ज्याेतिष भनेकाे के हाे ?

साैर्यमण्डलमा भएका तारा नक्षत्र राशि वा ग्रहहरूले कुनै जातकलाइ उसकाे जीवनमा पार्ने प्रभावकाे बारेमा अध्ययन साथै दिब्यदृष्टी समेतले छर्लङ्ग पारिदिने ब्यक्तिलाइ ज्याेतिष भनिन्छ। ज्येातिषीकाे सहायताले वा सटिक भविष्यवाणीले हाम्राे जीवनमा सफलता प्राप्ती गर्नकाे लागि बाटाे देखाइदिने भएकाेले समय-समयमा ज्याेतिषी (ज्याेतिष) हरूसंग परामर्श लिने गर्नुपर्दछ।

ज्याेतिषी किन हेराउने ?

हाम्रेा पञ्चभाैतिक शरिरले प्रकृतिमा रहेका पृथ्वी, जल, तेज, हावा र अाकाश तत्वहरूसंग प्रत्यक्ष सम्बन्ध राखेकाे हुन्छ। प्रकृतिले संकेत गरे अनुसार हाम्राे दैनिकी पनि निर्धारण भएकाे हुन्छ। कुनै पनि कामकाे लागि यदि उचित समय पहिचान गर्न सकियाे भने गरेकाे कार्यमा सफलता प्राप्त हुन्छ। यस संसारमा बेग्ला-बेग्लै राशि वा नक्षत्रका ब्यक्तिलाय अलग-अलग समयमा सुख-दुख, घटन-दूर्घटना, सफलता-असफलता अादि मिल्ने गर्छ र त्यस्ताे समिके गणना ज्याेतिषशास्त्रकाे माध्यामबाट गर्न सकिने भएकाेले त्यस्ताे सफल समयकाे जानकारीकाे लागि याेग्य ज्याेतिषीकाे अावश्यकता पर्दछ।

About Astrology

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। ज्याेतिष त्यस्ताे विध्याकाे नाम हाे जुनद्वारा आकाशिय ग्रहकाे माध्यामबात वर्तमान, भूत र भविष्यकाे बारेमा जान्न सकिन्छ ।ज्याेतिष शास्त्र लाइ ज्याेति:शास्त्र पनि भनिन्च जसकाे अर्थ हुन्छ- प्रकाश दिनेवाला शास्त्र। अर्थात् त्यस्ताे शास्त्र जसले संसारकाे सुख-दु:ख, जीवन-मरण,तथा संसारकाे वस्तुस्थिति जस्ता विभिन्न कुराहरूमा जानकारी दिएर उज्यालेा बनाउने काम गर्दछ। यथा - ज्योतिषां सूर्यादि ग्रहाणां बोधकं शास्त्रम् । अर्थात् सूर्यादि ग्रहहरूकाे विषयमा जानकारी दिने शास्त्रलाइ ज्याेतिषशास्त्र भनिन्छ। सवै शास्त्रहरूमा वादविवाद तथा भ्रमहरू पाइन्छ र हाे कि हाेइन भन्ने शंका हुन्छ तर ज्याेतिषशास्त्र मात्र त्यस्ताे शास्त्र हाे जसमा सूर्य र चन्द्रमालाइ नै साक्षी राखेर प्रमाण दिइन्छ। यथा- विफलान्य शास्त्राणि विवादस्तेषु केवलम्, सफल ज्योतिषं शास्त्रं चन्द्रार्को यत्र साक्षिणाम् । अर्थात अन्य सबै शास्त्र निष्फल छ किनकी तीनमा वाद-विवाद भन्दा केही छैन तर सूर्य तथा चन्द्रमा जसकाे साक्षी छन् त्यस्ताे ज्याेतिष शास्त्र मात्र पूर्ण शास्त्र हाे।

What Do We Do ?

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

30

Years of
Experience


© Nepal Panchang
ReadMore

Horoscope Forecast

दैनिक, साप्ताहिक, मासिक तथा बार्षिक सटिक राशिफल हामीले यहांलाइ यस साइटमा उपलब्ध गराएका छाैं। राशिफलकाे मेनुमा गएर आफ्नो राशिफल वा दैनिक भविष्यवाणी हेरेर लाभ लिन सक्नुहुनेछ।

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

वृष

( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मिथुन

( का, कि, कु, घ, ङ, छ, के, को, हा )

कर्कट

( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सिंह

( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कन्या

( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तुला

( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

वृश्चिक

( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धनु

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मकर

( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कुम्भ

( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मीन

( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

Our Services

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

Kundli Dosha

जन्मकुण्डली (चीना-टीप्पन) बनाउन तथा हेराउन, बैबाहिक जिवन, शैक्षिक अवस्था, वैदेशिक राेजगार, विवाह मेलमिलाप, वर्तमान, भूत अनि भविष्यकाे बारेमा सम्पूर्ण परामर्श लिनकाे लागि वरिष्ठ ज्याेतिष गुरूबाट सेवा प्राप्त गर्नकाे लागि हामीसंग जाेडिन सक्नुहुनेछ।

