चिनिन्छ।
याे पर्वमा के गर्ने ? कस्ताे ब्रत वा पूजा गर्ने ? यसकाे फल के रहेकाे छ ? अादि जस्ता सम्पूर्ण जानकारी हामी ज्याेतिष सेवा सदनका ज्याेतिष गुरू श्रीप्रेमानन्द शास्त्रीजीकाे सहयाेगले अाज हजुरलाइ दिंदैछाैं। कृपया याे सामग्री अाफूले पढेर अरूलाइ पनि सक्दाे शेयर गरि अध्यात्मिक लाभ लिनुहुन पनि अनुराेध गरिन्छ।
यस दिनमा के-के गर्ने त ?
यस दिनमा बिहानै ब्रम्ह मुहूर्तमा उठेर नित्य स्नानमा बेसार चन्दन अादि लगायर स्नान गर्ने, सकिन्छ भने गंगाजी, सागर, नदी, तवाउ, पाेखरी अादिमा गएर स्नान गर्ने, सकिंदैन भने घरमै स्नान गर्ने, स्नान पश्चात् श्रीसूर्यनारायण भगवानलाइ मन्त्राेच्चारण सहित अर्ध्य दिने, अर्घ्य दिंदा अाेम घृणिः सूर्याय नम:, अाेम भुवनभाश्कराय नमः, अाेम् श्रीसूर्यनारायणाय नमः, अथवा अाेम् यहिसूर्याेसहस्रांसाेतेजाेराशि जगत्पते । अनुकम्पयमांभक्त्या गृहाणार्घ्य दिवाकरः ।। अादि कुनै पनि मन्त्र उच्चारण गरेर अर्घ्य दिन सक्नुहुनेछ। अनि घरमा सर-सफाइ गर्ने , सिधेनून मिसाइएकाे पानी, गंगाजल, गहुंत, वेसारपानी अादि प्रयाेग गरेर घरमा पूछा लगाउने । त्यस्तैगरि घरकाे मुल ढाेकामा श्रीयन्त्र, विष्णुपादुका, स्वस्तिक, अाेम अादि राख्नुहाेला वा हल्दि चन्दनले भएपनि स्वस्तिक चिन्ह बनाउन नभुल्नुहाेला, यसाे गर्नुभएमा तपाइंकाे घरमा भएकाे नकारात्मक प्रभाव हटेर सकारात्मक प्रभाव बढ्नेछ। त्यसपछि शुभ मुहूर्त पारेर सङ्कल्प गरेर अक्षय पात्रकाे स्थापना गर्नुपर्दछ , त्यस संगै गणेशजीकाे स्थापना, जलपूर्ण घट (कलश) काे स्थापना समेत गरि दिप प्रज्वलन गरेर अाफ्नाे नाम गाेत्राेच्चरणकाे साथमा भावपूर्ण भएर सङ्कल्प गर्नुहाेला, सङ्कल्प गर्नकाे लागि यदि ब्राम्हण पण्डितज्यूहरू पाउन सक्नुभएन भने बरू अाफ्नै भाषामा गर्दापनि हुन्छ। त्यसपछि जटा सहितकाे सिंगाे नरीवललाइ राताे कपडाले बेरेर कलशकाे मुखमा राखेर पूजा गर्नुहाेला। पूजा गर्दा दिप, कलश, गणेश अाफ्ना कूलका देवी देवता, भगवान बिष्णुलक्ष्मीजी, भूमी देवता, गृहदेवता, अनि इष्टदेवता र पितृदेवताकाे समेत पञ्चेापचार