ज्याेतिष भनेकाे के हाे ?

साैर्यमण्डलमा भएका तारा नक्षत्र राशि वा ग्रहहरूले कुनै जातकलाइ उसकाे जीवनमा पार्ने प्रभावकाे बारेमा अध्ययन साथै दिब्यदृष्टी समेतले छर्लङ्ग पारिदिने ब्यक्तिलाइ ज्याेतिष भनिन्छ। ज्येातिषीकाे सहायताले वा सटिक भविष्यवाणीले हाम्राे जीवनमा सफलता प्राप्ती गर्नकाे लागि बाटाे देखाइदिने भएकाेले समय-समयमा ज्याेतिषी (ज्याेतिष) हरूसंग परामर्श लिने गर्नुपर्दछ।

ज्याेतिषी किन हेराउने ?

हाम्रेा पञ्चभाैतिक शरिरले प्रकृतिमा रहेका पृथ्वी, जल, तेज, हावा र अाकाश तत्वहरूसंग प्रत्यक्ष सम्बन्ध राखेकाे हुन्छ। प्रकृतिले संकेत गरे अनुसार हाम्राे दैनिकी पनि निर्धारण भएकाे हुन्छ। कुनै पनि कामकाे लागि यदि उचित समय पहिचान गर्न सकियाे भने गरेकाे कार्यमा सफलता प्राप्त हुन्छ। यस संसारमा बेग्ला-बेग्लै राशि वा नक्षत्रका ब्यक्तिलाय अलग-अलग समयमा सुख-दुख, घटन-दूर्घटना, सफलता-असफलता अादि मिल्ने गर्छ र त्यस्ताे समिके गणना ज्याेतिषशास्त्रकाे माध्यामबाट गर्न सकिने भएकाेले त्यस्ताे सफल समयकाे जानकारीकाे लागि याेग्य ज्याेतिषीकाे अावश्यकता पर्दछ।

About Astrology

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। ज्याेतिष त्यस्ताे विध्याकाे नाम हाे जुनद्वारा आकाशिय ग्रहकाे माध्यामबात वर्तमान, भूत र भविष्यकाे बारेमा जान्न सकिन्छ ।ज्याेतिष शास्त्र लाइ ज्याेति:शास्त्र पनि भनिन्च जसकाे अर्थ हुन्छ- प्रकाश दिनेवाला शास्त्र। अर्थात् त्यस्ताे शास्त्र जसले संसारकाे सुख-दु:ख, जीवन-मरण,तथा संसारकाे वस्तुस्थिति जस्ता विभिन्न कुराहरूमा जानकारी दिएर उज्यालेा बनाउने काम गर्दछ। यथा - ज्योतिषां सूर्यादि ग्रहाणां बोधकं शास्त्रम् । अर्थात् सूर्यादि ग्रहहरूकाे विषयमा जानकारी दिने शास्त्रलाइ ज्याेतिषशास्त्र भनिन्छ। सवै शास्त्रहरूमा वादविवाद तथा भ्रमहरू पाइन्छ र हाे कि हाेइन भन्ने शंका हुन्छ तर ज्याेतिषशास्त्र मात्र त्यस्ताे शास्त्र हाे जसमा सूर्य र चन्द्रमालाइ नै साक्षी राखेर प्रमाण दिइन्छ। यथा- विफलान्य शास्त्राणि विवादस्तेषु केवलम्, सफल ज्योतिषं शास्त्रं चन्द्रार्को यत्र साक्षिणाम् । अर्थात अन्य सबै शास्त्र निष्फल छ किनकी तीनमा वाद-विवाद भन्दा केही छैन तर सूर्य तथा चन्द्रमा जसकाे साक्षी छन् त्यस्ताे ज्याेतिष शास्त्र मात्र पूर्ण शास्त्र हाे।

What Do We Do ?