Online Services

हाम्राे कार्यालयमा आएर प्रत्यक्ष सेवा लिन नसक्नेहरूकाे लागि अनलाइन सेवा समेत उपलब्ध रहेकाे छ साथै फाेनकलवाट, म्यासेन्जरबाट, ह्वाट्सएपबाट, भाइबरबाट, बाेटिमकलबाट समेत सेवा लिन सकिन्छ जसकाे लागि सम्पर्क मेनुमा गएर एपाेइन्टमेन्ट बुकिङ्ग गराउन सक्नुहुनेछ।

Rashi Ratna

राशिरत्न, पत्थर, रूद्राक्ष, शालिग्राम, गाेमतीचक्र, काैडा, शङ्ख, श्रीयन्त्र, कुवेरयन्त्र, ब्यापार बृद्धि यन्त्र,सर्वताेभद्रा,कालशर्पदाेष शान्ति लकेट, आदि सेवा लिन। जन्मकुण्डली तथा गाेचरमा भएका ग्रहहरूकाे अवस्थाकाे मूल्याङ्कन गरि आवश्यक राशिरत्नकाे छनाैट गर्दै अेारिजिनल पत्थरहरूबाट आफ्नै नापाेमा अैांठीहरू बनाइ त्यसलाइ प्राणप्रतिष्ठा समेत गरेर दिइन्छ जसले गर्दा आवश्यक परेकाे ग्रहकाे शक्ति पैदा भइ जिवनमा सफलता प्राप्त हुन्छ।

Kal Sharp Dosh

कालशर्पदाेष शान्तिकाे लागि हामीकहां ब्यक्तिगत तथा सामुहिक अनुष्ठान गराइन्छ । यदि कालशर्पदाेष, ग्रहणदाेष ,अङ्गारकदाेष, श्रापितदाेष तथा राहुकेतु जनित सम्पूर्ण दाेष शान्ति गर्नकाे लागि हामीकहां सम्पर्क गर्न सक्नुहुनेछ।

Book Your Appointment

Scan Here for Payment

Upload Screenshot of Your Payment Here

What My Clients Say

विगत ३० वर्षभन्दा बढी समयदेखि हामीले यहांहरूलाइ सेवा पुर्याउंदै आयका छाैं । यस दाैरानमा हजाराैं जनाले हामीसंग सेवा लिइसक्नुभएकाे छ। हामीबाट सेवा लिने यहांहरूलाइ हामीले पूर्ण सन्तुष्ट पाएका छाैं। जस मध्ये केही भनाइहरू यहां राखिएका छन् यहांकाे आफ्नै भाषामा जस्ताकाे तस्तै ।

Roshan Khanal

CEO-BITS

जो सचमै असाधारण छ त्यो भन्न सकिन्छ कि उनीहरूको परामर्श मात्र सामान्य भविष्यवाणी होइन; यो व्यक्तिगत र विस्तृत छ। उनीहरूले एक रोडम्याप प्रदान गरे, जसले मलाई जीवनको ट्विस्ट र मोडहरूलाई आत्मविश्वाससँग नाविगेट गर्न मद्दत गर्‍यो। ज्योतिषज्ञहरूले मात्र मलाई के भएको भनेर मात्र भनेनन्, तर किन र कसरी भएको समझाउनु भएको थियो।

Sudip Parajuli

MD-BITS

यस वेबसाइटमा रहेका ज्योतिषज्ञ र विशेषज्ञहरूले तारामा भएका रहस्यहरूलाई खोलेर अन्योलो रूपमा समझाउन अनन्त दक्षतासँग सम्बन्धित परामर्श प्रदान गर्दछन्। मैले उनीहरूको अनुभवलाई चमत्कारी र अत्यन्त अवगत मानें। उनीहरूले मलाई मेरो अतीत, वर्तमान, र भविष्यको गहिरो अवलोकन गराए।

Gaurav Sapkota

Full-stack Developer

तपाईंको ज्योतिषीय ज्ञानले मलाई मेरो व्यक्तिगत र पेशेवर जीवनमा साहयक भएको छ। तपाईंको दयालु र समर्थनका लागि म धन्यवाद दिन चाहन्छु। तपाईंको सेवा मलाई मानोवैज्ञानिक रूपमा उच्च रुचाइएको छ। म निश्चित रूपमा तपाईंलाई मेरो परिवार, काम, र सम्पूर्ण जीवनको सबै दृष्टिबाट हेर्ने व्यक्तिहरूलाई सिफारिस गर्दछु।