बिधीले पूजा गर्नुहेाला। पूजा सकिएपछि सिंगाे नरिवललाइ फुटाएर प्रसादकाे रूपमा सवैले ग्रहण गर्नुहाेला। यतिवेला सम्भव भए एउटा चांदीकाे कचाैरा वा कुनै चाेखाे भांडाेमा सूनकाे प्रतिमा, चांदीकाे सिक्का, बिष्णु प्रतिमा अादि राखेर बिधिपूर्वक श्रीलक्ष्मीजीलाइ यस घरमा स्थिर भइ निवास गरिदिनुहाेला, कर्जा ऋणबाट मुक्ति दिइ धन-धान्यले भरिपूर्ण पारिदिनुहाेला भनि बिनम्रता पूर्वक प्रार्थना गर्दै पूजा अर्चना गर्नुहाेला। यसदिन भगवानलाइ जाै काे पिठाेकाे पूवा, सुखडी, सखर वा मिश्री अादिकाे साथमा भाेग ब्यञ्जन बनाएर चढाउन नभुल्नुहेाला। यसरि बिधिपूर्वक पूजा गरिसकेपछि त्यस अक्षयपात्रलाइ अाफ्नाे घरकाे सेफ, तिजाेरि , धन पैसा राख्ने स्थानमा लगेर राख्नुहाेला।यसाे गर्नाले तपाइंकाे घरमा साक्षात लक्ष्मीजीले निवार गर्नुहुनेछ यसमा कुनै शंका छैन। यस दिनमा गर्नुभएकाे पाठ-पूजा, जप-तप, ध्यान, दान-पूण्य अादिकाे फल अक्षय हुन्छ यानेकी कहिले पनि नाश नहुने र यसकाे प्रभावले स्वर्ग तथा बिष्णु बैकुण्ठ लाेक समेत प्राप्त हुने कुरा शास्त्रहरूमा उल्लेख भएकाे पाइन्छ।
यस दिनमा कुनैपनि शुभकार्यहरू गर्ने गरिन्छ अर्थात् याे तिथीलाइ शुद्ध तिथी मानेर जुनसुकै शुभकार्यहरू गर्ने प्रचलन रहेकाे छ। यस दिनमा कुनै नयां कार्यकाे थालनी, साइत, गृहकार्य, नयां ब्यापार ब्यावशायकाे शुरूवात, विवाह, गाडि-घाेडा अादि खरिद, सुन चांदी तथा सम्पत्तिकाे खरिद अादि कार्यहरू गरिन्छन्।
के र कसरी दान गर्ने ?
यस दिन जाै काे सातु, सर्वत, मिश्री, सख्खर , गुड, लाैराे, छाता, माटाेकाे भांडा, पिउने पानीकाे वर्तन अादि शितलता प्रदान गर्ने बस्तुहरूकाे दान गर्ने प्रचलन रहि अाएकाे छ। यसरी दान गर्दा यदि सम्भव हुन्छ भने याे मन्त्र उच्चारण गरेर दान गर्नुहाेला। मन्त्र यसप्रकार रहेकाे छ- एषधर्मघटाे दत्ताे ब्रम्हाविष्णुशिवात्मकः। अस्य प्रदानात्तृप्यन्तु पितराे /पि पितामहाः ।। गन्धाेदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।। यसरी याे मन्त्र पढेर दान गर्नुहाेला।
शुभ साइत कति बजेकाे लागि छ ?