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

30

Years of
Experience


© Nepal Panchang
ReadMore

Horoscope Forecast

दैनिक, साप्ताहिक, मासिक तथा बार्षिक सटिक राशिफल हामीले यहांलाइ यस साइटमा उपलब्ध गराएका छाैं। राशिफलकाे मेनुमा गएर आफ्नो राशिफल वा दैनिक भविष्यवाणी हेरेर लाभ लिन सक्नुहुनेछ।

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

वृष

( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मिथुन

( का, कि, कु, घ, ङ, छ, के, को, हा )

कर्कट

( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सिंह

( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कन्या

( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तुला

( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

वृश्चिक

( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धनु

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मकर

( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कुम्भ

( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मीन

( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

Our Services

संसारकाे जुनसुकै स्थानमा जन्म भएपनि सटिक जन्मकुण्डली निर्माण गर्न, कुण्डली परामर्श लिन, कर्मकाण्ड सम्वन्धी सम्पूर्ण सेवा जस्तै- ग्रहशान्ति, कालशर्पदाेष शान्ति, माङ्गलिकदाेष शान्ति, पितृदाेष शान्ति, गण्डान्तदाेष शान्ति, सांडेशातिदशा शान्ति, महामृत्यञ्जय पाठ, यज्ञ अनुष्ठान, नारायणवली कर्म, त्रिपिण्डी श्राद्ध आदी । कुण्डली मिलान, शरिर कम्पन हुने वा छाेप्ने बेथाकाे उपचार लगायत धेरै सेवाहरू हामी हजुरलाइ दिनेछाैं। साथै प्रत्येक दिन लाइभ कार्यक्रम मार्फत निशुल्क परामर्श सेवा समेत दिने गरेका छाैं।

Kundli Dosha

जन्मकुण्डली (चीना-टीप्पन) बनाउन तथा हेराउन, बैबाहिक जिवन, शैक्षिक अवस्था, वैदेशिक राेजगार, विवाह मेलमिलाप, वर्तमान, भूत अनि भविष्यकाे बारेमा सम्पूर्ण परामर्श लिनकाे लागि वरिष्ठ ज्याेतिष गुरूबाट सेवा प्राप्त गर्नकाे लागि हामीसंग जाेडिन सक्नुहुनेछ।

Online Services

हाम्राे कार्यालयमा आएर प्रत्यक्ष सेवा लिन नसक्नेहरूकाे लागि अनलाइन सेवा समेत उपलब्ध रहेकाे छ साथै फाेनकलवाट, म्यासेन्जरबाट, ह्वाट्सएपबाट, भाइबरबाट, बाेटिमकलबाट समेत सेवा लिन सकिन्छ जसकाे लागि सम्पर्क मेनुमा गएर एपाेइन्टमेन्ट बुकिङ्ग गराउन सक्नुहुनेछ।

Rashi Ratna

राशिरत्न, पत्थर, रूद्राक्ष, शालिग्राम, गाेमतीचक्र, काैडा, शङ्ख, श्रीयन्त्र, कुवेरयन्त्र, ब्यापार बृद्धि यन्त्र,सर्वताेभद्रा,कालशर्पदाेष शान्ति लकेट, आदि सेवा लिन। जन्मकुण्डली तथा गाेचरमा भएका ग्रहहरूकाे अवस्थाकाे मूल्याङ्कन गरि आवश्यक राशिरत्नकाे छनाैट गर्दै अेारिजिनल पत्थरहरूबाट आफ्नै नापाेमा अैांठीहरू बनाइ त्यसलाइ प्राणप्रतिष्ठा समेत गरेर दिइन्छ जसले गर्दा आवश्यक परेकाे ग्रहकाे शक्ति पैदा भइ जिवनमा सफलता प्राप्त हुन्छ।

Kal Sharp Dosh

कालशर्पदाेष शान्तिकाे लागि हामीकहां ब्यक्तिगत तथा सामुहिक अनुष्ठान गराइन्छ । यदि कालशर्पदाेष, ग्रहणदाेष ,अङ्गारकदाेष, श्रापितदाेष तथा राहुकेतु जनित सम्पूर्ण दाेष शान्ति गर्नकाे लागि हामीकहां सम्पर्क गर्न सक्नुहुनेछ।