Popular Products

लग्न, राशि तथा ग्रहहरूकाे आधारमा राशिरत्नहरू, यन्त्रहरू, वास्तुदाेष निवारण तथा समाधानका लागि आबश्यक पर्ने यन्त्रहरू, रूद्राक्ष, स्फटिक, श्रीयन्त्र, ब्यापारबृद्धि यन्त्र, कुवेरयन्त्र, लक्ष्मीयन्त्र, राशी अनुसारका औठिहरु , कालशर्पशान्ति लकेट, शालिग्राम आधी हामीकहां पाइन्छन् ।


Insights for a Modern Industry 1792311240

<h2>Insights for a Modern Industry</h2><p>Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.</p>


Insights for a Modern Industry 1792311231

<h2>Insights for a Modern Industry</h2><p>Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.</p>


Insights for a Modern Industry 1792311225

<h2>Insights for a Modern Industry</h2><p>Teams across logistics and manufacturing are rethinking how they handle seasonal demand. This article breaks down three practical steps, from data hygiene to vendor alignment, with examples you can apply this week.</p>


निलम रत्न/

निलम रत्न शनिग्रहकाे रत्न हाे । बिशेष गरि मकर र कुंभ राशि/लग्न वाला जातकलाइ याे पत्थर लगाउने सल्लाह दिइन्छ। जसकाे कुण्डलीमा शनि बक्री, अस्त, निचराशिमा अवस्थित छ र शुभभावमा वसेकाे वा शुभ भावकाे स्वामि छ त्यस्ताे अवस्थामा निलम रत्न धारण गर्नु राम्राे मानिन्छ। साथै शनिकाे महादशा अन्तरदशा, शनि सांढेसाती अादि चलेकाे छ भने पनि निलम रत्न धारण गर्नु शुभ मानिन्छ। निलम रत्न धारण गर्दा जन्मकुण्डलीकाे राम्राेसंग परीक्षण गरायर मात्र धारण गर्नुपर्दछ अन्यथा यसकाे साइड इफेक्ट ज्यादै घातक हुन सक्छ।

Latest Articles

ज्याेतिष र खगाेल सम्बन्धी नयां नयां खाेज तथा अनुसन्धानात्मक लेख रचना आदी हामीले यहांहरूलाइ पस्किने छाैं। वरिष्ठ ज्याेतिषशास्त्री प्रेमानन्द शास्त्रीजीद्वारा लिखित विचारहरू तथा उहांवाट धेरै सिक्नपर्ने कुराहरू हामीले यसमा ब्लग मार्फत पाउने छाैं । पढेर शेयर गरिदिनुहाेला साथै हामीलाइ प्रतिक्रिया दिन नभुल्नुहाेला।