यस दिनमा पूजा दान गर्नकाे लागि शुभ साइत यस प्रकार रहेकाे छ- दिउसाेकाे १२ बजेर ०१ मिनेट देखि ०१ बजेर ४० मिनेटसम्म काे समय अभिजित् तथा शुभ मुहूर्तकाे समय रहेकाे छ।
यस दिनमा गरिएकाे दानकाे महिमा निकै धेरै रहेकाे छ। शास्त्रकाे भनाइमा यस दिन दान गर्नाले प्राप्त हुने जाे पुण्यफल हुन्छ त्याे कहिले पनि नास नहुने वा अक्षय रहने कुरा यसरी बताइएकाे छ- यत्किंञ्चिद्दियते दानं स्वल्पं वा यदि वा बहु । तत्सर्वंअक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।। त्यसकारण धेरै थाेरै नभनि जति सक्नुहुन्छ त्यति दान गरेर अक्षय पूण्यफलकाे भागिदार रहनुहाेला।
मातातीर्थ अैांसी (अामा खुवाउने अैांसी)
यस बर्ष २०८१ साल बैशाख २६ गते बुधबार तदनुसार ८ अप्रील सन् २०२४ का दिन मातातीर्थ अाैंसी अर्थात् अामा खुवाउने दिन परेकाे छ । याे दिनलाइ अामा खुवाउने अाैंसी, मातृसम्मान दिवस, अामाकाे मुख हेर्ने दिन, मातातीर्थ अाैंसी, मदर्स डे, अादि जे भनेर चिनिए पनि यस दिनमा हामीले याे धर्तीमा हामीलाइ जन्म दिएर पाइला टेकाउने साक्षात् देवी स्वरूपा उनै माताजीकाे दर्शन, सम्मान, पूजन तथा गुणानुवाद गरेर मनाउने गरिन्छ।
सर्वप्रथमत: यस संसारबाट नश्वर शरीरलाइ त्याग गरी परमधाम रहनुहुने मेरी पूज्यनिय प्रातस्मरणिय माताजी तथा सवैका धामवासी माताजीहरू अनि यस संसारमा कर्म गर्दै रहनुहुने ममताकी खानी सम्पूर्ण माताजीहरू मातृशक्ति जननीहरूमा हार्दिक नमन साष्टाङ्ग दण्डवत प्रणाम अर्पण गर्दछु।
पाठकवृन्द, हरेक बर्षकाे बैशाख कृष्णपक्षकाे अाैंसीका दिनमा पर्ने याे पर्व हाम्राे नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथ मनाइने गरिन्छ। हुनत संसारका अधिकांश देशहरूमा विभिन्न समयमा विभिन्न नामले अामाकाे लागि सम्मान ब्यक्त गर्ने पर्व मनाउने गरिएकाे पाइन्छ तर नेपालमा भने हामी परापूर्वकाल देखि नै अामाखुवाउने अाैंसीका रूपमा विशेष गरि मनाउने गर्दछाैं। शास्त्रहरूले पनि अामाकाे महत्वका बारेमा धेरै विचारहरू ब्यक्त गरेका छन्- जस्तै नास्ति गङ्गासमंतिर्थं नास्ति मातृसमाे गुरू, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि।अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र अामा समान कुनै गुरू पनि हुंदैनन, अाफ्नाे अामा, अाफू जन्मेकाे ठाउं स्वर्गभन्दा पनि प्याराे हुन्छ।अब्राहम लिंकनले पनि भनेका छन् कि जाे मान्छेकाे साथमा अामा हुन्छिन त्याे मान्छे कहिले पनि गरिव हुंदैन।