Book Your Appointment

Scan Here for Payment

Upload Screenshot of Your Payment Here

What My Clients Say

विगत ३० वर्षभन्दा बढी समयदेखि हामीले यहांहरूलाइ सेवा पुर्याउंदै आयका छाैं । यस दाैरानमा हजाराैं जनाले हामीसंग सेवा लिइसक्नुभएकाे छ। हामीबाट सेवा लिने यहांहरूलाइ हामीले पूर्ण सन्तुष्ट पाएका छाैं। जस मध्ये केही भनाइहरू यहां राखिएका छन् यहांकाे आफ्नै भाषामा जस्ताकाे तस्तै ।

Roshan Khanal

CEO-BITS

जो सचमै असाधारण छ त्यो भन्न सकिन्छ कि उनीहरूको परामर्श मात्र सामान्य भविष्यवाणी होइन; यो व्यक्तिगत र विस्तृत छ। उनीहरूले एक रोडम्याप प्रदान गरे, जसले मलाई जीवनको ट्विस्ट र मोडहरूलाई आत्मविश्वाससँग नाविगेट गर्न मद्दत गर्‍यो। ज्योतिषज्ञहरूले मात्र मलाई के भएको भनेर मात्र भनेनन्, तर किन र कसरी भएको समझाउनु भएको थियो।

Sudip Parajuli

MD-BITS

यस वेबसाइटमा रहेका ज्योतिषज्ञ र विशेषज्ञहरूले तारामा भएका रहस्यहरूलाई खोलेर अन्योलो रूपमा समझाउन अनन्त दक्षतासँग सम्बन्धित परामर्श प्रदान गर्दछन्। मैले उनीहरूको अनुभवलाई चमत्कारी र अत्यन्त अवगत मानें। उनीहरूले मलाई मेरो अतीत, वर्तमान, र भविष्यको गहिरो अवलोकन गराए।

Gaurav Sapkota

Full-stack Developer

तपाईंको ज्योतिषीय ज्ञानले मलाई मेरो व्यक्तिगत र पेशेवर जीवनमा साहयक भएको छ। तपाईंको दयालु र समर्थनका लागि म धन्यवाद दिन चाहन्छु। तपाईंको सेवा मलाई मानोवैज्ञानिक रूपमा उच्च रुचाइएको छ। म निश्चित रूपमा तपाईंलाई मेरो परिवार, काम, र सम्पूर्ण जीवनको सबै दृष्टिबाट हेर्ने व्यक्तिहरूलाई सिफारिस गर्दछु।

Popular Products

लग्न, राशि तथा ग्रहहरूकाे आधारमा राशिरत्नहरू, यन्त्रहरू, वास्तुदाेष निवारण तथा समाधानका लागि आबश्यक पर्ने यन्त्रहरू, रूद्राक्ष, स्फटिक, श्रीयन्त्र, ब्यापारबृद्धि यन्त्र, कुवेरयन्त्र, लक्ष्मीयन्त्र, राशी अनुसारका औठिहरु , कालशर्पशान्ति लकेट, शालिग्राम आधी हामीकहां पाइन्छन् ।


निलम रत्न/

निलम रत्न शनिग्रहकाे रत्न हाे । बिशेष गरि मकर र कुंभ राशि/लग्न वाला जातकलाइ याे पत्थर लगाउने सल्लाह दिइन्छ। जसकाे कुण्डलीमा शनि बक्री, अस्त, निचराशिमा अवस्थित छ र शुभभावमा वसेकाे वा शुभ भावकाे स्वामि छ त्यस्ताे अवस्थामा निलम रत्न धारण गर्नु राम्राे मानिन्छ। साथै शनिकाे महादशा अन्तरदशा, शनि सांढेसाती अादि चलेकाे छ भने पनि निलम रत्न धारण गर्नु शुभ मानिन्छ। निलम रत्न धारण गर्दा जन्मकुण्डलीकाे राम्राेसंग परीक्षण गरायर मात्र धारण गर्नुपर्दछ अन्यथा यसकाे साइड इफेक्ट ज्यादै घातक हुन सक्छ।