2026-09-25

साेर्हश्राद्ध २०८३

साेर्हश्राद्ध २०८३ / 2026

जयश्रीकृष्ण, प्रणाम ।। 
ज्योतिष सेवा सदनका आदरणीय ज्याे.पं. प्रेमानन्द शास्त्रीज्यूले तयार गर्नुभएकाे बि.सं. २०८३ सालको पितृपक्षसम्बन्धी जानकारीलाई शास्त्रीय मान्यता, श्राद्धको तिथि निर्णय, पार्वण श्राद्धको विधि, श्राद्ध गर्ने उचित समय, पिण्डदान, तर्पण, मातृनवमी, सर्वपितृ अमावस्या तथा श्राद्धपक्षमा ध्यान दिनुपर्ने विषयहरू समेटेर याे जानकारी प्रस्तुत गरेको छु।
पितृपक्ष हिन्दू धर्मपरम्परामा दिवङ्गत पितृहरूको स्मरण, तर्पण, पिण्डदान, श्राद्ध तथा दान गर्ने विशेष समय हो। यस अवधिमा श्रद्धापूर्वक गरिने कर्मलाई पितृप्रति कृतज्ञता व्यक्त गर्ने धार्मिक कर्तव्यका रूपमा लिइन्छ।
वि.सं. २०८३ सालको पितृपक्ष कहिलेदेखि कहिलेसम्म रहेकाे छ ? 
आरम्भ        २०८३ असोज ११ गते, आइतबार    प्रतिपदा श्राद्ध
समापन        २०८३ असोज २४ गते, शनिबार     सर्वपितृ अमावस्या
अङ्ग्रेजी मिति अनुसार २७ सेप्टेम्बर २०२६ देखि १० अक्टोबर २०२६ सम्म परेकाे छ । यसमा सम्लग्न श्राद्ध सम्बन्धी सम्पूर्ण बिवरण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको आधिकारिक पात्रोकाे अाधारमा रहेकाे छ । नेपालकाे अाधिकारिक पञ्चाङ्ग अनुसार यस वर्षकाे पितृपक्षमा कुन दिन कुन श्राद्ध गर्ने भन्ने बारेमा पनि हामीले जानकारी दिंदैछाैं । पितृपक्षमा  श्राद्ध गर्दा दिवङ्गत व्यक्तिको मृत्यु भएको तिथिअनुसार श्राद्ध गरिन्छ। उदाहरणका लागि, कुनै व्यक्तिको मृत्यु कृष्णपक्षको द्वितीया तिथिमा भएको थियो भने पितृपक्षको द्वितीया तिथिमा श्राद्ध गरिन्छ। यस वर्षकाे पितृपक्षका तिथिहरू यसप्रकार रहेका छन् । 
मिति                    बार               श्राद्ध
असोज १०          शनिबार            पूर्णिमा श्राद्ध ९पक्षपूर्व०, प्राष्टपदी श्राद्ध
असोज ११         आइतबार           प्रतिपदा श्राद्ध
असोज १२         सोमबार            द्वितीया श्राद्ध
असोज १३         मङ्गलबार          तृतीया तथा महाभरणी श्राद्ध
असोज १४         बुधबार             चतुर्थी श्राद्ध
असोज १५         बिहीबार           पञ्चमी श्राद्ध, षष्ठी श्राद्ध,
असोज १६         शुक्रबार           सप्तमी श्राद्ध
असोज १७         शनिबार           अष्टमी श्राद्ध
असोज १८        आइतबार          नवमी श्राद्ध ९मातृनवमी०
असोज १९        सोमबार             दशमी श्राद्ध
असोज २०        मङ्गलबार           एकादशी श्राद्ध
असोज २१        बुधबार               द्वादशी श्राद्ध तथा मघा श्राद्ध
असोज २२       बिहीबार             त्रयोदशी श्राद्ध
असोज २३       शुक्रबार              चतुर्दशी श्राद्ध
असोज २४       शनिबार              सर्वपितृ अमावस्या , औँसी श्राद्ध०
पितृपक्षमा कुन तिथिमा कसको श्राद्ध गर्ने ?
श्राद्धको तिथि        कसका लागि गरिन्छरु
प्रतिपदा                प्रतिपदा तिथिमा दिवङ्गत भएका पितृहरू
द्वितीया                 द्वितीयामा दिवङ्गत भएका पितृहरू
तृतीया                  तृतीयामा दिवङ्गत भएका पितृहरू
चतुर्थी                  चतुर्थीमा दिवङ्गत भएका पितृहरू
पञ्चमी                  पञ्चमीमा दिवङ्गत भएका पितृहरूस कतिपय परम्परामा अविवाहित अवस्थामा दिवङ्गत भएकाहरूको विशेष श्राद्ध
षष्ठी                     षष्ठी तिथिमा दिवङ्गत भएका पितृहरू
सप्तमी                 सप्तमी तिथिमा दिवङ्गत भएका पितृहरू
अष्टमी                  अष्टमीमा दिवङ्गत भएका पितृहरू
नवमी                   नवमीमा दिवङ्गत भएका पितृहरूस मातृनवमीमा दिवङ्गत मातृपक्षका महिलाहरूको विशेष श्राद्ध
दशमी                   दशमीमा दिवङ्गत भएका पितृहरू
एकादशी                एकादशीमा दिवङ्गत भएका पितृहरू
द्वादशी                   द्वादशीमा दिवङ्गत भएका पितृहरूस सन्यास ग्रहण गरेका व्यक्तिहरूको श्राद्ध पनि यस तिथिमा गर्ने परम्परा छ
त्रयोदशी                 त्रयोदशीमा दिवङ्गत भएका पितृहरूस बालकहरूको श्राद्धसम्बन्धी केही परम्परामा विशेष महत्त्व
चतुर्दशी                  चतुर्दशीमा दिवङ्गत भएका पितृहरूस विशेषतः शस्त्र, दुर्घटना वा असामान्य मृत्यु भएकाहरूको श्राद्धका लागि विशेष मान्यता
अमावस्या               मृत्यु तिथि थाहा नभएका वा अन्य तिथिमा श्राद्ध गर्न नसकिएका पितृहरूका लागि सर्वपितृ श्राद्ध
माथिका विशेष तिथिसम्बन्धी प्रचलनहरू सबै सम्प्रदायमा समान छैनन्। कुलपरम्परा, गृह्यसूत्र र स्थानीय आचारअनुसार निर्णय गर्नुपर्छ। 