हरेक बर्ष बैशाखकृष्ण अामावाश्याकाे दिनमा पर्ने याे पर्व हाम्राे नेपाली समाजमा लाेकप्रिय छ। याे पर्वलाइ मातातीर्थ अाैंसीकाे रूपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषकाे महत्व झल्किएकाे पाइन्छ। काठमाडाैं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यसदिन बिशेष रूपले अामा-बुवा नहुने हरूले बिशेष श्राद्ध गरेर अामाकाे मातृऋणबाट मुक्त हुन सकिने र विधि पूर्वक श्राद्ध गरेमा मातातीर्थमा गरेकाे श्राद्धकाे प्रभावले मृतअात्माकाे गति मुक्ति समेत हुने धार्मिक मान्यता रहेकाे पाइन्छ र यसै कारणले गर्दा याे पर्वलाइ मातातीर्थ अाैंसीका नामले लाेकप्रीयता पाएकाे हाे।
यस दिनमा अामा हुनेहरूले अाफ्नी अामालाइ दर्शन गर्ने, अामालाइ मन पर्ने मिठा-मिठा परिकारहरू खुवाउने, मन पर्ने सामानहरू उपहारकाे रूपमा दिने, संगै जम्मा भएर रमाइलाे गर्ने अादि कार्यहरू गरेर हर्षाेल्लासका साथ मनाइन्छ भने अामा नहुनेहरूले जनै लगाउने भए अवसब्य भएर दक्षिण दिशातिर फर्केर तिलाञ्जली दिने, तर्पण गर्ने, श्राद्ध गर्ने, जलाञ्जली दिने अादि अाफ्नाे वर्ण संस्कार तथा चलन चल्ती अनुसार गर्नुपर्दछ। यस दिनमा साधकहरूले मातृअात्माकाे शान्तिकाे लागि हवन, जप, ध्यान अादि गर्ने , त्यस्तै यस दिनमा गिता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा अारती समेत गर्ने चलन रहेकाे पाइन्छ।
ज्याेतिष सेवा सदनका ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीका अनुसार यस दिनमा पितृकाे लागि जति सकिन्छ त्यति कर्म गरेर अामाकाे ऋणवाट मुक्त हुने काेशिष गर्नुहेाला तथा अामाकाे गुणानुवाद गाउंदै, अामालाइ सम्मान दिंदै , संसारका अामाहरूप्रति सहानुभूति प्रकट गर्दै अाफ्नाे - अाफ्नाे स्थानबाट मातातीर्थ पर्वलाइ विशेष धुमधामका साथ मनाअाैं, यहांहरू सवैलाइ अामा खुवाउने अाैंसीकाे अवसरमा हार्दिक मङ्गलमय शुभकामना। जयश्रीकृष्ण, प्रणाम।
के हाे शुक्र अस्त ? के गर्न हुन्छ, के हुंदैन ?? सम्पूर्ण जानकारी -
साैर मण्डलमा ग्रहहरू अाफ्नै चक्रमा घुमिरहेका हुन्छन्, यसरी घुम्दै जाने क्रममा सूर्यकाे नजिकै पुगेपछि सूर्यकाे तेजले शुक्र ग्रहकाे प्रकाशलाइ नदेख्नु वा अाेझेलमा पर्नुलाइ शुक्र अस्त भन्ने गरिन्छ।यस्ताे संयाेग प्रत्येक वर्षमा हुने गर्दछ।ज्याेतिषिय मान्यता अनुसार शुक्र / बृहस्पति अस्त हुनु तीन दिन पहिले र उदय हुंदाकाे तीन दिन पछिसम्म पनि धार्मिक क्रियाकलापहरू गर्नु हुंदैन। यस बर्ष २०८१ सालकाे बैशाख १६ गते अाइतबार बिहान १० बजेर १६ मिनेट देखि शुक्र ग्रह पूर्गमा अस्त भएर २०८१ साल असार २१ गते शुक्रबार राती १२ बजेर ५३ मिनेटमा पश्चिमबाट उदय हुने भएकाेले याे समय अवधिभरी नै धार्मिक कृत्यहरू मध्ये काम्य कर्महरू गर्न हुंदैन।