माणिक्य/रूबी स्टाेन

माणिक्य रत्न सूर्य ग्रहकाे रत्न मानिन्छ। यदि जन्मकुण्डलीमा सूर्यकाे स्थिति कमजाेर छ भने बांकी ग्रहहरू जति नै राम्रा भएतापनि शुभ फल प्रदायक मानिंदैनन् त्यसकारण सूर्यग्रहलाइ मजवुत बनाउनुपर्छ त्यसकाे लागि माणिक्य रत्न निकै प्रभावकारि हुन्छ। यसलाइ पद्मराग, रविरत्न अथा रूबी स्टाेन अादि नामले पनि चिनिन्छ। याे रत्न धारण गर्नाले अात्मविश्वासका बृद्धि हुने तथा हरेक तनावलाइ घटाउंदै लाने र अन्य ब्यक्तिहरूप्रति राम्राे धारणाकाे विकास गरिदिन्छ। साथै याे रत्नले छाला सम्बन्धी विकार समेत हटाउंदै निराेगी काया बनाउंछ।


मुंगा रत्न

याे पत्थर मेष र बृश्चिक लग्न राशि भएकाहरूलाइ विशेष लाभकारि मानिन्छ। सिंह र कर्कट लग्नका जातकका लागि पनि याे पत्थर लाभदायक मानिन्छ । सामान्यतथा याे पत्थर मेष र बृश्चिक राशि/लग्न भएका तथा मङ्गलबार जन्मभएका जातकहरूका लागि शुभ फलदायक मानिन्छ। ज्याे.पं. प्रेमानन्द शास्त्रीका अनुसार मङ्गल ग्रहकाे अवस्था हेरेर मात्र मुंगा धारण गर्नुपर्दछ। यदि मङ्गल ग्रह यदि जन्मकुण्डलीमा मारकेस बनेर बसेकाे छ भने याे पत्थरकाे प्रयाेग हानिकारक मानिन्छ।


पुष्पराज/पुषराज रत्न

याे रत्न धनु र मीन राशि / लग्न तथा गुरू बृहस्पतिकाे लागि हाे । मिथुन र कन्या राशि भएकाहरूलाइ यदि प्रेममा बाधा भयाे भने पनि यहि रत्न सहायक सिद्ध मानिन्छ। बिहीबार जन्मभएका हरूलाइ समेत याे पत्थर सहायक मानिन्छ। ब्यापार ब्यावशायमा बृद्धिहाेस् भन्नका लागि समेत याे पत्थरकाे प्रयाेग गरिन्छ। ज्याे.पं. प्रेमानन्दशास्त्रीका अनुसार याेग्य ज्याेतिषीलाइ कुण्डली देखायर, उचित ताेल र अाकार भएकाे, पूर्ण सिद्धि गरेर , गुरूपुष्य याेग वा बिहीबारकाे दिन पारेर मात्र याे पत्थर धारण गर्नुपर्दछ।

Latest Articles

ज्याेतिष र खगाेल सम्बन्धी नयां नयां खाेज तथा अनुसन्धानात्मक लेख रचना आदी हामीले यहांहरूलाइ पस्किने छाैं। वरिष्ठ ज्याेतिषशास्त्री प्रेमानन्द शास्त्रीजीद्वारा लिखित विचारहरू तथा उहांवाट धेरै सिक्नपर्ने कुराहरू हामीले यसमा ब्लग मार्फत पाउने छाैं । पढेर शेयर गरिदिनुहाेला साथै हामीलाइ प्रतिक्रिया दिन नभुल्नुहाेला।