श्राद्ध भनेको के हो ?
‘श्राद्ध’ शब्दको मूल भाव ‘श्रद्धा’ हो। श्रद्धापूर्वक पितृहरूको उद्देश्यले गरिने तर्पण, पिण्डदान, ब्राह्मणभोजन, दान तथा अन्य धार्मिक कर्मलाई श्राद्ध भनिन्छ।
भगवद्गीतामा पितृयज्ञको वारेमा उल्लेख  गरिएकाे छ ।श्रीमद्भगवद्गीता, अध्याय ९, श्लोक २५ अनुसार -
यान्ति देवव्रता देवान् पितॄन्यान्ति पितृव्रताः।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्॥ ९।२५॥
भावार्थ-  देवताको उपासना गर्नेहरू देवतासम्बन्धी गति प्राप्त गर्छन्, पितृहरूको उपासना गर्नेहरू पितृहरूको गति प्राप्त गर्छन्, भूतहरूको उपासना गर्नेहरू भूतहरूकहाँ पुग्छन् र मेरो उपासना गर्नेहरू मत्कहाँ आउँछन्।
यस श्लोकले पितृहरूको उपासना तथा पितृकर्मको धार्मिक महत्त्वलाई स्पष्ट गर्छ।
भगवद्गीता १७।२० — सात्त्विक दानकाे बारेमा यस्ताे भनाइ रहेकाे छ ।
दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम्॥ १७।२०॥
भावार्थ-  प्रतिफलको अपेक्षा नगरी, उचित देश, काल र पात्रलाई कर्तव्य सम्झेर दिइने दान सात्त्विक मानिन्छ। श्राद्धमा गरिने दान, भोजन तथा सेवा पनि श्रद्धा र निष्काम भावले गर्नुपर्ने शिक्षा यस श्लोकसँग सम्बन्धित छ।
मनुस्मृति ३।१२२ — पितृकर्ममा श्रद्धा हुनुपर्ने कुरालाइ यसरी जाेड दिइएकाे पाइन्छ ।
मनुस्मृतिको तृतीय अध्यायमा श्राद्ध, पितृपूजा, अतिथिसत्कार तथा ब्राह्मणभोजनको विस्तृत चर्चा गरिएको छ। श्राद्धमा श्रद्धा, शुद्धता र विधिपूर्वक कर्म गर्नु यसको मूल आधार हो। शास्त्रीय आधारका मुख्य ग्रन्थहरू - मनुस्मृति, याज्ञवल्क्यस्मृति, विष्णुधर्मसूत्र, गरुडपुराण, धर्मसिन्धु तथा निर्णयसिन्धुमा श्राद्ध, तर्पण, पिण्डदान र पितृकर्मसम्बन्धी विस्तृत विधान पाइन्छ।
साेर्हश्राद्ध अर्थात् पार्वण श्राद्ध भनेको के हो ?
पितृपक्षमा गरिने नियमित पितृश्राद्धलाई सामान्यतः पार्वण श्राद्ध भनिन्छ। पार्वण श्राद्धमा पितृहरूलाई उद्देश्य गरी विधिपूर्वक सङ्कल्प, आवाहन, अर्घ्य, पिण्डदान, तर्पण, ब्राह्मणभोजन तथा दान गरिन्छ। पार्वण श्राद्धमा प्रायः तीन पुस्ताका पितृहरूलाई विशेष रूपमा स्मरण गरिन्छ । पिता, पितामह र प्रपितामह। माता, पितामही र प्रपितामही। कुलपरम्परा तथा पितृपक्षको विधिअनुसार मातृपक्षका पितृहरू पनि। पार्वण श्राद्धमा विश्वेदेवको पूजा तथा पितृहरूलाई अर्घ्य अर्पण गर्ने विधि पनि कतिपय गृह्यसूत्रीय परम्परामा उल्लेख छ।
पार्वण श्राद्ध कसरी गर्ने ?
यहाँ सामान्य गृहस्थ परम्परामा प्रचलित पार्वण श्राद्धको क्रम प्रस्तुत गरिएको छ। मन्त्र, देवता आवाहन, पिण्डको सङ्ख्या र पात्रको व्यवस्था गोत्र, शाखा, गृह्यसूत्र तथा कुलपरम्पराअनुसार फरक हुन सक्छ।
पहिलो चरण — स्नान, शुद्धता र सङ्कल्प 