ज्याेतिष गुरू प्रेमानन्द शास्त्रीकाे अनुसार याे समयमा नित्य र नैमित्तिक कार्यहरू निर्वाध रूपमा गर्न हुन्छ भने काम्य कर्महरू गर्न हुंदैन। धर्म शास्त्रहरूका अनुसार नित्य कर्ममा स्नान, दान, ध्यान, जपतप, पूजापाठ अादि कार्यहरू पर्दछन् भने नैमित्तिक कार्यमा षाेडश संस्कारका कार्यहरू जस्तै न्वारन, अन्नप्राशन,श्राद्ध, मासिक तर्पण, जन्माेत्सव पूजा तथा मृत्युसंस्कारका कार्यहरू पर्दछन् । माथिका सवै कार्यहरू याे अस्तकाे समयमा गर्न सकिन्छ ।शुक्र तथा गुरू बृहस्पति अस्त भएकाे वेलामा काम्य कर्महरू गर्न हुंदैनन्। के हुन् त काम्य कर्महरू ? ज्याेतिष शास्त्र अनुसार यी कार्यहरूलाइ अस्तकाे समयमा गर्न नहुने भनेर लेखिएकाे प्रमाण यस्ताे छ।
वाप्याराम तडाग कूप भवनारम्भप्रतिष्ठे व्रताssअारम्भाेत्सर्ग बधूप्रवेशन महादानानि साेमाष्टके । गाेदानाग्रयण प्रपा प्रथमकाेपाकर्मवेदव्रतं नीलाेद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।। दीक्षा माैञ्जि विवाह मुण्डनमपूर्वदेवतीर्थेक्षणं सन्यासाग्निपरिग्रहाै नृपतिसन्दर्शाsभिषेकाै गमम्। चातुर्मास्यसमावृती श्रवणयाेर्वेधं परीक्षां त्यजेद्बृद्धत्वास्तशिशुत्व इज्म सितयाेर्न्यूनाधिमासे तथा ।।
अर्थात्- इनार, वगैंचा, तलाउ,कुवा खन्नु, गृहारम्भ, गृहप्रवेश, मन्दिर अादिकाे निर्माण गर्नु, देवतास्थापन, प्राणप्रतिष्ठा, चान्द्रायणा अादि व्रतकाे अारम्भ तथा उद्यापन, बधुप्रवेश, तुलादान अादि महादानहरू, अष्टकाश्राद्ध, अाग्रायणेष्टि, जलशाला पानी टंकी निर्माण, प्रथमउपाकर्म, वेदव्रत, काम्य बृषाेत्सर्ग, शिशुकाे अतिक्रान्त संस्कार, दीक्षाग्रहण, चूडाकरण, ब्रतबन्ध, विवाह, नयां स्थानमा देव दर्शन, कहिले पनि नगएकाे स्थानकाे देवदर्शन, पहिलाे पटक जाने तीर्थयात्रा, अग्निहाेत्र, सन्यासव्रत, चातुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्तन, कर्णवेध, दिव्य परीक्षा अादि कर्महरू गुरू बृहस्पति तथा शुक्रकाे अस्तमा तथा तिनकाे बाल्यत्व र बृद्धत्वमा, क्षयमास तथा मलमासमा साथै विश्वघस्रपक्षमा पनि गर्नुहुंदैन।
गुरू बृहस्पतिकाे राशि परिवर्तन र यसकाे प्रभाव-
अागामी 2081 साल बैशाख 17 गते साेमबारका दिन गुरू बृहस्पति अाफ्नाे मित्रकाे राशि मेषवाट शत्रु राशि बृषमा प्रवेश गर्दैछन् । ग्रहहरूका अथवा देवताहरूका पनि गुरू मानिने बृहस्पतिले यसरी राशि परिवर्तन गर्दा समग्र जगत विश्व ब्रम्हाण्डमा नै प्रभाव पर्नेछ र यसले हरेक ब्यक्तिलाइ पनि सकारात्मक वा नकारात्मक कुनै न कुनै असर वा प्रभाव पार्नेछ। ज्याेतिष सेवा सदनका वरिष्ठ ज्याेतिषी ज्याे.पं. प्रेमानन्द शास्त्री (ज्याेतिष गुरू) का अनुसार याे प्रभावले प्रत्येक राशिका जातकहरूलाइ कस्ताे प्रभाव पार्नेछ वा कुन-कुन राशिलाइ याे प्रभावले मालामाल बनाउदैछ ? यसकाे बारेमा अाज याे सामग्रीमा प्रस्तुत गर्नेछाैं।