2026-07-28

सामुहिक शान्ति पूजा कार्यक्रम २०८३

सामुहिक शान्ति कार्यक्रम २०८३

जयश्रीकृष्ण, प्रणाम ।। यदि हजुरको जन्मकुण्डलीमा शर्पदोष, नागदोष, पितृदोष, प्रेतदोष, ग्रहणदोष, विषदोष, अङ्गारकदोष, शनिमङ्गलदोष, माङ्गलिकदोष, बैधब्यदोष तथा राहु केतु जनित हरेक दोषहरू बनेका छन् र हरेक कुरामा तनाब भोगिरहनु भएको छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दोषबाट छुटकारा पाउन सकिन्छ । 
यहि आगामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि बिभिन्न दोषहरूको निवारणका लागि सामिहिक शान्ति पूजाको आयोजना गरिएकोले सिट सिमित भएको हुंदा यथासक्य छिटो सम्पर्क गरि नाम दर्ता गराइ आफ्नो स्थान सुरक्षित गराउनुहोला । 
जन्मकुण्डलीमा शर्पदोष, पितृदोष तथा अन्य दोषहरू छ कि छैन भनेर जान्नको लागि तथा सम्पूर्ण कुण्डली परामर्शको लागि ज्योतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्योतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । 
आगामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेको छ । 
आयोजक -         ज्योतिष सेवा सदन
पूजा हुने मिति -   २०८३ भाद्र १ गते  नागपञ्चमीको दिन .
सम्पर्क मिति  -    २०८३ श्रावण २७ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।
पूजा स्थान -        श्री१०८ कोटीहोम हवन कुण्ड स्थल श्रीपञ्चकन्या माता मन्दिर, 
                        रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।
सम्कर्क नं. -       (9865482777/ 9845026095)
Whatsapp no. +9779855062999/ +971506802475 