प्रातःकाल स्नान गरी स्वच्छ वस्त्र धारण गर्ने।
श्राद्धस्थल सफा गरी कुश, तिल, जल, अक्षता, पुष्प, पिण्डका लागि पाकेको चामल वा चामलको पिठो, घिउ, मधु तथा आवश्यक सामग्री तयार गर्ने।
आचमन, प्राणायाम र देवस्मरणपछि सङ्कल्प गर्ने।
सङ्कल्पमा देश, काल, संवत्सर, मास, पक्ष, तिथि, गोत्र, पितृहरूको नाम र श्राद्धको उद्देश्य उल्लेख गरिन्छ।
सङ्कल्पको सामान्य भाव यस्तेा हुनुपर्दछ । तर श्राद्ध गराउने पुराेहीत तथा पण्डितजीहरूबाट नै सङ्कल्प पूरा गराउने प्रचलन रहेकाे छ । 
“मेरा दिवङ्गत पिता, पितामह, प्रपितामह तथा मातृपक्षका पितृहरूको तृप्ति, कल्याण र सद्गतिको कामनाले शास्त्रोक्त विधिअनुसार श्राद्धकर्म गर्दैछु।”
यो भावार्थ होस पूर्ण वैदिक सङ्कल्पका शब्द शाखा र परम्पराअनुसार फरक हुन्छन्।
दोस्रो चरण — विश्वेदेव तथा पितृ आवाहन
पार्वण श्राद्धको परम्पराअनुसार विश्वेदेवको पूजन गरिन्छ। त्यसपछि पितृहरूको आवाहन गरी आसन, अर्घ्य, गन्ध, पुष्प, धूप तथा दीप अर्पण गरिन्छ।
कुशको प्रयोग पितृकर्ममा विशेष महत्त्वपूर्ण मानिन्छ। कुशको दिशा, आसन तथा पितृतीर्थबाट जल अर्पण गर्ने विधि परम्परागत नियमअनुसार मिलाउनुपर्छ।
तेस्रो चरण — पिण्डदान
पकाएको शुद्ध चामल वा खीर अथवा पायस, तिल तथा आवश्यक सामग्रीबाट पिण्ड तयार गरी पितृहरूलाई अर्पण गरिन्छ।
सामान्यतः पितृहरूको तीन पुस्ताका लागि पिण्डदान गरिन्छ। तर कुलपरम्परा, पितृको अवस्था तथा श्राद्धको प्रकारअनुसार पिण्डको सङ्ख्या फरक हुन सक्छ।
पिण्डदान गर्दा पितृहरूको नाम, गोत्र र सम्बन्ध स्पष्ट रूपमा स्मरण गरी श्रद्धापूर्वक अर्पण गरिन्छ।