ज्याेतिषशास्त्रकाे दृष्टिकाेणबाट हेर्दा गुरू बृहस्पतिलाइ भाग्य, बुद्धि, बिद्या, ब्यापार, धनसम्पत्ति, तथा एैश्वर्यकाे कारक ग्रह मानिन्छ। देवगुरू बृहस्पतिकाे याे गाेचर बैशाख 17 गते साेमबार अपरान्ह 4 बजेर 11 मिनेटमा हुनेछ भने त्यसकाे केही दिन पछी यानेकी बैशाख 25 गते मङ्गलबार बिहान 9 बजेर 47 मिनेटबाट गुरू पश्चिममा अस्त हुनेछन् त्यस्तै गरी ज्येष्ठ 19 गते शनिबार बिहान 11 बजेर 7 मिनेटमा पूर्वबाट उदय हुनेछन्। बृहस्पतिकाे याे गाेचरले चार वटा राशिहरूलाइ भिषण फाइदा हुंदैछ । ती चार वटा राशिहरू कुन-कुन हुन् त ? अाउनुहाेस् चर्चा गराैं।
पहिलाे राशि रहेकाे छ- मेष राशि
मेष राशिका जातकहरूलाइ याे गाेचरले धन सम्पत्ति सम्वन्धी समस्यालाइ हटाउनेछ, ब्यापारमा मनग्य बृद्धि हुनेछ, नयां-नयां अवसरहरू प्राप्त हुनेछन्। धनस्थानमा हुने गाेचरका कारण याे समयमा अार्थिक सम्वन्धी समस्या समाधान हुंदै बाेली बचनकाे प्रभावले अाफ्नाे प्रभुत्व जमाउन सकिने याेग बनेकाे छ।कुनै काम गर्ने साेचमा हुनुहुन्छ भने याे समयमा हजुरलाइ सफल बनाउनेछ। नाेकरीमा पदाेन्नतीकाे याेग बनेकाे छ। मान-सम्मानका अवसरहरू प्राप्त हुनेछन्।बिद्यार्थीवर्गकाे लागि पढाइमा उच्च प्रगती हांसिल हुनेछ। समग्रमा मेष राशिलाइ याे गाेचर सम्झन याेग्य बन्नेछ।
दाेश्राे राशि रहेकाे छ- कर्कट राशि
कर्कट राशि हुने जातककाे लागि याे गाेचरले हरेक पाइलामा सफलता लिएर अाउंदैछ। भाग्याेदय हुने समय भएकाेले तपाइंलाइ कुनै पनि कार्यले यतिवेला लाभ दिनेछ। नयां कामकाे अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूकाे पढाइ लेखाइमा उल्लेख्य सुधार एवम् सफलता प्राप्त हुनेछ। नाेकरीमा हुनेहरूका लागि पदाेन्नतीकाे अवसर अाएकाे छ। वेराेजगारका लागि नयां राेजगारी प्राप्त हाेलान्। ब्यापारी वर्गका लागि उच्च सफलता मिल्नेछ। समग्रमा याे समय कर्कट राशि वालाहरूका लागि शुभ र उत्तम सावित हुनेछ।
तेश्राे राशि रहेकाे छ- सिंह राशि
सिंह राशि हुने जातककाे लागि याे गाेचरले कर्मक्षेत्रमा ब्यापक सुधार ल्याउनेछ। माता-पिताकाे स्वास्थ्यमा सुधार हुनेछ। देश-विदेशकाे लागि समेत नयां कामका अवसरहरू प्राप्त हुनेछन्। भाग्य चम्कने समय रहेकाे छ तर कर्ममा ध्यान दिएर सकारात्मक कार्यमा मात्र ध्यान दिनुहाेला। नाेकरीमा पदाेन्नति, वेराेजगारीका लागि राेजगारकाे अवसर, राेगीकाे लागि उचित उपचार तथा हरेक काममा बाधा भएका ब्यक्तिहरूका लागि समेत बाधा ब्यावधान हटेर सकारात्मक बाटाे भेटिने समय रहेकाे छ। समग्रमा याे गाेचरले कर्कट राशिलाइ पनि मालामाल बनाउनेछ।