2026-07-28

गुरूपूर्णिमा बिशेष २०८३

गुरूपूर्णिमा बिशेष २०८३

जय श्रीकृष्ण, जयगुरुदेव ।। श्रीकृष्णं वन्दे जगत्गुरूम् ।
आज हामी कुरा गर्दैछौं एउटा यस्तो पवित्र दिनको बारेमा – जुन दिन ज्ञान, श्रद्धा र आत्मिक प्रकाशको प्रतीक हो। त्यो दिन हो – गुरूपूर्णिमा।
एक यस्तो पर्व, जहाँ हामी गुरूलाई सम्झन्छौं, सम्मान गर्छौं, र आफ्नो जीवनको मूल आधारमा पुनः एकपटक समर्पित हुन्छौं। ूगुरूपूर्णिमा, आषाढ शुक्ल पूर्णिमाको दिव्य तिथिमा मनाइने पवित्र पर्व हो। यस वर्ष २०८३ साल श्रावण १३ गते बुधबारका दिनमा  परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्विकृत पात्रो अनुसार यस दिन बेलुका ७ बजेर २९ मिनेटसम्म पूर्णिमा तिथि रहनेछ भने यसै दिनमा पूर्णिमाको व्रत हुने साथै गुरुपूजन र ब्यासजयन्ती समेत यसै दिनमा मनाइनेछ ।साथै यसै दिनबाट मानसव्रत आरम्भ समेत हुनेछ ।
यो दिन हामी हाम्रो जीवनका सच्चा मार्गदर्शक – गुरूको स्मरण र पूजन गरेर मनाउने गर्छौं। गु को अर्थ हो -अन्धकार एवं रुु को अर्थ हो - प्रकाश। गिरति अज्ञानं इति गुरूः अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। हाम्रो जीवनको अज्ञान रूपी अन्धकार बाट ज्ञानरूपि उज्यालेा तर्फको यात्रा गुरू विना सम्भव छैन, र गुरूपूर्णिमाकेा दिन त्यो समर्पणको उज्यालो क्षण हो। ूयो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ, किनकि यसै दिन महर्षि वेदव्यासजीको जन्म भएको थियो। उहाँले चार वेद, अठार पुराण, महाभारत, र भगवद्गीता जस्ता अनमोल ग्रन्थको रचना गरेर सम्पूर्ण मानवजातिलाई दिव्य ज्ञान दिनुभएकेा थियेा। त्यही भएर वेदव्यासलाई आदि गुरू मानिन्छ। गुरु भनेको केवल पढाउने व्यक्ति होइन। गुरु भनेको जीवन देखाउने, बाटो देखाउने, भित्रको अन्धकार हटाई प्रकाशको अनुभूति गराउने त्यो महान् शक्ति हो। गुरूपूर्णिमा आध्यात्मिक साधकहरूको लागि विशेष दिन हो। वैदिक मन्त्र साधना, ध्यान, मन्त्रजप, गुरु दीक्षा वा व्रत आरम्भ गर्ने अत्यन्त शुभ दिन वा समय यसै दिनलाइ मानिन्छ । यस दिन प्रातस् स्नान गरी शुद्ध वस्त्रमा अफ्ना गुरु वा वेदव्यासजीको तस्वीर वा चरणको बिधिपूर्वक पूजा गरिन्छ, मन्त्र जपिन्छ, र आशीर्वाद लिने गरिन्छ।ू भैतिक जगतमा श शरिर गूरूके उपस्थिति छ भने यस दिनमा गूरूलाइ साक्षात् रूपमा भेटेर पूजन गरेर दक्षिणा भेटी सहित बस्त्रादि दान समेत गरिन्छ । ज्याेतिष सेवा सदनका वरिष्ठ गुरू ज्याे.पं. प्रेमानन्द शास्त्रीजीकाे अनुसार हाम्रा गुरूकेा शरिर यस लेाकमा छैन भने पनि गूरू भनेकेा ब्यक्ति वा शरिर मात्र नभइकन सच्चा शिष्यले गूरूलाइ भावबाट जहिले पनि बेालाउन र दर्शन गर्न सकिन्छ ।
आजकाे युगमा हाम्रा गुरु केवल शास्त्रका शिक्षक मात्रै होइनन् – हाम्रा बाबुआमा, हाम्रा जीवनका प्रेरक, वा कुनै पनि त्यस्ता व्यक्तिहरू समेत हुनुहुन्छ जसले हाम्रो चेतनालाई जगाउनु भएके छ । गुरूपूर्णिमा के यस दिनले हामीलाई सधैं सम्झाउँछ – कि, जीवनमा चाहे जतिसुकै उपलब्धि प्राप्त गरौं, मूलमा गुरूको कृपा र शिक्षाको प्रकाश सदैव जिवन्त रहिरहन्छ।

अजकाे यस पवित्र गुरूपूर्णिमाको दिनमा, आउनुहोस् – हामी सबैले हाम्रो जीवनका हरेक ज्ञात अज्ञात गुरूहरूलाई श्रद्धासहित नमन गरौं। त्यस दिव्य स्रोतमा फेरि एकपटक आफूलाई समर्पित गरौं, जहाँबाट हाम्रो जीवनले दिशा पाएको छ।
अन्तमा पुन अाजकाे यस महान दिन गुरूपूर्णिमाकेा अवसरमा यहांहरूलाइ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं ।
ज्येतिष सेवा सदनकाे याे सन्देश हेरिदिनु भएकेामा हार्दिक अाभार ब्यक्त गर्दै  याे सन्देशलाइ अाफन्त सम्म पनि शेयर तथा कमेन्ट गर्न नभुल्नुहेाला। हजुरलाइ अपार गुरूकृपा बनिरहेास् । धेरै धेरै अाशिर्वादकेा साथमा प्रेम प्रणाम । जय गुरूदेव । जयगुरूब्यासजी ।।