चौथो चरण — पितृतर्पण
तिलमिश्रित जलबाट पितृहरूलाई तर्पण गरिन्छ। तर्पणमा पितृतीर्थको प्रयोग गरिन्छ, जसको परम्परागत स्थान हातको बूढीऔँलातर्फको भाग मानिन्छ।
तर्पण गर्दा पितृहरूको नाम र गोत्रसहित जल अर्पण गर्ने परम्परा छ। कतिपय परम्परामा पिण्डदानपछि तर्पण गरिन्छ भने कतिपयमा क्रम फरक हुन सक्छ। कतिपय स्थानहरूमा श्राद्धकाे अघिल्लाे दिनमा नै तर्पण गर्ने गरिन्छ भने कतिपय स्थानहरूमा शुरूमा तर्पण गरेर अनि वल्ल श्राद्ध गर्ने परम्परा रहेकाे पाइन्छ ।
पाँचौँ चरण — ब्राह्मणभोजन तथा पितृप्रसाद
श्राद्धमा आमन्त्रित ब्राह्मणलाई विधिपूर्वक भोजन गराउने, दक्षिणा दिने र पितृहरूको नाममा अन्नदान गर्ने परम्परा छ।
ब्राह्मणभोजन सम्भव नभएमा आफ्नो कुलपरम्पराअनुसार वैकल्पिक विधि अपनाउन सकिन्छ। असहाय, गरिब तथा भोकाएका व्यक्तिलाई भोजन गराउनु पनि पुण्यकर्म मानिन्छ।
छैटौँ चरण — विसर्जन र प्रार्थना
श्राद्धको अन्त्यमा पितृहरूलाई नमस्कार गरी प्रार्थना गर्ने, विधिपूर्वक विसर्जन गर्ने र पितृहरूको कल्याणको कामना गर्ने। पिण्ड तथा पूजासामग्रीको विसर्जन गर्दा स्थानीय धार्मिक परम्परा र वातावरणीय स्वच्छताको ध्यान दिनुपर्छ।श्राद्ध कति बेला गर्ने ? — कुतुप, रौहिण र अपराह्न काल ।
पितृपक्षको पार्वण श्राद्धका लागि अपराह्न काल विशेष महत्त्वपूर्ण मानिन्छ। धर्मशास्त्रीय परम्परामा मध्याह्नपछि पर्ने अपराह्न समयमा श्राद्ध गर्ने विधान छ। श्राद्धका लागि विशेष महत्त्वका तीन समय - 
कुतुप मुहूर्त  (कुतुप काल०)
मध्याह्नतिर पर्ने विशेष शुभ समय। पार्वण श्राद्धमा यसको विशेष महत्त्व छ। परम्परागत मुहूर्त गणनामा यसको अवधि लगभग ४८ मिनेट मानिन्छ।
रौहिण मुहूर्त  (रौहिण काल०)
कुतुप मुहूर्तपछि आउने अर्को विशेष समय। कतिपय पञ्चाङ्गीय गणनामा यसको अवधि पनि लगभग ४८ मिनेट हुन्छ।
अपराह्न काल
मध्याह्नपछि पर्ने समय। पार्वण श्राद्धको मुख्य कर्म यसै समयमा गर्ने परम्परा छ। श्राद्धको दिन तिथि अपराह्नमा व्याप्त छ कि छैन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
नेपालमा श्राद्धको समय कसरी निर्धारण गर्ने ?
श्राद्धको घडीको समय स्थानअनुसार फरक हुन्छ। काठमाडौं, चितवन, जनकपुर तथा अन्य स्थानमा सूर्योदय, मध्याह्न र अपराह्नको समय एकै हुँदैन।
त्यसैले श्राद्धको दिन स्थानीय सूर्योदय र मध्याह्नको समय हेर्ने। कुतुप र रौहिण मुहूर्तको समय पञ्चाङ्गबाट मिलाउने। तिथि अपराह्नमा व्याप्त भएको छ कि छैन जाँच्ने। सम्भव भएसम्म कुतुप मुहूर्तदेखि अपराह्न कालभित्र मुख्य श्राद्धकर्म सम्पन्न गर्ने। ध्यान दिनुपर्ने कुरा कुतुप मुहूर्त र अपराह्न काल एउटै होइनन्। श्राद्धको निर्णयमा तिथिव्याप्ति तथा कुलपरम्परालाई पनि महत्त्व दिनुपर्छ।
विशेष श्राद्धहरू — महाभरणी, मातृनवमी, मघा र सर्वपितृ अमावस्या
१. महाभरणी श्राद्ध - भरणी नक्षत्रमा गरिने श्राद्धलाई महाभरणी श्राद्ध भनिन्छ। पितृकर्मका लागि भरणी नक्षत्रलाई विशेष महत्त्व दिइन्छ। पितृपक्षमा भरणी नक्षत्र परेको दिन विशेष श्राद्ध गर्ने परम्परा छ।
२. मातृनवमी श्राद्ध - पितृपक्षको नवमी तिथिलाई मातृनवमी भनिन्छ। दिवङ्गत आमा, हजुरआमा तथा मातृपक्षका महिलाहरूको स्मरणमा विशेष श्राद्ध गर्ने परम्परा छ। आमाको मृत्यु तिथि थाहा नभएको अवस्थामा पनि कतिपय परम्परामा मातृनवमीमा श्राद्ध गरिन्छ।
३. मघा श्राद्ध - मघा नक्षत्र पितृसम्बन्धी मान्यताका कारण विशेष महत्त्वपूर्ण मानिन्छ। मघा नक्षत्रमा गरिने श्राद्धलाई मघा श्राद्ध भनिन्छ। यसको निर्णय स्थानीय पञ्चाङ्ग र परम्पराअनुसार गरिन्छ।
४. सर्वपितृ अमावस्या -  पितृपक्षको अन्तिम दिन पर्ने अमावस्यालाई सर्वपितृ अमावस्या भनिन्छ। मृत्यु तिथि थाहा नभएका, पितृपक्षमा अन्य तिथिमा श्राद्ध गर्न नसकिएका वा विभिन्न पितृहरूको सामूहिक श्राद्ध गर्न चाहनेहरूका लागि यो दिन विशेष मानिन्छ।
सर्वपितृ अमावस्यामा के गर्ने ?
पितृहरूको नाम र गोत्र स्मरण गरी सङ्कल्प गर्ने।
तिलमिश्रित जलबाट तर्पण गर्ने।
कुलपरम्पराअनुसार पिण्डदान तथा श्राद्ध गर्ने।
ब्राह्मणभोजन, अन्नदान वा आवश्यक परोपकारी सेवा गर्ने।