अन्तिममा रहेकाे छ- कन्या राशि
कन्या राशि हुने जातकका लागि याे गाेचरले भाग्यकाे ढाेका खाेल्नेछ। अहिलेसम्म नवनेका कामहरू बन्नेछन्। नसाेचेकाे प्रगती हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारमा खुशी र सुखकाे वातावरण महशुष हुनेछ। सन्तान लाभ हुनेछ। ब्यापारी वर्गका लागि बहुत राम्राे समय सावित हुनसक्छ। वेराेजगारकाे लागि नयां अवसर अाउनेछ। विदेशकाे समेत याेग बन्नेछ। गुरूकृपा प्राप्त गर्नुभएका हरूकाे लागि ज्यादै राम्राे समय सावित हुनेछ। समग्रमा याे गाेचरकाे अवधिभरीमा कन्या राशिले धेरै सुखद् समाचारहरू सुन्न पाइनेछ र हरेक कार्यमा सफलता प्राप्त हुनेछ।
गुरू प्रेमानन्द शास्त्रीका अनुसार माथिका गाेचर प्रभाव फलहरू चन्द्रराशीकाे अाधारमा ब्याख्या गरिएका हुनाले जन्मकुडलीमा भएकाे गुरू बृहस्पतिकाे अवस्था अनुसार फलितमा फरक पर्न सक्ने भएकाेले सहि मूल्याङ्कन तथा फलादेशकाे लागि तपाइंले अाफ्नाे जन्मकुडली याेग्य ज्याेतिषिहरूसंग बिश्लेषण गराउनु हाेला। गुरू कृपा केवलम्। धन्यवाद। प्रणाम।
यस बर्ष २०८० साल माघ ११ गते ( तदनुसार 25 जनवरी 2024) बिहिबारका दिनदेखि श्रीस्वस्थानी ब्रत शुरू हुंदैछ ।पाैष शुक्लपूर्णिमाका दिनदेखि माघ शुक्लपूर्णिमाका दिनसम्म एक महिना बसिने याे ब्रतलाइ माघस्नान काे रूपमा पनि लिने गरिन्छ। अघि सत्ययुगमा भगवान बिष्णुकाे कृपा अनुसार हिमालय पुत्री पावर्तीले श्रीमहादेवलाइ पतिकाे रूपमा प्राप्त गरूं भनि श्रीस्वस्थानीकाे कठाेर ब्रत बसेकाे र चिताएकाे कुरा पूर्ण भएकाे कथामा उल्लेख छ। याे एक महिनाकाे अवधिमा स्कन्द पुाराण अन्तर्गत केदार खण्डकाे माघ महात्म्यकाे कुमारजी र अगस्त्यबीच भएकाे संवादलाइ स्वस्थानी ब्रतकथाकाे रूपमा सुन्ने र सुनाउने चलत रहिअाएकाे छ।
ब्रत शुरूहुने भन्दा अघिल्लाे दिन नै हात गाेडाका नङ्ग काटी शुद्ध पवित्र भएर एकछाक मात्र भाेजन गरी महिनादिन सम्म भूमिमा शयन गर्नुपर्दछ। अन्तिम दिन माघशुक्लपूर्णिमाका दिनमा रात्रीमा जाग्राम बस्ने, श्रीस्वस्थानी परमेश्वरीलाइ मनले सम्झिने, १०८ का दरले तयार पारेका सामग्रीहरूलाइ अाफ्ना पति भए पतिलाइ दिनु, पछि नभए छाेरालाइ दिनु, छाेरा पनि नभए मितछाेरा लाइ दिनु, मितछाेरा पनि नभए जुन मनेाकामनाले ब्रत बसकाे हाे त्याे कुरा पूर्ण हाेस् सिद्ध हाेस् भनेर गंगाजीमा लगेर बगाउने गर्नुपर्दछ।
याे ब्रत बिशेष गरि महिला दिदिबहिनीहरूले राम्राे पति पाउनका लागि र विवाहित महिलाहरूले पतिकाे दीर्घायुकाे कामना गरेर वस्ने प्रचलन रहेकाे छ। याे अवधिमा प्रत्येकका घर घरमा स्वस्थानी परमेश्वरीकाे ब्रत बसेर कथा भन्ने र सुनाउने गरिन्छ र यसरी ब्रत बस्दा मनकाे इच्छा पूरा हुने धार्मिक विश्वास रहि अाएकाे छ।