2026-04-11

मातातीर्थ अैांसी २०८३ / बिस्तृत जानकारी

मातातीर्थ अैांसी २०८३ / विस्तृत जानकारी 

हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८३ सालको बैशाख ४ गते शुक्रबार तदनुसार १७ अप्रील सन् २०२६ का दिन परेको छ । यस वर्ष बैशाख ३ गते बेलुका ७ बजेर २२ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने ४ गतेको बेलुका ५ बजेर ४२ मिनेटसम्म कायम रहनेछ । औंसीको श्राद्ध ,हलो बार्ने, निशि बार्ने तथा मातातीर्थमा गएर स्नान र दान गर्ने यी सवै कार्यहरु यसै दिनमा गर्नुपर्नेछ ।  
दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व समेत झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यस दिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, चितवन तथा तनहुंको देवघाट, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।
यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ - ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच नम स्वहायै स्वधायै नित्यमेव नमोनम ।।  ओम सर्वपितृभ्यो नमः ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै : नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । 
अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । 
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन ।

प्राचीन समयमा मातातीर्थ क्षेत्र नजिक एउटा गाउँमा एक युवक आफ्नी आमासँग बस्थ्यो। उसकी आमा उसलाई अत्यन्तै माया गर्थिन्—सधैं उसको लागि राम्रो खाना बनाउने, उसको हेरचाह गर्ने, र दुःख(सुखमा साथ दिने। तर दुर्भाग्यवश, त्यो युवक अलि लापरवाह र स्वार्थी स्वभावको थियो। उसले आमाको माया र त्यागको कहिल्यै कदर गरेन। समय बित्दै जाँदा उसकी आमा बिरामी भइन्। युवकले खासै ध्यान दिएन। अन्ततः आमाको मृत्यु भयो। आमा गुमाएपछि मात्र उसलाई आमाको माया र महत्त्वको गहिरो अनुभूति भयो। ऊ दिनरात रोइरहन्थ्यो, पछुतो मान्थ्यो — “ धिक्कार छ मलाइ, मैले आमालाई जीवित हुँदा माया गरेको भए”
एक दिन ऊ दुःखी मन लिएर मातातीर्थ कुण्ड पुग्यो। त्यहाँको पवित्र कुण्ड पोखरी नजिक बसेर ऊ आमालाई सम्झिँदै रोइरहेको थियो। अचानक उसले कुण्डको पानीमा हेर्दा— आफ्नी आमाको अनुहारकाे छायां देख्यो। आमाकाे जस्तै स्वर पनि उसलाई सुनियो — “बाबु, म सधैं तिम्रो साथमै छु। दुःखी नहुनु।” यो देखेर युवक अचम्मित भयो, तर उसको मनमा शान्ति आयो। उसले महसुस गर्‍यो कि आमाको माया कहिल्यै समाप्त हुँदैन, शरीर मात्र नष्ट हुन्छ। अनि यो घटना गाउँभर फैलियो। त्यसपछि मानिसहरूले विश्वास गर्न थाले— यस स्थानमा आमाको सम्झनामा पूजा गर्दा तर्पण र स्नान गर्दा दिवंगत आमाको आत्माले शान्ति पाउँछिन्। यसरी प्रत्येक वर्ष वैशाख औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो, र यो दिन “मातातीर्थ औँसी” को रूपमा स्थापित भयो।
कथाको मुख्य सन्देश - यो कथा केवल एउटा चमत्कारको कथा मात्र होइन, गहिरो जीवन शिक्षा होस् कि आमाको माया निस्वार्थ हुन्छ । आमाको महत्व जीवित हुँदा बुझ्नुपर्छ । पछुतो पछि केही गर्न सकिँदैन । आमाको आत्मा सधैं सन्तानसँग जोडिएको हुन्छ । यस कथालाइ आध्यात्मिक अर्थ अनुसार बुझ्दा यो कथाले भन्छ— “माता केवल शरीर होइनन्, उनी ऊर्जा हुन्, आशिर्वाद हुन्।” मातातीर्थ औँसीमा गरिने तर्पण, स्नान र पूजा , कर्मशुद्धि, पितृशान्ति र मानसिक शान्ति को माध्यम मानिन्छ।

यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाउनुहोला । यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम । जय मातृशक्ति ।।