पितृहरूको शान्ति र कल्याणको प्रार्थना गर्ने।
श्राद्धपक्षमा विशेष ध्यान दिनुपर्ने कुराहरू
पितृपक्षमा श्राद्धकर्मका साथै आचरण, शुद्धता, संयम र दानधर्मलाई पनि महत्त्व दिइन्छ।
श्राद्धपक्षका १० महत्त्वपूर्ण नियम
श्रद्धा र शुद्धतास् श्राद्ध गर्दा शारीरिक तथा मानसिक शुद्धता कायम राख्ने र श्रद्धापूर्वक कर्म गर्ने।
तिथि निश्चित गर्नेस् दिवङ्गत व्यक्तिको मृत्यु भएको तिथि पत्ता लगाई सोही तिथिमा श्राद्ध गर्ने। तिथि थाहा नभएमा कुलपरम्पराअनुसार सर्वपितृ अमावस्यामा श्राद्ध गर्न सकिन्छ।
समयको ध्यान दिनेस् पार्वण श्राद्ध अपराह्न कालमा गर्ने। तिथि र मुहूर्त स्थानीय पञ्चाङ्गअनुसार मिलाउने।
सात्त्विक भोजनस् श्राद्धको दिन सात्त्विक भोजन गर्ने। कतिपय परम्परामा मांसाहार, मदिरा, लसुन, प्याज आदि त्याग्ने चलन छ।
दान र सेवास् अन्नदान, वस्त्रदान तथा आवश्यक परोपकारी सेवा गर्ने। दान गर्दा प्रतिफलको अपेक्षा नराख्ने।
क्रोध र विवादबाट टाढा रहनेस् श्राद्धपक्षमा परिवारमा सद्भाव, शान्ति र परस्पर सम्मान कायम राख्ने।
पितृहरूको नाम र गोत्रस् श्राद्धमा पितृहरूको नाम, गोत्र र सम्बन्ध यथासम्भव स्पष्ट उल्लेख गर्ने।
पिण्ड र तर्पणको शुद्धतास् कुश, तिल, जल तथा पिण्डको प्रयोग कुलपरम्परा र शास्त्रीय विधिअनुसार गर्ने।
जीवजन्तुप्रति करुणास् गाई, कुकुर, काग तथा अन्य जीवप्रति दया राख्ने। कागलाई भोजन दिने चलन कतिपय श्राद्धपरम्परामा प्रचलित छ।
असमर्थ भएमा विकल्पस् पूर्ण विधि गर्न नसक्ने अवस्थामा आफ्नो कुलपरम्पराअनुसार तर्पण, प्रार्थना, दान वा सरल श्राद्ध विधि अपनाउन सकिन्छ।
पितृपक्षमा के गर्नु राम्रो मानिन्छ ?
दिवङ्गत माता(पिता तथा पितृहरूको स्मरण र प्रार्थना।
वृद्धवृद्धा, असहाय तथा भोकाएका व्यक्तिलाई भोजन गराउने।
धर्मग्रन्थको पाठ, भगवान् विष्णुको स्मरण तथा सत्कर्म।
परिवारका ज्येष्ठ सदस्यहरूको सम्मान र सेवा।
आफ्नो क्षमता र परम्पराअनुसार श्राद्ध, तर्पण तथा दान गर्ने।
स्पष्ट पार्नुपर्ने कुरास् पितृपक्षमा विवाह, गृहप्रवेश तथा अन्य माङ्गलिक कर्म नगर्ने परम्परा धेरै समुदायमा छ। तर यस अवधिमा सबै शुभकर्म निषेध छन् भन्ने निष्कर्ष सबै धर्मशास्त्रीय परम्परामा समान छैन।
श्राद्ध गर्न नसक्ने अवस्थामा के गर्ने ?
कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा सर्वपितृ अमावस्यामा श्राद्ध गर्ने परम्परा छ। तर सबै अवस्थामा अमावस्या नै विकल्प हुन्छ भन्ने छैन। मृत्यु तिथि, श्राद्धको प्रकार र कुलपरम्पराअनुसार निर्णय गर्नुपर्छ।
पूर्ण श्राद्ध गर्न नसक्ने व्यक्तिले आफ्नो परम्पराअनुसार निम्न कर्म गर्न सकिन्छ -
पितृहरूको नाममा तिलमिश्रित जलबाट तर्पण।
पितृहरूको स्मरण गरी प्रार्थना।
अन्नदान वा असहायलाई भोजन।
योग्य पुरोहितको मार्गदर्शनमा सरल श्राद्ध विधि।
पितृकर्मको मूल भाव श्रद्धा, कृतज्ञता र धर्मपालन हो।
पितृपक्षको समापनमा भन्न सकिने श्लोक
श्राद्धकर्मको अन्त्यमा पितृहरूको कल्याणको कामना गर्दै निम्न प्रार्थना गर्न सकिन्छ।
ॐ पितृभ्यः स्वधायिभ्यः स्वधा नमः।
पितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः।
प्रपितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः।
यो पितृहरूलाई स्वधा अर्पण गर्ने भावको मन्त्रात्मक प्रार्थना हो। पूर्ण वैदिक मन्त्रपाठका लागि आफ्नो शाखा तथा कुलपरम्पराअनुसार पुरोहितबाट पुष्टि गर्नु उपयुक्त हुन्छ।
“प्रिय पाठकवृन्द , पितृपक्ष केवल श्राद्ध गर्ने समय मात्र होइन, आफ्ना माता - पिता, पुर्खा तथा दिवङ्गत आत्माहरूको स्मरण गर्ने, उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्ने र धर्म, सेवा तथा सदाचारको मार्गमा अघि बढ्ने पवित्र अवसर पनि हो। हाम्रो सनातन धर्मले पितृहरूको सम्मान, वृद्धवृद्धाको सेवा, दान, करुणा र श्रद्धालाई विशेष महत्त्व दिएको छ। त्यसैले पितृपक्षमा आफ्नो कुलपरम्परा र शास्त्रीय विधिअनुसार श्राद्ध, तर्पण तथा दान गरौँ। भगवान् श्रीहरिको कृपाले सम्पूर्ण पितृहरूको कल्याण होस्, सबै परिवारमा सुख, शान्ति र सद्भाव कायम रहोस्। जयश्रीकृष्ण, प्रणाम। राधे राधे ।