याे कथामा उल्लेख भए अनुसारका विभिन्न क्षेत्रहरू हिमालय पर्वत, श्लेष्मान्तक बन, सांखु लावण्यदेश, शालीनदी, पशुपती , गाैरीघाट अादि क्षेत्रहरू नेपालकाे पवित्र भूमिमा नै रहेकाे छ भने पार्वतीकी पिता हिमालय पर्वत समेत नेपालकै हिमालीक्षेत्रमा रहेकाे बुझिन्छ। याे अवधिमा सांखुकाे शालीनदी, पशुपतीकाे कैलाश, गाैरीघाट, गुहेश्वरी तथा सतीदेवीका अङ्ग पतन भएका अन्य शक्तिपिठहरूमा समेत भब्य मेला लाग्ने तथा श्रद्धालुहरूकाे भीड लाग्ने गर्दछ।
यस महान पर्वकाे अवसरमा ज्याेतिष सेवा सदन तथा ज्याे.पं. प्रेमानन्द शास्त्रीकाे तर्फवाट तपाइंकाे सु-स्वास्थ्य सम्बृद्धि, उत्तराेत्तर प्रगति, दीर्घायु सहित श्रीस्वस्थानी माताकाे पूर्ण कृपा प्राप्त हाेस् धेरै-धेरै अाशिर्वाद अनि श्रीस्वास्थानी ब्रतपर्वकाे हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं।
माङ्गलिक भङ्ग याेग
जन्म कुण्डलीमा जसरी माङ्गलिक याेग बन्दछ त्यसैगरी मङ्गल ग्रहकाे अवस्थिति अनुसार ग्रहहरू मिलेर माङ्गलिक याेग भङ्ग पनि गराउंदछ अर्थात माङ्गलिक दाेष नष्ट हुन्छ। जसलाइ ज्याेतिषिय भाषामा माङ्गलिक देाष परीहार भनेर जान्न सकिन्छ। माङ्गलिक याेग बनेकाे अवस्थामा बैबाहिक जिवन तनावग्रस्त, डामाडाेल, छाेडपत्र, झै-झगडा तथा अन्य तनाव समेत देख्न सकिन्छ । कस्ताे अवस्थामा माङ्गलिक याेग भङ्ग हुन्छ त अाउनुहाेस् चर्चा गराैं ।
यस ज्याेतिष सेवा सदनकाे वेबसाइटमा रहनुहुने ज्योतिष गुरूहरू र विशेषज्ञहरूले तारामा भएका रहस्यहरूलाई खोलेर बिस्तृत रूपमा समझाउंदे अनन्त दक्षतासँग सम्बन्धित परामर्श प्रदान गर्नुभएकाे मैले पाएं। मैले उहांहरूको अनुभवलाई चमत्कारी र अत्यन्त यथार्थपरक मानें। उहांहरूले मलाई मेरो अतीत, वर्तमान, र भविष्यको गहिरो अवलोकन गराउनु भयाे ।
जो सचमै असाधारण छ र याे भन्न सकिन्छ कि उहांहरूको परामर्श मात्र सामान्य भविष्यवाणी नभइ नितान्त व्यक्तिगत सम्पूर्ण अान्तरिक कुराहरूकाे विस्तृत बिबरण नै थियाे। उहांहरूले मलाइ एउटा रोडम्याप प्रदान गर्नुभयाे जसले मलाई जीवनको ट्विस्ट र मोडहरूलाई आत्मविश्वाससँग नाविगेट गर्न मद्दत गर्यो। उहांहरूले मलाई के भएको भनेर मात्र भन्नुभएन तर किन र कसरी अनि के कारणबाट भएको भनेर ग्रहहरूकाे अवस्था समेत सम्झाएर प्रमाणित तरिकाले भन्नुभएको थियो। बास्तबमै ज्याेतिषिय परामर्श भनेकाे त यस्ताे पाे हुनुपर्छ भन्ने मलाइ लाग्याे । ज्याेतिष सेवा सदन र मुख्यरूपमा मलाइ परामर्श दिने पूज्य गुरूजी श्री प्रेमानन्द शास्त्रीजीलाइ बिशेष सम्मान तथा नमस्कार ।